प्रधानमन्त्रीसँग संवादमा गगन थापाले भने– कांग्रेस चुनावमा जान्छ, तर सरकारले वातावरण बनाएको छैन
प्रधानमन्त्री सुशीला कार्कीसँगको संवादमा नेपाली कांग्रेसका महामन्त्री गगन थापाले फागुन २१ को निर्वाचनमा भाग लिन आफूहरू पूर्ण प्रतिबद्ध रहेको बताएका छन्। सँगसँगै, यो सरकारले चुनावको वातावरण बनाउन नसकेको पनि उनले बताए। बालुवाटारमा भर्खरै सम्पन्न सरकारसँगको संवादमा कांग्रेसले राखेको धारणाबारे जानकारी दिँदै...