कालीगण्डकी नदी सुकाएर विद्युत् उत्पादन गर्दै आयोजना‚ स्थानीय असन्तुष्ट
बेनी : म्याग्दीको सदरमुकाम बेनी बजार क्षेत्रमा कालीगण्डकी नदी सुक्ने गरी जलविद्युत् आयोजना निर्माणको चलखेल सुरु भएपछि स्थानीय आक्रोशित बनेका छन्। विद्युत विकास बोर्डले सार्वजनिक सूचना जारी गरी ५०.५ मेगावाट क्षमताको कालीगण्डकी जलविद्युत् आयोजना निर्माणका लागि इच्छुक व्यक्ति वा कम्पनीलाई...