सुनको मूल्य तीन लाखमाथि पुग्दा चाँदीमा बढ्यो आकर्षण, एकै महिना १० अर्बको आयात
चाँदीको कारोबारमा लगानीकर्ताको आकर्षण अत्यधिक देखिएको छ। लगानीकर्ताको अत्यधिक मागको कारणले यो वर्ष चाँदीको आयात अहिलेसम्मकै उच्च भएको भन्सार तथ्यांकले देखाएको छ। २०८२ साउनदेखि माघसम्मको अवधि अर्थात् पछिल्लो सात महिनामा २४ अर्ब रूपैयाँ बराबरको ८ करोड २४ लाख ग्राम चाँदी...
