ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

भाटभटेनीमा कंकाल मात्रै बाँकी रहने गरी जलेका ६ जना को हुन्? एक महिनासम्म खुलेन पहिचान

५८ सेकेन्ड अघि   सेतोपाटी

जेनजी प्रदर्शन क्रममा जलाइएको भाटभटेनी  भित्र भेटिएका ६ वटा शवको पहिचान अझै हुन सकेको छैन।  भदौ २४ गते भएको प्रदर्शन क्रममा जलाइएको काठमाडौंको चुच्चेपाटीस्थित भाटभटेनीबाट भदौ २९ गते ६ वटा शव फेला परेका थिए। मांशपेसी जलेर कंकाल मात्रै बाँकी रहेको...

गिरिबन्धु टि-स्टेटको जग्गा प्रकरणसम्बन्धी फाइल खोल्न गृहमन्त्री अर्यालद्वारा उजुरी आह्वान

१ मिनेट अघि   थाहाखबर

काठमाडौं :  अन्तरिम सरकारका गृहमन्त्री ओमप्रकाश अर्यालले गिरिबन्धु टि-स्टेटको जग्गा प्रकरणसम्बन्धी फाइल खोल्न उजुरी दिन आह्वान गरेका छन्। सिंहदरबार परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उहाँले गिरिबन्धु टि-स्टेटको जग्गा प्रकरणसम्बन्धी फाइल खोल्न उजुरी दिन आह्वान गरेका हुन्। नागरिकले उठाउँदै आएका प्रकरणहरूका फाइल खुल्छन्...

सर्वोच्च अदालतमा रिट निवेदन दर्तासहित सबै सेवा सञ्चालनमा

५ मिनेट अघि   थाहाखबर

काठमाडौं : सर्वोच्च अदालतमा रिट निवेदनसहित देवानी तथा फौजदारी मुद्दाहरू दर्ता तथा सुनुवाइ शुरु भएको छ। सर्वोच्च अदालतले मंगलवारदेखि सबै सेवा सञ्चालनमा ल्याएको हो। सर्वोच्चले रिट निवेदन दर्ता गर्न शुरु गरेसँगै प्रतिनिधि सभा पुनःस्थापनाको माग गर्दै रिट दायर भएको छ।...

'कमेडी दरबार' बाट बाहिरिएका हुन् म्याकुरी, सुजाता र उत्सव?

९ मिनेट अघि   सेतोपाटी

हाँस्य टेलिभिजन कार्यक्रम 'कमेडी दरबार' दर्शकहरूमाझ रूचाइएको छ। यसले प्रसारणको छोटो समयमै दर्शकको मन जित्न सफल भएको थियो।  कमेडियन र नन-कमेडियन चर्चित कलाकारहरू लिएर यो शो दर्शकमाझ आइरहेको छ। जसमा अन्य चर्चित कलाकारहरूको समेत जमघट हुने गर्छ। तर, पछिल्ला दुई एपिसोडमा...

तीनकुनेमा मोटरसाइकल दुर्घटना हुँदा एक युवाको मृत्यु

१६ मिनेट अघि   सेतोपाटी

मंगलबार राति काठमाडौंको तीनकुनेमा मोटरसाइकल दुर्घटना हुँदा एक युवाको मृत्यु भएको छ। काठमाडौं महानगरपालिका–३२ तीनकुनेस्थित सडकमा बा६८प ४१५३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक कैलाली गोदावरी गाउँपालिका–८ घर भई काठमाडौँको बानेश्वर बस्ने २१ वर्षीय समिर चौधरीको मृत्यु भएको...

गरिमा विकास बैंकको लाभांश घोषणा, कति पाइन्छ?

१८ मिनेट अघि   सेतोपाटी

गरिमा विकास बैंकले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ। कम्पनीको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०८०/२०८१ को सञ्चित नाफाबाट हाल कायम चुक्ता पुँजीको १०.५३ प्रतिशत लाभांश दिने निर्णय गरेको हो। जसमा बोनस सेयर ६ प्रतिशत र नगद लाभांश करसहित ४.५३...

भन्सार छली गरेको दुई किलो सुन र १० किलो चाँदी बरामद

१९ मिनेट अघि   सेतोपाटी

सशस्त्र प्रहरी बल नेपाल पर्सा र  पथलैयास्थित राजस्व अनुसन्धान कार्यालयले भन्सार छली गरेर गोदाममा राखेको भन्दै दुई हजार २५४ ग्राम सुन र १० हजार ३५४ ग्राम चाँदी बरामद गरेको छ। विशेष सूचनाका आधारमा वीरगन्ज महानगर–८ स्थित माईस्थानस्थित अभिषेक सर्राफको घरमा...

वीरगञ्जमा दिपलको टेस्ट ड्राइभ र एक्सचेन्ज मेला हुँदै

२१ मिनेट अघि   सेतोपाटी

एमएडब्लु वृद्धिले वीरगञ्जमा टेस्ट ड्राइभ र एक्सचेन्ज कार्यक्रम आयोजना गर्ने भएको छ।  दिपलको नयाँ स्टेट अफ आर्ट सोरुम शुभारम्भको अवसरमा उक्त मेला आयोजना गर्ने भएको हो। मेला असोज ३० गतेदेखि आगामी कात्तिक दुई गतेसम्म चल्नेछ।  यस विशेष अवसरमा ग्राहकले दिपल र...

दुई जेनजी उमेरका विद्यार्थीले हाले प्रधानमन्त्रीको नियुक्ती र प्रतिनिधि सभा विघटन विरुद्ध सर्वोच्चमा रिट

३२ मिनेट अघि   सेतोपाटी

काठमाडौं विश्वविद्यालयमा कानुन विषयमा अध्ययनरत दुई जेनजी उमेर समूहका विद्यार्थीहरुले प्रधानमन्त्रीको नियुक्ती र प्रतिनिधि सभा विघटन विरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका छन्। रिट दायर गर्ने विपना शर्मा र आयुष बडाल दुवै जेनजी उमेर समूह अर्थात् २८ वर्ष भन्दा कम...

'कबड्डी ५' को मुस्ताङमा सुरू भयो छायांकन, विपिन कार्कीको पनि अभिनय रहने

३४ मिनेट अघि   सेतोपाटी

सुपरहिट फिल्म 'कबड्डी' को पाँचौं श्रृंखलाको छायांकन सुरू भएको छ। मंगलबारदेखि हिमालपारिको जिल्ला मुस्ताङमा 'कबड्डी ५' को छायांकन सुरू भएको हो।  सोमबार प्रसिद्ध मुक्तिनाथ मन्दिरमा 'कास्ट एन्ड क्रू' को उपस्थितिमा फिल्मको शुभसाइत पूजा गरिएको थियो। रामबाबु गुरूङ निर्माता तथा निर्देशक रहेको फिल्मको छायांकन...

सुनको सिक्का वितरण नहुने, चाँदी नियमित रुपमा वितरण, तस्वीरहरू

३६ मिनेट अघि   थाहाखबर

काठमाडौं : नेपाल राष्ट्र बैंकले चाँदीको मेडालियन (सिक्का) बिक्री गरिरहेको छ। केन्द्रीय बैंकले चार प्रकारका सिक्का बिक्रीको प्रबन्ध मिलाएको छ। सबै सिक्का १० ग्रामका रहेका छन् भने मूल्य ३ हजार रुपैयाँ तोकिएको छ। एक जनाले एउटामात्र सिक्का किन्न पाइनेछ। सिक्का किन्नको...

एकैदिन तोलामा ८ हजार एक सयले बढ्यो सुन, चाँदी पनि ३३ सय माथि

४३ मिनेट अघि   सेतोपाटी

स्थानीय बजारमा मंगलबार सुनको मूल्य बढेको छ। सोमबार भएको कारोबारको तुलनामा मंगलबार सुन प्रतितोला ८ हजार एक सय रूपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।   सोमबार दुई लाख ४० हजार चार सय रूपैयाँमा कारोबार भएको सुन मंगलबार दुई लाख...

अमेरिकी दूतावासका कर्मचारीलाई महराको त्यो मेसेज, जुन सुन प्रकरणमा मुद्दा चलाउन बन्यो प्रमाण

४४ मिनेट अघि   सेतोपाटी

सुन तस्करी प्रकरणमा पूर्वसभामुख तथा नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महराविरूद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा चलाएको सरकारी वकिलको कार्यालयले अमेरिकी दूतावासका एक कर्मचारीसँग उनको मेसेज कुराकानीलाई पनि प्रमाण बनाएको पाइएको छ। भेपमार्फत ९ किलो सुन तस्करी प्रकरणमा सोमबार महराविरूद्ध मुद्दा दायर गरिएको हो। उनलाई ८ करोड ५५...

माओवादी र समाजवादी निर्वाचनको तयारीमा जुट्दा कांग्रेस–एमाले छैनन् तयार

४९ मिनेट अघि   थाहाखबर

काठमाडौं : मुलुकमा व्याप्त भ्रष्टाचार, बेथिति र आर्थिक असमानताका विरुद्धमा जेनजी पुस्ताले गरेको विद्रोहले मुलुकको राष्ट्रिय राजनीतिमा नयाँ अध्यायको सुरुवात भयो। गत भदौ २३ गतेको भएको जेनजी युवाको शान्तीपूर्ण आन्दोलनमा सरकारले दमन गर्दा १९ जना विद्यार्थी तथा युवाहरूले ज्यान गुमाए।...

एसियन कप छनोटको 'होम म्याच' भियतनाममा खेल्दै नेपाल

५८ मिनेट अघि   सेतोपाटी

२०२७ एएफसी एसियन कप छनोटको तेस्रो चरणअन्तर्गत आज नेपालले भियतनामसँग खेल्दैछ। समूह 'एफ' अन्तर्गको यो खेल नेपालको घरेलु मैदानमा हुने तय थियो। तर दशरथ रंगशालाले अन्तर्राष्ट्रिय मान्यता नपाउँदा नेपालले आफ्नो होम म्याच पनि भियतनाममै खेल्न लागेको हो। खेल नेपाली समयअनुसार...

मुक्त प्यालेस्टिनी कैदीहरू गाजामा

५८ मिनेट अघि   थाहाखबर

इजिप्ट, कतार र संयुक्त राज्य अमेरिकाको मध्यस्थतामा इजरायल र हमासबीच भएको युद्धविराम र कैदी आदानप्रदान सम्झौता अन्तर्गत सोमवार इजरायलद्वारा रिहा गरिएका सयौं प्यालेस्टिनी कैदीहरू गाजा पट्टीमा पुगेका छन्। रेडक्रसको अन्तर्राष्ट्रिय समितिद्वारा सञ्चालित बसहरूले रिहा गरिएका प्यालेस्टिनीहरूलाई दक्षिणपूर्वी गाजाको केरेम शालोम...

प्रतिनिधिसभा विघटनविरूद्ध सर्वोच्चमा पर्‍यो रिट, अब के गर्ला सर्वोच्चले? यस्तो छ पुरानो नजिर

१ घण्टा अघि   सेतोपाटी

प्रतिनिधिसभा विघटनविरूद्ध मंगलबार सर्वोच्च अदालतमा रिट परेको छ। सर्वोच्चले नयाँ मुद्दा अघि बढाउने भनेको पहिलो दिन नै प्रतिनिधिसभा विघटनविरूद्ध मुद्दा परेको हो। सुशीला कार्कीको सरकार 'असंवैधानिक' भन्दै एउटा रिट र प्रतिनिधिसभा विघटनविरूद्ध दुइटा रिट परेको अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले जानकारी दिए।...

प्रदेश अस्पताल पर्वतमा बिरामीको चाप : ‘वार्ड’ का शय्या भरिएपछि ‘इमर्जेन्सी’ मै भर्ना

१ घण्टा अघि   थाहाखबर

पर्वत : पछिल्ला केही दिनयता बिरामीहरूको चाप बढ्दै गएपछि प्रदेश अस्पताल पर्वतमा बिरामीहरूलाई आकस्मिक कक्षमै राखेर उपचार गर्नुपर्ने भएको छ।उपचारमा आएका बिरामीहरूलाई भर्ना गरेर राख्नुपर्दा बहिरङ्ग विभागका विभिन्न ‘वार्ड’ मा भर्ना गरेर उपचार गर्ने गरिएको छ। तर पछिल्ला केही दिनयता...

पशु विकास तथा दूध उत्पादनमा कृषकलाई ८० लाख अनुदान दिँदै विज्ञ केन्द्र

१ घण्टा अघि   थाहाखबर

पर्वत : भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पर्वतले पशु विकास तथा दूध उत्पादनमा कृषकहरूलाई प्रोत्साहन गर्न ८० लाख रुपैयाँ अनुदान वितरण गर्ने भएको छ। निमित्त केन्द्र प्रमुख तथा पशु विकास अधिकृत रामकृष्ण सुवेदीका अनुसार विभिन्न छ प्रकारका कार्यक्रमहरूको...

मधेस प्रदेशका मुख्यमन्त्री सिंहले विश्वासको मत लिँदै

१ घण्टा अघि   सेतोपाटी

मधेस प्रदेश सभामा मुख्यमन्त्री सतिशकुमार सिंहले मंगलबार विश्वासको मत लिँदैछन्। आफ्नै दल जनमत पार्टी, नेपाली कांग्रेस, नेकपा (एमाले) ले समर्थन फिर्ता लिएपछि उनले विश्वासको मत लिन लागेका हुन्।  प्रदेश सभा सचिव बासुप्रसाद कोइरालाले २५ असोजमा सूचना जारी गर्दै २८ असोज...

प्रतिनिधि सभा विघटनविरूद्ध सर्वोच्चमा पर्‍यो रिट

१ घण्टा अघि   सेतोपाटी

प्रतिनिधि सभा विघटनविरूद्ध सर्वोच्च अदालतमा रिट परेको छ।  मंगलबार बिहान सर्वोच्चमा प्रतिनिधि सभा विघटनबारे रिट परेको अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले जानकारी दिए।  उनका अनुसार सरकार असंवैधानिक रहेको भनेर एउटा र प्रतिनिधि सभा विघटनविरूद्ध दुइटा रिट परेको छ।  'रिट अध्ययनकै क्रममा छ। अध्ययनपछि...

विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको व्यवस्था गर्न एनपीआईको आग्रह

१ घण्टा अघि   सेतोपाटी

नेपाल पोलिसी इन्स्टिच्युट (एनपीआई)ले विदेशस्थित नेपाली नागरिकका लागि मतदानको व्यवस्था गर्न आग्रह गर्दै निर्वाचन आयोगलाई नौ बुँदे नीति सिफारिस गरेको छ। ‘विदेशस्थित नेपाली नागरिकका लागि बाह्य मतदानको व्यवस्था आगामी २०२६ को निर्वाचन र त्यसपछिका सम्भावित उपायहरू’ शीर्षकको नीति सिफारिस एनपीआईले...

रूपन्देही विद्युत् प्राधिकरणमा कार्यालय प्रमुख र उद्योगीहरूबीच चर्काचर्की

१ घण्टा अघि   सेतोपाटी

नेपाल विद्युत् प्राधिकरणले उद्योगीहरूलाई ट्रङ्क तथा डेडिकेटेड लाइनको बक्यौता बुझाउन कार्तिक २ गतेसम्मको समय सीमा दिएको छ। मुलुकमा चर्को लोडसेडिङको समयमा उद्योग सञ्चालनका लागि ट्रङ्क तथा डेडिकेटेड लाइन जडान गरेकामध्ये लुम्बिनी प्रदेशका ३५ वटा उद्योगले सवा २ अर्ब रुपैयाँ बक्यौता...

आजदेखि सर्वोच्च अदालतले नयाँ मुद्दा दर्ता गर्दै

१ घण्टा अघि   सेतोपाटी

सर्वोच्च अदालतले असोज २८ गते आजदेखि रिटसहित नयाँ मुद्दा दर्ता गर्ने भएको छ।  असोज २६ गते बसेको सर्वोच्च अदालतको फुलकोर्टको बैठकले आजदेखि नयाँ मुद्दा दर्ता गर्ने निर्णय गरेको हो। भदौ २४ गते सर्वोच्च अदालतमा जेनजी प्रदर्शनको क्रममा आगो लगाइएको थियो।...