काठमाडौंसहित विभिन्न भूभागमा वर्षा
काठमाडौं उपत्यकासहित मुलुकका विभिन्न भूभागमा मंगलबार दिउँसो पानी परेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौंको सुन्दरीजल, बूढानीलकण्ठ, कपन लगायतका क्षेत्रमा दिउँसो पानी परिरहेको छ। त्यस्तै दोलखाको जिरीसहित बागमती प्रदेशमा पहाडी भूभागहरुमा वर्षा भइरहेको छ। गण्डकी प्रदेशका लमजुङ, कास्की...
