ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

राष्ट्रिय ललितकला प्रदर्शनी–२०८२ (तस्बिरहरू)

११ मिनेट अघि   सेतोपाटी

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले ‘सामाजिक रूपान्तरण: ललितकलाको अभियान’ भन्ने मूल भावका साथ ‘राष्ट्रिय ललितकला प्रदर्शनी–२०८२’ सुरू गरेको छ। गणतन्त्र दिवसको अवसर पारेर बुधबारदेखि  प्रतिष्ठान परिसरमा सुरू भएको प्रदर्शनी जेठ ३० गतेसम्म चल्नेछ। प्रदर्शनीमा सातै प्रदेशका ६५ जिल्लाका ६०५ कलाकारका लोककला, चित्रकला, मूर्तिकला, वास्तुकला, फोटोग्राफी,...

नेदरल्यान्ड्सले नेपाललाई दियो २२६ रनको लक्ष्य

२७ मिनेट अघि   सेतोपाटी

आइसिसी विश्वकप लिग-२ अन्तर्गत नेपाल, स्कटल्यान्ड र नेदरल्यान्ड्सबीचको त्रिकोणात्मक सिरिजमा नेदरल्यान्ड्सले नेपाललाई २२६ रनको लक्ष्य दिएको छ। स्कटल्यान्डको डन्डीमा टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्स ४९.१ ओभरमा २२५ रनमा अलआउट भयो। नेदरल्यान्ड्सका लागि तल्लो क्रमका ब्याटर नाओ क्रोइस ४८ रन...

उद्यमशिलताको विकास नगरी रोजगारीको अवसर सिर्जना हुन सक्दैन : प्रधानमन्त्री ओली

२८ मिनेट अघि   थाहाखबर

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले उद्यमशिलताको विकास नगरी रोजगारीको अवसर सिर्जना हुन नसक्ने बताएका छन्। बुधवार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। उनले उद्यमशिलताबाट रोजगारीको अवसर सिर्जना हुने उल्लेख गरे।  सरकारी रोजगारीले एक प्रतिशतलाई मात्रै धान्नसक्ने...

मधेसका तत्कालीन मन्त्री विजयकुमार र लालबन्दीका मेयरविरूद्धको मुद्दा सर्वोच्चमा पुनरावेदन

३५ मिनेट अघि   सेतोपाटी

विशेष अदालतले मधेसका तत्कालीन मन्त्री र मेयरलाई भ्रष्टाचार मुद्दामा आंशिक सफाइ दिएपछि उक्त फैसलाविरूद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन दिएको छ। मधेस प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयका तत्कालीन मन्त्री विजय कुमार र सर्लाही, लालबन्दी नगरपालिकाका तत्कालीन मेयर मानबहादुर खड्काविरूद्ध आयोगले पुनरावेदन दिएको हो।...

छानबिन समिति बनाउन सरकार तयार भए संसद् चल्न दिन्छौँ : माओवादी केन्द्र

५२ मिनेट अघि   थाहाखबर

काठमाडौँ : नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेले भिजिट भिसा विवादमा छानबिन समिति बनाउन सरकार तयार भए संसद् चल्न दिने बताएका छन्। उनले भिजिट भिसाका नाममा भइरहेको मानव तस्करी सुशासनको मुख्य मुद्दा भएको बताएका हुन्। बुधवार संसद् भवन परिसरमा...

फ्रान्सेली मौरिस हर्जोगले नेपालमा बिताएको जिन्दगीकै कठिन रात

५३ मिनेट अघि   सेतोपाटी

'एउटा भीषण र भयानक हुन्डरीले हामीलाई ढाल्न खोज्यो। हामी अन्नपूर्णको चुचुरामा थियौं। हाम्रो मुटुमा बयान गर्नै नसकिने खुसी छचल्कियो। यो खबर अरूले थाहा पाउन सके पो! यो खबर सबैले थाहा पाउन सके पो! हामीले देख्यौं, अन्नपूर्ण-प्रथमको शिखर बरफको ताजले छोपिएको थियो।...

मस्कले ट्रम्पको विधेयकलाई किन भने घृणित र घिनलाग्दो?

५७ मिनेट अघि   सेतोपाटी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पनिकट अर्बपति इलन मस्कले ट्रम्पको कर र खर्च विधेयकलाई घृणित र घिनलाग्दो भनेका छन्। गत महिना प्रतिनिधि सभाबाट एक भोटले मात्रै पारित सो विधेयकलाई ट्रम्पले ठूलो र सुन्दर विधेयक (बिग ब्युटिफुल बिल) भन्दै आएका छन्। उनले मात्रै...

एसभी मामेन्डोर्फ भीआर बैंक कपमा सहभागी हुने टोली बिहीबार जर्मनी जाँदै

५८ मिनेट अघि   सेतोपाटी

एसभी मामेन्डोर्फ भीआर बैंक कपमा सहभागी हुन फुटबल टोली बिहीबार जर्मनी जाने भएको छ। प्रतियोगिता जुन ५ देखि १५ तारिखसम्म हुनेछ। खेलाडीमा नदुप प्रसाईं, स्पर्ष राई, जोसेफ गुरुङ, निर्विग्न ढकाल, श्रीयान्श पन्त, श्रीशान्त योगी, प्रयन केसी, श्रीभास खरेल, प्रिशा श्रेष्ठ,...

बागमती प्रदेश सरकारको नीति तथा कार्यक्रम स्वीकृत

१ घण्टा अघि   थाहाखबर

हेटौंडा : बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२।८३ का लागि ल्याएको नीति तथा कार्यक्रम बहुमतले स्वीकृत भएको छ। बुधवारको प्रदेशसभा बैठकमा सभामुख भुवनकुमार पाठकले नीति तथा कार्यक्रमलाई निर्णयार्थ प्रस्तुत गर्दा नीति तथा कार्यक्रम बहुमतले स्वीकृत भएको हो। त्यसअघि बागमती...

काभ्रे बस दुर्घटना : सासूको मृत्यु, बुहारी-नातिनी घाइते

१ घण्टा अघि   सेतोपाटी

काभ्रेमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पनौतीबाट यात्रु लिएर जाँदै गरेको बा ३ ख ४४३५ नम्बरको बस बेथानचोक गाउँपालिका-६ स्थित दुर्घटनामा परेको हो। उक्त दुर्घटनामा एक जना महिलाको मृत्यु भएको बेथानचोक गाउँपालिका-६ का वडाध्यक्ष विष्णु तामाङले जानकारी...

भारतबाट फर्किएका ३ जनामा कोरोना पुष्टि

१ घण्टा अघि   थाहाखबर

बैतडी : भारतबाट फर्किएका सुदूरपश्चिम प्रदेशका ३ जनामा कोभिड संक्रमण पुष्टि भएको छ। कोभिड पुष्टि हुनेमा दुई पुरुष र एक महिला रहेका सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका महामारी सम्पर्क व्यक्ति हेमराज जोशीले जानकारी दिए। कञ्चनपुरको पुनर्वासका २० वर्षका युवक, अछामको  ढकारीका...

भिजिट भिसा प्रकरण: छानबिन समिति गठन गर्न किन मानेका छैनन् कांग्रेस–एमाले?

१ घण्टा अघि   सेतोपाटी

भिजिट भिसा प्रकरणमा प्रतिपक्षी दलहरूले लगातार छानबिन समिति गठनको माग गरे पनि सत्तारूढ नेपाली कांग्रेस र नेकपा एमाले टसमस भएका छैनन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमनबाट भिजिट भिसा प्राप्त गरेका नेपाली नागरिकसँग संगठित रूपमा रकम उठाइएको विषय भिजिट भिसा प्रकरणका रूपमा चर्चित...

ट्रक र गाडी ठोक्किँदा दुईजनाको मृत्यु

१ घण्टा अघि   थाहाखबर

रौतहट : रौतहटको बागमतीस्थित पूर्व–पश्चिम राजमार्गमा बुधबार ट्रक र विद्युतीय सवारी एकआपसमा ठोक्किँदा दुईजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन्। इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका अनुसार सर्लाहीको बरहथवाबाट चन्द्रनिगाहपुरतर्फ आउँदै गरेको विद्युतीय सोकोन गाडी बागमती प्रदेश ०३–००१ ज ०४५२...

आइपिएल जितेको खुसियाली बनाउने क्रममा भागदौड हुँदा कम्तिमा सातको मृत्यु भएको आशंका

१ घण्टा अघि   सेतोपाटी

रोयल च्यालेन्जर्स बेंगलुरुले १८ वर्षपछि आइपिएल जितेको खुसियालीमा भारतको बेंगलुरुमा भएको उत्सवले दुःखद मोड लिएको छ। खुसीयाली मनाउने क्रममा भागदौड हुँदा कम्तिमा सात जनाको मृत्यु भएको आशंका गरिएको छ। कर्नाटक राज्य क्रिकेट संघ (केएससीए) ले आयोजना गरेको टोलीको सम्मान कार्यक्रमका लागि...

जयदीप अहलावतले मुम्बईमा किने १० करोड भारूको घर

१ घण्टा अघि   सेतोपाटी

वेब सिरिज दुनियाँमा 'हाथीराम' बनेर तहल्का मचाउने अभिनेता जयदीप अहलावतले मुम्बईमा घर किनेका छन्।  भारतीय सञ्चारमाध्यम नवभारत टाइम्सका अनुसार उनी र उनकी श्रीमती ज्योति हुड्डाले मुम्बईको अंधेरी वेस्ट इलाकामा १० करोड भारूको एक अपार्टमेन्ट किनेका छन्। यो अपार्टमेन्ट मे २०२५ मा...

यातायात क्षेत्रमा हडताल नगर्न सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : सर्वोच्च अदालतले यातायात क्षेत्रमा हडताल नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ। बुधवार न्यायाधीश नित्यानन्द पाण्डेको एकल इजलासले अन्तरिम आदेशका लागि दुवै पक्षलाई छलफलमा बोलाउँदै हड्ताल नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो।  जेठ १९ गतेदेखि नेपाल यातायात व्यवसायी...

अफ्रिकीलाई नेपाली गीतमा नचाउने विष्णु भन्छन्– कमाइ राम्रो छ, टिकटक पनि राम्रो चलेको छ

१ घण्टा अघि   सेतोपाटी

ग्लोबल नेपाली बागलुङका विष्णु गिरी सन् २००९ देखि नाइजेरियामा छन्। कोभिड–१९ को समयमा दुई वर्ष नेपाल बसेको बाहेक उनले नाइजेरिया छाडेका छैनन्। उनी नाइजेरियामा सेफ हुन्। सेफको रूपमा परिचय त छँदै छ, त्यसबाहेक अर्को परिचय पनि बनेको छ। उनी अफ्रिकी...

ठूलो संख्यामा त्रिविले माग्यो प्राध्यापक र सहप्राध्यापक, कसरी छानिन्छन्?

१ घण्टा अघि   सेतोपाटी

त्रिभुवन विश्वविद्यालयले प्राध्यापक र सहप्राध्यापक माग गर्दै विज्ञापन खुलाएको छ। त्रिविले बुधबार गोरखापत्रमा सूचना निकालेर प्राध्यापक र सहप्राध्यापक गरी करिब पाँच सय पदमा भर्ना गर्ने प्रक्रिया अघि बढाएको हो। त्रिविले आन्तरिक तथा खुला प्रतियोगिताद्वारा यी पदपूर्ति गर्न लागेको हो। त्रिवि...

पनौतीमा बस दुर्घटना

१ घण्टा अघि   सेतोपाटी

काभ्रेको पनौतीमा बस दुर्घटना भएको छ। बेथानचोक गाउँपालिका-६ स्थित पनौतीबाट जाँदै गरेको बस दुर्घटना परेको हो। बुधबार अपराह्न साढे ५ बजे बस दुर्घटनामा परेको जानकारी आएको छ। प्रहरीको टोली घटनास्थलमा जाँदै गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी मिनबहादुर घलले जानकारी दिए। 'दुर्घटना भएको...

नेपाल आइसिसीको दुई अवार्डको मनोनयनमा

१ घण्टा अघि   सेतोपाटी

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले प्रदान गर्ने 'आइसिसि डेभलपमेन्ट अवार्ड' अन्तर्गत ‘आइसिसी डिजिटल फ्यान इनगेजमेन्ट अफ दि इयर’ को ग्लोबल नोमिनीमा नेपाल क्रिकेट संघ (क्यान) छनोट भएको छ।  यो विधामा नेपालले एसियाली रिजनको विजेताको अवार्ड पाएको छ।  अब एसियाली रिजनल...

अग्नि सापकोटामाथि ज्यान मुद्दामा अनुसन्धान अघि बढाउन सरकारलाई सर्वोच्चको आदेश

२ घण्टा अघि   थाहाखबर

काठमाडौँ : नेकपा (माओवादी केन्द्र) उपाध्यक्ष तथा पूर्वसभामुख अग्निप्रसाद सापकोटाविरुद्ध ज्यान मुद्दामा अनुसन्धान गर्न सर्वोच्च अदालतले आदेश दिएको छ। सर्वोच्चको संवैधानिक इजलासले सापकोटाविरुद्ध १३ वर्ष पुरानो रिटमा सुनुवाइ गर्दै ज्यान मुद्दामा अनुसन्धान अघि बढाउन सरकारलाई परमादेश दिएको हो। प्रधानन्यायाधीश प्रकाशमानसिंह...

काठमाडौँ महानगरको सीप मेलामा युवाहरूको आकर्षण

२ घण्टा अघि   थाहाखबर

काठमाडौँ : काठमाडौँ महानगरपालिकाले आयोजना गरेको सीप मेला २०८२ मा युवाहरूको आकर्षण बढेको छ। करिब २ हजार ८२ जनालाई सहभागी गराउने लक्ष्यका साथ गत जेठ ७ गतेबाट टुँडिखेलमा आयोजना गरिएको सीप मेलामा शारीरिक रूपमा फरक क्षमता भएका युवाहरू पनि सहभागी...

सी मनपर्छ तर उनीसँग सम्झौता गर्न अत्यन्तै गाह्रोः ट्रम्प

२ घण्टा अघि   सेतोपाटी

अमेरिकाले राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ समकक्षी सी चिनफिङसँग सम्झौता गर्न धेरै गाह्रो भएको बताएका छन्। चीनसँग अमेरिकाको व्यापार वार्तामा प्रगति नभइरहेको बेलामा आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा पोस्ट गर्दै ट्रम्पले यस्तो बताएका हुन्। यसले विश्वका सबभन्दा ठूला दुई अर्थतन्त्रबीचको रोकिएको व्यापार...

एक साता नपुग्दै राजावादी आन्दोलन बिथोलिनुका कारण

२ घण्टा अघि   सेतोपाटी

८६ वर्षीय पूर्वपञ्च नवराज सुवेदीको नेतृत्वमा राजसंस्था र हिन्दु राष्ट्र पुनर्स्थापनासहित संघीयता खारेजीका लागि सुरू भएको आन्दोलन एक साता नपुग्दै बिथोलिएको छ। सुवेदी नेतृत्वमा 'संयुक्त जनआन्दोलन समिति' बनाएर राप्रपा, राप्रपा नेपाल, राष्ट्रिय शक्ति नेपाललगायत दल गरी ४५ समूह आन्दोलनमा छन्। उनीहरूले...