ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

गोविन्दाकी श्रीमती सुनीता भन्छिन्- हिरोकी श्रीमती हुन दिल कठोर बनाउनुपर्छ

२ मिनेट अघि   सेतोपाटी

बलिउड अभिनेता गोविन्दाकी श्रीमती सुनीता आहूजा खुलेर आफ्नो विचार व्यक्त गर्छिन्। केही समयअघि गोविन्दासँग उनको सम्बन्ध विच्छेद हुन लागेको खबर बाहिरिएको थियो। यस खबरलाई सुनीताले धेरै पटक खण्डन गरेकी थिइन्।  हालै एक अन्तर्वार्तामा उनले गोविन्दासँग तनावपूर्ण सम्बन्ध चलिरहेको संकेत गरेकी...

एम्स बैठक र अन्तर्राष्ट्रिय सम्मेलनअघि नेपाल हेरिटेज रन हुने

३ मिनेट अघि   सेतोपाटी

एम्स बैठक र अन्तर्राष्ट्रिय सम्मेलनसँगै २४ जेठमा नेपाल हेरिटेज रन हुनेरेस नेपालको आयोजनामा आगामी जेठ २४ गते शनिबार काठमाडौँ र ललितपुरका सम्पदा जोड्नेगरी नेपाल हेरिटेज रन (काठमाडौं २५ के रन) हुने भएको छ । विश्व रनिङको साझा संस्था एसोसियसन अफ इन्टरनेसनल...

एमसीए नेपालको मासिक घरभाडा २५ लाख, हालसम्म सकियो १७ करोड

४ मिनेट अघि   थाहाखबर

काठमाडौं : महालेखा परीक्षकको प्रतिवेदनले एम.सी.ए नेपालले हालसम्म घरभाडामा मात्रै १७ करोड भन्दा बढी तिरेको औंल्याएको छ। महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१ को ६२औँ वार्षिक प्रतिवेदनमा एमसीए नेपालले घरभाडाको लागि २२ डिसेम्बर, २०१७ मा सम्झौता गरेकोमा हालसम्म घरभाडा १७...

अनेकताभित्र एकता खोज्नु संसदीय व्यवस्थाको सौन्दर्यः शिक्षामन्त्री पन्त

४ मिनेट अघि   थाहाखबर

काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले अनेकताभित्र एकता खोज्नु नै संसदीय व्यवस्थाको सौन्दर्य भएको बताएका छन्। शुक्रवार सिंहदरबारमा बसेको प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्।  उनले सांसदहरुबीच मतभिन्नता, विविधताहरू आफ्ना ठाउँमा...

रूस र युक्रेन इस्तानबुलमा भेट्ने, तर अपेक्षा न्यून

११ मिनेट अघि   थाहाखबर

मस्को र किएभका प्रतिनिधिमण्डलहरू शुक्रबार इस्तानबुलमा हुनेछन्। यो सम्भवतः सन् २०२२ यता युक्रेनको द्वन्द्वमा उनीहरूको पहिलो प्रत्यक्ष बैठक हुन सक्छ। यद्यपि रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको अनुपस्थितिले युद्ध अन्त्य गर्नका लागि प्रगतिका लागि थोरै आशा छोड्दछ। अमेरिकी विदेशमन्त्री मार्को रुबियोले वार्ताका...

बेलायतमा शरण खोज्ने आप्रवासीको संख्यामा वृद्धि

११ मिनेट अघि   थाहाखबर

बेलायतमा हालैका वर्षहरूमा शरण खोज्नेहरूको संख्या ह्वात्तै बढेको सरकारी तथ्याङ्कले देखाएको छ। आप्रबासनका लागि दिइएका दशौँ हजार आवेदनहरू अझै निर्णय हुन बाँकी रहेको तथ्याङ्कमा उल्लेख छ। बेलायतका प्रधानमन्त्री केइर स्टार्मरले बेलायतमा रहनका लागि सबै कानुनी मार्गहरू समाप्त भएकाहरूका लागि बेलायतबाट...

बजारमा आउन छोड्यो सुन्तला

१६ मिनेट अघि   सेतोपाटी

बजारमा सुन्तला आउन छोडेको छ। सिजन सकिएसँगै सुन्तला आउन छोडेको नेपाल फलफूल थोक व्यवसायी संघ, काठमाडौंका उपाध्यक्ष माधव चौलागाईंले जानकारी दिए। 'नेपाली सुन्तलाको सिजन त माघमै सकिएको हो,' उनले भने, 'अब भारतीय सुन्तला पनि सकियो।'  अहिले बजारमा फाट्टफुट्ट रूपमा कहीँकतै मात्रै...

फेरि बढ्न थाल्यो बैंकहरूले राष्ट्र बैंकमा राख्ने रकम

२६ मिनेट अघि   सेतोपाटी

निक्षेपको तुलनामा कर्जा लगानी नबढेपछि बैंकहरूले राष्ट्र बैंकमा राख्ने उब्रिएको रकम फेरि वृद्धि हुन थालेको छ।  राष्ट्र बैंकको तथ्यांक अनुसार अहिले बैंकहरूले यसरी राखेको रकम तीन खर्ब ४१ अर्ब रूपैयाँ पुगेको छ।  राष्ट्र बैंकले विभिन्न मौद्रिक उपकरणमार्फत् बैंकहरूमा उब्रिएको यस्तो...

हिमालहरूको हेरचाहबाट नै मानवताको भविष्य निर्भर छः वनमन्त्री ठकुरी

२८ मिनेट अघि   थाहाखबर

काठमाडौं : वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले हिमालहरूको हेरचाहबाट नै मानवताको भविष्य निर्भर हुने बताएका छन्। शुक्रवारबाट काठमाडौंमा शुरु भएको सगरमाथा संवाद कार्यक्रममा बोल्दै वनमन्त्री ठकुरीले कठिन चुनौतीका बाबजुद पनि नेपाल आफ्नो जलवायु नेतृत्वमा दृढ रहेको उल्लेख गरेका हुन्। उनले...

अस्ट्रेलियाको मेरिबेक सिटी काउन्सिल र भरतपुर महानगरपालिकाबीच भगिनी सम्बन्ध स्थापना हुने

२९ मिनेट अघि   सेतोपाटी

भरतपुर महानगरपालिका र अस्ट्रेलियाको मेलवर्नस्थित मेरिबेक सिटी काउन्सिलबीच भगिनी सम्बन्ध स्थापना गर्ने भएको छ। मेरिबेक काउन्सिल कार्यालयमा आगामी मे १४ मा औपचारिक भगिनी सम्बन्ध स्थापना हुन लागेको हो।  मेरिबेक सिटी काउन्सिलरको हालै बसेको बोर्ड बैठकले यी दुई नगरबीच भगिनी सम्बन्ध स्थापना...

सुदूरपश्चिमप्रति केन्द्रीय सत्ताको विभेदपूर्ण व्यवहार छः अध्यक्ष दाहाल

३१ मिनेट अघि   थाहाखबर

डडेल्धुरा : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विकास र समृद्धिका हिसाबले सम्भावना बोकेको भए पनि सुदूरपश्चिमप्रति केन्द्रीय सत्ताको विभेदपूर्ण व्यवहार भएको धारणा राखेका छन्।  प्रेस सेन्टर नेपाल, डडेल्धुराले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उनले...

पूर्वप्रधानमन्त्री प्रचण्डलाई पाटनमा अभिनन्दन

३५ मिनेट अघि   थाहाखबर

बैतडी : पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई बैतडीको पाटन नगरपालिकाले स्वागत तथा अभिनन्दन गरेको छ। ‘जनातासंग माओवादीः मध्यपहाडी लोकमार्ग(पुष्पलाल मार्ग)जनजागरण अभियान’ शुभारम्भ गर्न यहाँ पुगेका पूर्वप्रधानमन्त्री प्रचण्डलगायतलाई स्वागत तथा अभिनन्दन गरिएको पाटन नगरपालिकाका प्रमुख गौरीसिंह रावलले...

अर्थमन्त्री अनुपस्थित भएपछि प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित

३५ मिनेट अघि   सेतोपाटी

प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ। बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक)माथि छलफल जारी रहने कार्यसूची थियो। उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले उक्त छलफलमा उठेका प्रश्नकहरूको जबाफ दिने कार्यसूची थियो। तर शून्य समयपछि कार्यसूचीमा...

निगुरोको मूल्य स्थिर

३८ मिनेट अघि   सेतोपाटी

बजारमा निगुरोको मूल्य स्थिर छ। कालीमाटी फलफूल तथा तरकारी विकास समितिको तथ्यांकले यस्तो देखाएको हाे। दुई/तीन दिनदेखि कालीमाटी बजारमा निगुरो प्रतिकिलो थोक मूल्य २० देखि ३० रूपैयाँमा कारोबार भइरहेको छ।  शुक्रबार पनि सोही मूल्यमा कारोबार भइरहेको कालीमाटी बजारको तथ्यांकले देखाउँछ। ...

नियमविपरीत सल्लाहकार र स्वकीय सचिव राखेर ८ करोड बढी भुक्तानी

४० मिनेट अघि   सेतोपाटी

महालेखा परीक्षकको कार्यालयले स्थानीय तहका पदाधिकारीले स्वकीय सचिव र सल्लाहकार राखेकोमा प्रश्न उठाएको छ। प्रदेश सभाद्वारा जारी स्थानीय तहका पदाधिकारी तथा सदस्यहरूको सुविधासम्बन्धी ऐनमा स्वकीय सचिव र सल्लाहकार राखी पारिश्रमिक दिने व्यवस्था नभए पनि १५२ स्थानीय तहले सल्लाहकार तथा स्वकीय...

कांग्रेस संसदीय दलको बैठक शनिबार

४५ मिनेट अघि   थाहाखबर

काठमाडौं : सत्तारुढ दल नेपाली कांग्रेस संसदीय दलको बैठक भोलि जेठ ३ गते शनिबार बस्ने भएको छ। कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले बैठक शनिबार दिउँसो २ः०० बजे सङ्घीय संसद् भवन नयाँबानेश्वरमा बस्ने जानकारी दिए। बैठकमा आगामी आर्थिक वर्षको बजेटबारे छलफलका...

राजा मान्छौं भन्दा प्रताडित हुनुपर्ने हो भने सरकारले भन्नुपर्‍यो- विद्रोहमा जाऊ, जंगल पस: राजेन्द्र लिङ्देन

४६ मिनेट अघि   सेतोपाटी

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले राजा, हिन्दू धर्म मान्छु, संघीयता खारेजी  हुनुपर्छ भन्दा सरकारले प्रताडित बनाएको बताएका छन्। प्रतिनिधि सभाको बैठकमा शुक्रबार बोल्दै उनले सरकारले विद्रोहमा जाऊ, जंगल पस भन्नुपर्ने पनि बताएका छन्। ‘सरकारले नेपालको संविधानको धारा १७,...

जहाँ ज्याकरान्डा त्यहाँ भिड (तस्बिरहरू)

५३ मिनेट अघि   सेतोपाटी

ज्याकारान्डा फुलेर काठमाडौंका विभिन्न ठाउँहरू बैजनी देखिएका छन्। सडक किनारमा ढकमक्क फुलेको ज्याकारान्डाले शहरको सौन्दर्य त बढाएको छ नै, मानिसहरुलाई मन भुलाउने माध्यम पनि बनेको छ। फूल हेरेर रमाउनेदेखि फोटो खिच्ने तथा भिडियो बनाउनेहरु थुप्रै देखिन्छन् । कतिपयले ज्याकारान्डाको बैजनी...

बानेश्वरमा कारको ठक्करबाट ३ वर्षीय बालकको मृत्यु

५५ मिनेट अघि   सेतोपाटी

काठमाडौंको बानेश्वरमा कारको ठक्करबाट एक जनाको मृत्यु भएको छ। शुक्रबार बिहान ९:२६ बजे काठमाडौं महानगरपालिका-३१ बानेश्वर क्षेत्रको कात्यानीचोकमा कारले ठक्कर दिँदा ३ वर्षीय बालकको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले जानकारी दिए। मृतक भारतको सितामढी घर भई...

प्रेस काउन्सिलको मनलाग्दी : निर्देशिका स्वीकृत नगरी कर्मचारीलाई लाखौँको सेवासुविधा !

५९ मिनेट अघि   थाहाखबर

काठमाडौं : प्रेस काउन्सिल नेपालले निर्देशिका स्वीकृत नगरि आफूखुसी कर्मचारीहरूलाई सेवासुविधाको नाममा लाखौँ रकम दिएको पाइएको छ। महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१ को ६२औँ वार्षिक प्रतिवेदनमा उक्त कुरा उल्लेख छ। खर्च निर्देशिका काउन्सिलको आर्थिक प्रशासन विनियमावली, २०५७...

प्रि–बजेटमाथिको छलफलमा अर्थमन्त्री अनुपस्थित, प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित

५९ मिनेट अघि   थाहाखबर

काठमाडौं : विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता (प्रि–बजेट) माथिको छलफलमा अर्थमन्त्री विष्णुप्रसाद पौडेल उपस्थित नभएपछि प्रतिनिधि सभाको शुक्रवारको बैठक १५ मिनेटका लागि स्थगित भएको छ। नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेले अर्थमन्त्री पौडेल प्रि–बजेट छलफलमा उपस्थित नभएको भन्दै आपत्ति...

विश्व पौडेललाई गभर्नर बनाउन नहुने रिट सर्वोच्चले गर्‍यो दरपीठ

५९ मिनेट अघि   सेतोपाटी

सर्वोच्च अदालतले गभर्नर सिफारिस समितिबाट राजीनामा दिएका योजना आयोगका पूर्वउपाध्यक्ष विश्व पौडेलविरूद्ध परेको रिट दरपीठ गरेको छ। गभर्नर बन्न अयोग्य रहेको भन्दै सर्वोच्चमा मंगलबार पेस भएको रिट तीन दिनपछि शुक्रबार सर्वोच्चले दरपीठ गरेको हो।  अधिवक्ताहरू प्रतिभा उप्रेती र विशाल थापाले पौडेललाई गभर्नर...

खुर्पा प्रहार गरी छोरी र भतिजाको हत्या

१ घण्टा अघि   सेतोपाटी

चितवनको दिव्यनगरमा एक व्यक्तिले आफ्नै छोरी र भतिजाको खुर्पा प्रहार गरी हत्या गरेका छन्। जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी रविन्द्र खनालकाअनुसार भरतपुर महानगरपालिका–२५ का ४५ वर्षीय लिलाराज गिरीले ५ वर्षीय भतिजा सजन र ७ वर्षीया छोरी प्रभा गिरीको घाँटीमा खुर्पा...

बैंकिङ–बीमा क्षेत्र मिलेर उत्पादन र उत्पादकत्व अभिवृद्धिमा लाग्नुपर्छ–का.मु. गभर्नर ढुंगाना

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : नेपाल राष्ट्र बैंककी का.मु. गभर्नर निलम ढुङ्गानाले नेपाली अर्थतन्त्र अहिलेको प्रमुख आवश्यकता उत्पादन र उत्पादकत्व अभिवृद्धि गर्नु रहेको बताएकी छिन्। नेपाल बीमा प्राधिकरणको ५७ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै ढुंगानाले यसका लागि बैंकिङ एवं बीमा क्षेत्रले एकआपसमा सहकार्य...