हजार वर्षपछि 'माया' सभ्यता हेर्दा जे देखेँ...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी पासपोर्टमा आफ्नै फोटो छाप्ने निर्णय सार्वजनिक गरेको ठ्याक्कै हप्तादिन पहिले 'माया' सभ्यताको खण्डहर हेर्न 'कोष्टामाया' मा थिएँ। घना जंगलले ढाकिएको मैदानी भागमा बुच्काबुच्की जस्ता देखिने थुम्काहरूमाथि उत्खननन् गरिएका पिरामिड ढुंगैढुंगाको थुम्को देखिन्थ्यो। कतिले स्याहारसम्भार पाएका, कति त्यतिकै...
