ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

मन्त्रिपरिषद बैठक बस्दै

१५ मिनेट अघि   सेतोपाटी

प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषदको बैठक बोलाएका छन्। मंगलबार अपराह्न साढे ३ बजे मन्त्रिपरिषदको बैठक बोलाइएको हो।  बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् को कार्यालयमा बस्नेछ। बैठकका एजेन्डा भने खुलिसकेको छैन।

'राम नाम सत्य' मा सुनिल थापाको अन्तिम अभिनय, क्लाइमेक्सअघि निधनपछि कसरी पूरा भयो फिल्म?

१५ मिनेट अघि   सेतोपाटी

वरिष्ठ अभिनेता सुनिल थापाको गत माघमा निधन हुँदा उनी फिल्म 'राम नाम सत्य' को छायांकनमा थिए। निर्माण टिमका अनुसार भोलिपल्ट फिल्मको क्लाइमेक्स दृश्य खिच्ने तयारी थियो। तर त्यसअघि उनै उनले सधैंका लागि संसार छाडे। उनको निधनपछि फिल्मको बाँकी काम कसरी...

गृहमन्त्री सुधन गुरूङलाई मार्गप्रशस्त गर्न हर्क साम्पाङको सुझाव

२० मिनेट अघि   सेतोपाटी

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले गृहमन्त्री सुधन गुरूङलाई मार्गप्रशस्त गर्न सुझाव दिएका छन्। काठमाडौंमा सम्पाङले आज पत्रकार सम्मेलन गरेर भने, ‘उहाँको जहिल्यै नयाँ नयाँ सुनिराखिन्छ। त्यस्तो नहुँदा राम्रो हुन्थ्यो। हप्ताको दुई तीन चोटी सुनिराखिन्छ। घरि के घरि के त्यसकारण...

कीर्तिपुर मैदानमा दुई–दुई पटक बज्यो युएईको गलत राष्ट्रिय गान, कसरी भयो यस्तो 'ब्लन्डर'?

३५ मिनेट अघि   सेतोपाटी

अन्तर्राष्ट्रिय प्रतियोगिताका खेल सुरू हुनुअघि सम्बन्धित देशको राष्ट्रिय गान बजाउनु सामान्य नियम हो। खेल सुरू हुनुअघि बज्ने राष्ट्रिय गानले मैदानमा रहेका खेलाडी र मैदान बाहिर रहेका समर्थकलाई भावुक बनाउने गर्छ। कतिपय खेलाडी त राष्ट्रिय गान बज्दै गर्दा भावुक हुँदै आँशुसमेत...

प्रधानमन्त्री शाहले अर्थ मन्त्रीसहित राष्ट्रिय योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानसँग  छलफल गर्दै

३९ मिनेट अघि   सेतोपाटी

प्रधानमन्त्री बालेन शाहले अर्थमन्त्री स्वर्णिम वाग्ले सहित राष्ट्रिय योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानका पदाधिकारीसँग छलफल गरिरहेका छन्। प्रधानमन्त्री शाहले मंगलबार मध्याह्न १२ बजेदेखि अर्थमन्त्री स्वर्णिम वाग्ले सहित राष्ट्रिय योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानका पदाधिकारीसँग छलफल गरिरहेको उनको सचिवालयले...

इरानसँग वार्ता गर्न अमेरिकी उपराष्ट्रपति भान्स पाकिस्तान जाँदै!

४९ मिनेट अघि   सेतोपाटी

अमेरिका र इरानबीच दोस्रो चरणको वार्ता अनिश्चित रहेको बेला अमेरिकी उपराष्ट्रपति जेडी भान्स पाकिस्तान जान लागेका छन्। अमेरिकाले स्ट्रेट अफ हर्मुज नजिकैबाट आइतबार एउटा इरानी पानीजहाज कब्जा गरेपछि दुई देशबीच हुने भनिएको वार्ता अनिश्चित छ। तर युद्ध अन्त्यका लागि इरानसँग...

नेपाली फ्रिल्यान्सरले अन्तर्राष्ट्रिय भुक्तानी अब खल्ती बाइ आइएमई मोबाइल वालेटबाट प्राप्त गर्न सक्ने

१ घण्टा अघि   सेतोपाटी

खल्ती बाइ आइएमईले आइएमई लिमिटेड र स्ट्राइपसँग साझेदारी गर्दै नेपालमा बसेर विदेशका सेवा व्यवसायमा काम गर्दा प्राप्त हुने अन्तर्राष्ट्रिय भुक्तानी सोझै खल्तीबाइ आइएमई मोबाइल वालेटबाट प्राप्त गर्न सक्ने व्यवस्था मिलाएको छ । यस रणनीतिक साझेदारीले विदेशबाट हुने भुक्तानीमा सहजता, विश्वव्यापी...

सिटिजन्स बैंक २०औं वर्षमा प्रवेश

१ घण्टा अघि   सेतोपाटी

सिटिजन्स बैंक इन्टरनेसनलले वैशाख ७ गते १९ वर्ष पूरा गरि २० वर्षमा प्रवेश गरेको अवसरमा आफ्नो १९औं वार्षिकोत्सव मनाएको छ। १९ वर्षको अवधि पार गरिसक्दा बैंकले २० लाख ११ हजार ग्राहकहरूलाई वित्तीय सेवा प्रदान गर्न सफल भएको बैंकको भनाइ छ। ...

चक्कु प्रहार गरी युवकको हत्या

१ घण्टा अघि   सेतोपाटी

कञ्चनपुरको पुनर्वास नगरपालिका–५ भानुबस्तीमा विवाहमा गएका युवकमाथि गएराति चक्कु प्रहरी गरी हत्या गरिएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार आफन्तको बिहेमा सहभागी भएका पुनर्वास नगरपालिका–५ का १८ वर्षीय उज्जल सायरको छातीमा चक्कु प्रहार गरी हत्या गरिएको हो। स्थानीय युवाहरूबीच आपसी विवाद...

परराष्ट्र मन्त्री खनाल र अमेरिकी सहायक विदेश मन्त्री कपुरबीच भेटवार्ता

१ घण्टा अघि   सेतोपाटी

नेपाल भ्रमणमा रहेका अमेरिकी विदेश मन्त्रालयका दक्षिण तथा मध्यएसिया मामिलासम्बन्धी सहायक मन्त्री एसपल कपुरले परराष्ट्र मन्त्री शिशिर खनालसँग शिष्टाचार भेट गरेका छन्। मन्त्रालयमा आज भएको भेटमा उनीहरूबीच नेपाल–अमेरिका द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ बनाउनेलगायत विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ। साथै सो अवसरमा...

अर्थमन्त्रीलाई खुला–पत्र

१ घण्टा अघि   सेतोपाटी

माननीय अर्थमन्त्रीज्यू,  रियल–इस्टेट क्षेत्र केवल लगानी वा सम्पत्तिको विषय मात्र होइन। यसले देशको आर्थिक अवस्था, वित्तीय प्रणाली र विकाससँग गहिरो सम्बन्ध राख्छ। घर, जग्गा र अन्य सम्पत्तिको अवस्था नागरिकको जीवनस्तर र आर्थिक स्वास्थ्यको सूचक पनि बन्ने भएकाले, यस क्षेत्रको विकासले...

१०० रूपैयाँभन्दा माथिका सामानमा भन्सार कडाइप्रति चिनी उद्योग संघ खुसी

१ घण्टा अघि   सेतोपाटी

नेपाल चिनी उद्योग संघले खुला सीमाबाट हुने अनाधिकृत चिनी आयात रोक्न सरकारले कदम चालेको भन्दै स्वागत गरेको छ। हालै सरकारले स्थलमार्गबाट सय रूपैयाँभन्दा धेरैको सामान ल्याउनलाई भन्सार लाग्ने नियममा कडाइ गरेको छ।  संघले यसलाई स्वदेशी उत्पादन र उद्योग संरक्षणतर्फ सकारात्मक नीतिका...

प्रत्यक्ष नजितेका ठाउँमा रास्वपाले समानुपातिक सांसदलाई तोक्यो जिम्मेवारी (सूची)

१ घण्टा अघि   सेतोपाटी

प्रतिनिधि सभामा प्रत्यक्षतर्फ चुनाव नजितेका ठाउँमा राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक सांसदलाई जिम्मेवारी तोकेको छ। रास्वपाले १६५ निर्वाचन क्षेत्रमध्ये १२५ स्थानमा जित हासिल गरेको थियो। सोमबार बसेको केन्द्रीय समिति बैठकले प्रत्यक्ष नजितेका ४० स्थानमा जिम्मेवारी तोकेको हो। ‘राष्ट्रिय स्वतन्त्र पार्टीले प्रत्यक्ष...

अभिनेत्री शुभेक्षा खड्काले गरिन् बिहे

२ घण्टा अघि   सेतोपाटी

अभिनेत्री तथा पूर्वमिस नेपाल इन्टरनेसनल शुभेक्षा खड्काले विवाह गरेकी छन्। उनले सोमबार प्रेमी आश्वासन जोशीसँग बिहे गरेकी हुन्। विवाहपछि शुभेक्षाले सामाजिक सञ्जालमा तस्बिर साझा गरेकी छन्। शुभेक्षाले 'रणवीर', 'प्रेमा', 'चित्रा' लगायत केही फिल्ममा अभिनय गरेकी छन्। त्यस्तै, जोशी चाहिँ अमेरिकामा बसोबास...

'मालती मंगले' को नयाँ गीत 'झ्याम पारम' सार्वजनिक

२ घण्टा अघि   सेतोपाटी

यही वैशाख २५ गते (मे ८) बाट प्रदर्शनमा आउन लागेको फिल्म ‘मालती मंगले’ को नयाँ गीत 'झ्याम पारम' सार्वजनिक गरिएको छ।  यसअघि 'सुनैको सपनी' र 'ढुंगा माथि लेऊ' सार्वजनिक गरिसकेको निर्माण पक्षले तेस्रो गीतका रूपमा आकर्षक डान्सिङ नम्बर दर्शकमाझ ल्याएको हो। सार्वजनिक गीतमा...

केकीको 'स्टेशन' को शुभमुहूर्त, कलाकार अझै गोप्य

२ घण्टा अघि   सेतोपाटी

अभिनेत्री तथा निर्मात्री केकी अधिकारीले आफ्नो नयाँ फिल्म 'स्टेशन' को निर्माण कार्य औपचारिक रूपमा सुरू गरेकी छन्।  'बोक्सीको घर' मार्फत बक्स अफिसमा ठूलो सफलता हात पारेकी केकीको यो नयाँ फिल्मको सोमबार अक्षय तृतीयाको अवसर पारेर ललितपुरस्थित बंगलामुखी मन्दिर परिसरमा शुभमुहूर्त गरिएको हो।...

माउन्ट एभरेष्ट पावरले वैशाख १७ गतेदेखि आइपिओ बिक्री गर्ने

२ घण्टा अघि   सेतोपाटी

माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडले वैशाख १७ गतेदेखि आइपिओ बिक्री गर्ने भएको छ।  कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आइपिओ निष्कासन गर्न लागेको हो। कम्पनीले जारी पुँजी ८६ करोड रूपैयाँको ३० प्रतिशत...

नेपाली बजारमा आउन अध्ययन गर्दैछ बहुराष्ट्रिय राइड सेयरिङ कम्पनी 'उबर'

२ घण्टा अघि   सेतोपाटी

संसारका थुप्रै देशमा राइड सेयरिङ सेवा दिँदै आएको अमेरिकी बहुराष्ट्रिय कम्पनी 'उबर' ले नेपाली बजारमा आउन चासो देखाएको छ। यसका लागि उबरले राइड सेयरिङ सेवामा संलग्न रहँदै आएका नेपाली व्यवसायी तथा सम्बन्धित अधिकारीहरूसँग छलफल गरेर बजार अध्ययन गरिरहेको पाइएको छ।...

पाकिस्तानको पिएसएल छाडेर भारतको आइपिएल गएका अर्का खेलाडीलाई प्रतिबन्ध

३ घण्टा अघि   सेतोपाटी

श्रीलंकाका अलराउन्डर दासुन शनाकालाई पाकिस्तान सुपर लिग (पिएसएल) मा एक वर्षको लागि प्रतिबन्ध लगाइएको छ।  शनाकाले 'लाहोर कलन्दर्स'सँगको सम्झौता तोडेर आइपिएलटोली 'राजस्थान रोयल्स'मा आबद्ध भएको भन्दै पाकिस्तान क्रिकेट बोर्डले यो कारबाही गरेको हो।  बोर्डका अनुसार उनले सम्झौताका सर्तहरू उल्लंघन गर्दै...

सुनको मूल्य बढ्दा घट्यो चाँदी, आज कतिमा हुँदैछ किनबेच?

३ घण्टा अघि   सेतोपाटी

नेपाली बजारमा आज (मंगलबार) सुनको भाउ बढेको छ भने चाँदी घटेको छ।  सोमबार तोलामा एक हजार तीन सय रूपैयाँ घटेको सुनको भाउ यसदिन भने प्रतितोला एक हजार ६ सय रूपैयाँ बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला...

कांग्रेसले सोध्यो कान्छाराम तामाङलाई ३ दिने स्पष्टीकरण

३ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिले रामेछापका सभापति पूर्णबहादुर तामाङ (कान्छाराम) लाई स्पष्टीकरण सोधेको छ। सानेपामा सोमबार अनुशासन समिति संयोजक तारामान गुरूङको अध्यक्षतामा बसेको बैठकले पूर्व ऊर्जा राज्यमन्त्री समेत रहेका तामाङलाई ३ दिने स्पष्टीकरण सोध्ने निर्णय गरेको हो। ‘जिल्ला सभापति जस्तो जिम्मेवार तहमा...

सिंहदरबारलाई ढाकेको हरियो पर्दा उडायो हावाले (तस्बिरहरू)

३ घण्टा अघि   सेतोपाटी

देशको मुख्य प्रशासनिक केन्द्र सिंहदरबारलाई ढाकिएको हरियो पर्दा हावाले तितरवितर तुल्याएको छ। गत भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा आगलागीबाट ध्वस्त भएको पश्चिम मोहोडातर्फको सिंहदरबारको मुख्य भवन लामो समयदेखि हरियो पर्दाले ढाकिएको थियो। समयक्रमसँगै हावा–हुरीका कारण उक्त पर्दा बिस्तारै झर्दै गएको छ।...

पाल्पामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

४ घण्टा अघि   सेतोपाटी

पाल्पामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। रैनादेवी छहरा गाउँपालिका वडा नम्बर ३ भुवनपोखरी झिरबासमा लु ५ त १०३५ नम्बरको ट्याक्टर दुर्घटना हुँदा सोही ट्याक्टरका सहचालक २३ वर्षीय विशाल रानाको मृत्यु भएको हो। रैनादेवी गाउँपालिका वडा नं. ४...

उदयपुरमा आगलागीमा परी दुई जनाको मृत्यु

५ घण्टा अघि   सेतोपाटी

उदयपुरको चौदण्डीगढी नगरपालिका–७ बेल्टार बजारस्थित शान्ति चोकमा  सोमबार राति भएको आगलागीमा दुई जनाको जलेर मृत्यु भएको छ। मध्यराततिर दुईवटा घरमा फैलिएको आगो निभाएपछि घटनास्थलमा दुई जनाको शव जलेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।  स्थानीयका अनुसार मृतक पवन खड्का र...