सिंहदरबारअगाडि एसएलआर बोक्दै लुटपाट र आगजनीमा संलग्न व्यक्ति पक्राउ
प्रहरीले काठमाडौंबाट जेनजी आन्दोलनका क्रममा सिंहदरबारमा एसएलआर बोक्दै लुटपाट र आगजनीमा संलग्न व्यक्तिलाई पक्राउ गरेको छ। बुधबार ललितपुर उपमहानगर-१३, कुसुन्तीका ३६ वर्षीय सम्राट भनिने राजु परियार सुनाकोठीबाट काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको स्रोतले बतायो। स्रोतका अनुसार परियारले सुरक्षाकर्मीले प्रयोग गर्ने हतियार लुटेर...