मैले जीवनको उत्तरार्धमा देखेको समाजवादको सपनाका लागि तागत लिन रोल्पा–रूकुम आएको छु: प्रचण्ड
नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले आफले जीवनको उत्तरार्धमा देखेको समाजवादको सपना सार्थक तुल्याउने तागत लिनका लागि आफू फेरि एक पटक रोल्पा–रूकुम जस्ता क्रान्तिका आधार इलाका आउनु परेको बताएका छन्। शनिबार रोल्पाको लिवाङमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै...
