ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

अनौठो ‘स्काई केभ’

४५ सेकेन्ड अघि   थाहाखबर

म्याग्दी : सुख्खा पहाडको टुप्पोमा टाढैदेखि देखिने गोलो आकारको प्वाल। झट्ट हेर्दा मानव निर्मित प्रवेशद्वार जस्तै देखिने यो प्वाल प्राकृतिक हो। म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको यो दृष्य अनौठो र सुन्दर देखिन्छ। पहाडको फेदीबाट हेर्दा आकाश देखिने भएकाले स्थानीयद्वारा ‘स्काई...

काठमाडौँ महानगरले माग्यो २३ अग्नि नियन्त्रक

४७ सेकेन्ड अघि   थाहाखबर

काठमाडौँ : काठमाडौँ महानगरपालिकाले करारमा २३ जना नगर प्रहरी जवान (अग्नि नियन्त्रक) माग गरेको छ। महानगरपालिकाले आज(बिहीवार) सूचना जारी गर्दै १५ दिनभित्रमा अनलाइन आवेदन दिन अनुराेध गरेको छ। महानगरपालिकाले अग्नि नियन्त्रकसँगै हलुका सवारी चालक १९ जना र कार्यालय सहयोगी २ जना...

एलन मस्कले भारतमा स्टारलिङ्क इन्टरनेट सेवा विस्तार गर्दै, महाराष्ट्र पहिलो राज्य बन्ने

६ मिनेट अघि   थाहाखबर

विश्वका चर्चित उद्यमी एलन मस्कको स्वामित्वमा रहेको स्टारलिङ्क इन्टरनेट सेवा अब भारतमा आधिकारिक रूपमा सुरु हुन लागेको छ।  राजधानी वित्तीय केन्द्र मुम्बई रहेको भारतको महाराष्ट्र राज्य यो सेवा सञ्चालन गर्ने पहिलो भारतीय राज्य बन्ने भएको मुख्यमन्त्रीले बुधवार घोषणा गरे। स्टारलिङ्कले...

चुनाव र अधिवेशन दुवैका लागि पार्टी संरचना चलायमान हुनुपर्छ: एनपी साउद

७ मिनेट अघि   सेतोपाटी

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एनपी साउदले महाधिवेशन जहिले भए पनि चुनाव र अधिवेशन दुवै कुराका लागि पार्टी संरचना चलायमान हुनुपर्ने बताएका छन्। आजको केन्द्रीय समिति बैठकमा बोल्दै उनले भने, ‘अधिवेशन जहिले भए पनि चुनाव र अधिवेशन दुवै कुराका लागि पार्टीका...

कोरिया पठाउन ढिलाई गरेको भन्दै युवाहरूले गरे इपिएस कार्यालय घेराउ

८ मिनेट अघि   सेतोपाटी

रोजगार अनुमति प्रणाली (इपिएस) प्रणाली अन्तर्गत दक्षिण कोरिया रोजगारीमा जान भाषा पास गरेका युवाहरूले इपिएस शाखा घेराउ गरेका छन्।  भाषा पास गरेको लामो समय भइसक्दा पनि कोरिया पठाउन ढिलाई भएको भन्दै युवाहरूले ग्वार्कोस्थित इपिएस शाखा घेराउ गरेका हुन्। आफूहरूले भाषा...

राहदानीको विषय समाधान उन्मुख छ : परराष्ट्र मन्त्रालय

९ मिनेट अघि   थाहाखबर

काठमाडौँ : परराष्ट्र मन्त्रालयले हाल सेवाग्राहीको उच्च मागअनुसार राहदानी पुस्तिका केही न्यून सङ्ख्या भएपनि यो विषय समाधान उन्मुख रहेको जनाएको छ। राहदानी पुस्तिका बाहिर प्रचारमा आएजस्तो अवस्थामा नरहेको मन्त्रालयले स्पष्ट पारेको हो। मन्त्रालयअन्तर्गतको राहदानी विभागले विद्युतीय राहदानी आपूर्तिका लागि नयाँ...

विद्युत महसुल विवादमा रिलायन्सले राख्यो २ करोड ७५ लाख धरौटी

११ मिनेट अघि   सेतोपाटी

सरकार र नेपाल उद्योग वाणिज्य महासंघले सुझाएको मध्यमार्गलाई स्वीकार गर्दै रिलायन्स स्पिनिङ मिल्सले नेपाल विद्युत प्राधिकरणलाई विवादित डेडिकेटेड ट्रंकलाइन महसुलको धरौटी रकम बुझाएको छ।  कम्पनीले बिहीबार २ करोड ७५ लाख रुपैयाँ धरौटीबापत जम्मा गरेको जनाएको छ। कम्पनीले धरौटीसहित प्राधिकरणलाई पठाएको...

मेयर बालेनविरूद्ध जाहेरी दिन साइबर ब्युरो पुग्यो युवा संघ

११ मिनेट अघि   सेतोपाटी

काठमाडौं महानगरपालिका मेयर बालेन साहविरूद्ध जाहेरी दिन युवा संघको टोली साइबर ब्युरो पुगेको छ। मेयर साहविरूद्ध जाहेरी दिन युवा संघका एक टोली बिहीबार ब्युरो पुगेको हो। 'मेयर बालेनविरूद्ध सामाजिक सञ्जालमा लेखिएको विषयमा युवा संघ जाहेरी लिएर आउनु भएको छ,' ब्युरोका एसपी...

२६ सय मुनि आयो नेप्से, पाँच अर्बको कारोबार

१४ मिनेट अघि   सेतोपाटी

बिहीबार नेप्से परिसूचक ११.२९ अंकले घटेर २५९६ मा आएर बजार बन्द भएको छ।  नेप्सेले स्पष्ट दिशा देखाउन सकिरहेको छैन्। यही कारण लगानीकर्ता पनि पर्ख र हेरको अवस्थामा छन्। तीन कारोबार दिनदेखि नेप्से परिसूचक केही अंकले मात्रै घटबढ भइरहेको छ।  नेप्से...

विप्लव नेकपाको प्रदर्शन र सभा, तस्वीरहरू

१६ मिनेट अघि   थाहाखबर

काठमाडौं : नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले काठमाडौंमा बिहीबार प्रदर्शन गरेको छ। सर्वपक्षीय अन्तरिम सरकारको माग गर्दै नेकपाले र्‍यालीसहित शान्ति वाटिकाबाट भृकुटीमण्डपसम्म प्रदर्शन गरेको हो। भृकुटीमण्डप पुगेर प्रदर्शन सभामा परिणत भएको छ। सभालाई महासचिव नेत्रविक्रम चन्द विप्लवले सम्बोधन गर्नेछन्। गत...

अर्जुननरसिंह केसीले केन्द्रीय समितिमा भने- ११ औं महाधिवेशन ४० दिनको तयारीले गरिएको हो, सम्झौं

२८ मिनेट अघि   सेतोपाटी

नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले थौरै समयको तयारीले पनि महाधिवेशन गर्न सकिने बताएका छन्। आजको केन्द्रीय समिति बैठकमा धारणा राख्दै उनले ११ औं महाधिवेशन ४० दिनको तयारीले सम्पन्न गरिएको कुरा नेताहरूलाई सम्झाएका हुन्। कांग्रेसको नियमित अधिवेशन नै हामी सबैको...

आज र भोलि भिटामिन ‘ए’ जुकाको औषधि खुवाइँदै

३१ मिनेट अघि   थाहाखबर

काठमाडौँ : भिटामिन ए खुवाऔँ, बाल मृत्युदर घटाऔँ भन्ने मूल नाराका साथ बिहीवार र शुक्रवार (आज र भोलि) भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधि खुवाइँदै छ। राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत सरकारले बिहीवार र शुक्रवार देशभर भिटामिन ए क्याप्सुल र जुकाको...

पाल्पाको सत्यवती मेला, जहाँ चिच्चाएर वर माग्ने चलन छ!

३१ मिनेट अघि   थाहाखबर

काठमाडौं : ताललाई तीन पटक घुम्ने, आफूले लगेको बाँसको पाती वा लिंगो तालको छेउमा गाड्ने, पूजा गर्ने र अनि चिच्चाएर वर माग्ने ताल छेउमा गाडेको लिंगो चिनेर पूजा गर्ने गरिन्छ। यो दृश्य हो पाल्पाको सत्यवती तालमा लाग्ने कार्तिके पूर्णिमा मेलाको।...

सुदूरपश्चिम सरकारले अछामका अग्नी पीडितलाई ८ लाख सहयोग गर्ने

३२ मिनेट अघि   सेतोपाटी

अछामका अग्नी पीडतलाई सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक सहयोग गर्ने निर्णय गरेको छ। अछामको साँफेबगर नगरपालिका –३ हाटबजारमा  शनिबार राति भएको आगलागीबाट पीडितलाई प्रदेश सरकारले ८ लाख रूपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको हो। बुधबार मुख्यमन्त्री कमलबहादुर शाहको अध्यक्षतामा मुख्यमन्त्री निवासमा...

कोरिया पठाउन ढिलाइ गरेको भन्दै ईपीएस कोरिया शाखा घेराउ

४१ मिनेट अघि   थाहाखबर

काठमाडौँ : रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत भाषा परीक्षा पास गरे पनि कोरिया पठाउन ढिलाइ गरेको भन्दै कार्यालय घेराउ गरिएको छ। भाषा र सीप परीक्षा पास गरेको दुई वर्ष बित्नलाग्दा पनि दक्षिण कोरिया जान नपाएकाहरूले बिहीवार ललितपुरको ग्वार्कोस्थित वैदेशिक रोजगार...

वायुसेवा निगमलाई पुनर्संरचना गर्दै ५० जहाज पुर्याउने गतिशील लोकतान्त्रिक पार्टीको योजना

४३ मिनेट अघि   सेतोपाटी

गतिशील लोकतान्त्रिक पार्टीले आफ्नो पर्यटनसम्बन्धी नीति ‘नेपाल पर्यटन दृष्टि २०३५’ भैरहवाबाट सार्वजनिक गरेको छ। बिहीबार आयोजित पत्रकार सम्मेलनमा पार्टीका सदस्य तथा बुद्ध एयरका कार्यकारी अध्यक्ष वीरेन्द्रबहादुर बस्नेतले नीति सार्वजनिक गर्दै आगामी १० वर्षभित्र ५० लाख नेपालीलाई रोजगारी दिने लक्ष्य राखिएको...

बत्तिसपुतलीमा कांग्रेस नियमित महाधिवेशन पक्षधरको भेला (तस्बिरहरू)

४५ मिनेट अघि   सेतोपाटी

नेपाली कांग्रेसमा नियमित महाधिवेशन पक्षधरले भेला गरेका छन्।  काठमाडौंको बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा बिहीबार दिउँसो नियमित महाधिवेशनका पक्षले भेला राखेका हुन्।  यो भेला सभापति शेरबहादुर देउवानिकट, नेता शेखर कोइरालानिकट, पूर्वमहामन्त्री शशांक कोइरालानिकटले आयोजना गरेका हुन्। आयोजित भेलाको अध्यक्षता भक्तपुर जिल्ला सभापति...

चुनावअघि महाधिवेशन भ्याइन्छ कि भ्याइन्न भन्दाभन्दै कांग्रेसले गुजार्‍यो एक महिना

४९ मिनेट अघि   सेतोपाटी

चुनावअघि १५ औं महाधिवेशन गर्न भ्याइन्छ कि भ्याइन्न भन्ने बहस गर्दागर्दै नेपाली कांग्रेसले एक महिना गुजारेको छ। भदौ २४ र २४ गते जेनजी आन्दोलनपछि नीति र नेतृत्व परिवर्तनको आवाज उठेपछि कांग्रेसमा महाधिवेशनको माग भएको थियो। भदौ २४ मा प्रदर्शनकारीको आक्रमणबाट...

कात्तिक २१ र २२ नास आइटी एक्स्पो, ३५ बढी नेपाली आइटी कम्पनीका सफ्टवेयर राखिने

५३ मिनेट अघि   सेतोपाटी

नेपाल एसोसिएसन फर सफ्टवेयर एन्ड आइटी सर्भिस कम्पनीज (नास आइटी)ले नेपालमा पहिलोपटक ‘नास आइटी एक्स्पो २०२५’ राखेको छ।  यो एक्स्पोले सूचना प्रविधि क्षेत्रमा कार्यरत कम्पनीहरूका लागि ठूलो अवसरको प्लेटफर्म बन्ने बताइएको छ। कात्तिक २१ र २२ गते ललितपुरको सानेपास्थित हेरिटेज...

आना शर्माको फिल्म 'रमिताको पिरती' माघ २३ देखि प्रदर्शन हुने

५५ मिनेट अघि   सेतोपाटी

फिल्म ‘रमिताको पिरती’ को फस्टलुक सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरिएको छ। सुदिप्ताको निर्देशनमा तयार भएको फिल्म माघ २३ गते रिलिज हुने भएको हो। यो फिल्ममा अभिनेत्री आना शर्मा मुख्य भूमिकामा छिन्। साथमा धिरज मगर, विनय श्रेष्ठ, समीर श्रेष्ठलाई देख्न...

मुगुका गाउँपालिका पूर्वअध्यक्ष उब्जनबहादुर शाहीले त्यागे एमाले

५७ मिनेट अघि   सेतोपाटी

मुगु खत्याड गाउँपालिकाका पूर्वअध्यक्ष उब्जनबहादुर शाहीले एमाले परित्याग गरेका छन्। उनी  एमाले पूर्वकेन्द्रीय सदस्य हुन्। उनी बिहीबार नेपाली कम्युनिष्ट पार्टीमा समाहित भएका छन्। बिहीबार नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपाल, नेताहरू प्रकाश ज्वाला, चन्द्रबहादुर शाही, ठगेन्द्रप्रकाश पूरीलगायतले शाहीलाई स्वागत गरेका हुन्। ...

राष्ट्रपति पौडेल कतारबाट स्वदेश प्रस्थान

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेल कतारको राजधानी दोहाबाट स्वदेश प्रस्थान गरेका छन्। उनी ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागी हुन कतार गएका थिए। उनलाई त्यहाँस्थित हमाद अन्ताराष्ट्रिय विमानस्थलमा कतारका लागि नेपाली राजदूत रमेशचन्द्र पौडेल र कतारको विदेश मन्त्रालय...

करदाता सेवा कार्यालयहरू खारेज, अब स्थायी लेखा नम्बर स्थानीय तहबाट, अन्य सेवा अनलाइनबाट

१ घण्टा अघि   सेतोपाटी

आन्तरिक राजस्व विभाग अन्तर्गतका करदाता सेवा कार्यालय खारेज गरिएको छ। विभागले यस्ता सेवा कार्यालयहरू खारेजगरी अन्य निकायमा काम बाँडफाँट गरेको जानकारी गराएको हो। विभागका अनुसार स्थायी लेखा नम्बर (प्यान) प्रमाणपत्र जारी गर्नेलगायतका सेवा अब सम्बन्धित स्थानीय तहबाट उपलब्ध हुने भएको छ।...

नेपाली कम्युनिस्ट पार्टी दर्ताका लागि निर्वाचन आयोग पुग्यो दुई पाने पत्र

१ घण्टा अघि   सेतोपाटी

नेपाली कम्युनिस्ट पार्टी दर्ताका लागि निर्वाचन आयोगमा पत्र पुगेको छ। बुधबार नेकपा (माओवादी केन्द्र), एकीकृत समाजवादी, नेकपा (समाजवादी), नेकपा, जनसमाजवादी पार्टी, नेकपा (साम्यवादी) पार्टीसहित १० वटा पार्टी एकीकरण भएको थियो। लगत्तै उनीहरूले पार्टी एकीकरणको जानकारी सहितको पत्र निर्वाचन आयोग पठाएको...