इन्धनको मूल्य बढेपछि 'कन्सट्रक्सन होलिडे' माग गर्दै निर्माण व्यवसायी
नेपाल निर्माण व्यवसायी महासंघले निर्माण सामग्रीको तीव्र मूल्यवृद्धि प्रति गम्भीर ध्यानाकर्षण गराउँदै मूल्य स्थिर नभएसम्म 'कन्सट्रक्सन होलिडे' घोषणा गर्न सरकारसँग आग्रह गरेको छ। महासंघले हालै जारी गरेको प्रेस विज्ञप्तिमा अन्तर्राष्ट्रिय तथा क्षेत्रीय परिस्थितिका कारण डिजेल, पेट्रोल, मट्टितेल, एलपी ग्यास लगायत...
