ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

जेन–जी आन्दोलनमा ६ हजार राहदानी जले, दैनिक पाँच हजार माग

९ मिनेट अघि   थाहाखबर

काठमाडौं : जेन–जी आन्दोलनपछि राहदानी बढाउनेको घुइँचो देखिएको छ। ​त्रिपुरेश्वरस्थित राहदानी विभागमा बिहानैदेखि राहदानी बनाउन आउने गरेका छन्।  भीड थेग्न विभागलाई हम्मेहम्मे परिरहेको विभागका अधिकारीहरु बताउँछन्। उनीहरुकाअनुसार यो भीड बढ्नुको कारण जेनजी आन्दोलनसँगै दशैँ तिहार पनि मुख्य कारक हो। जेन–जी आन्दोलनका...

रवि लामिछानेलाई बयानका लागि सिंहदरबार ल्याइँदै

३९ मिनेट अघि   थाहाखबर

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेलाई बयानका लागि आज दिउँसो १ बजे सिंहदरबार ल्याइँने भएको छ।  जेन–जी आन्दोलनको जाँचबुझका लागि सरकारले बनाएको छानबिन आयोगले बयानका लागि बोलाएको हो। नख्खु प्रकरणका विषयमा लामिछानेलाई बयान लिन लागिएको हो। गत २४...

एकतापछि बन्ने पार्टीको नाम र चुनाव चिह्नबारे प्रचण्डले दिएको प्रष्टिकरण

४४ मिनेट अघि   सेतोपाटी

नेकपा (माओवादी केन्द्र)सहित ८ दलले बुधबार पार्टी एकता घोषणा गर्दैछन्।  एकता घोषणाका लागि बुधबार दिउँसो १ बजे भृकुटीमण्डपमा कार्यक्रम आयोजना गरिएको छ। उक्त सभालाई पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, चिरन सि, राजु कार्कीसहितका नेताहरूले सम्बोधन गर्नेछन्। माओवादी केन्द्र, एकीकृत समाजवादी सहित...

च्याम्पियन्स लिगमा आर्सनल र बायर्नको रवाफ कायमै

४८ मिनेट अघि   सेतोपाटी

युरोपियन च्याम्पियन्स लिगमा इंग्लिस क्लब आर्सनल र जर्मन क्लब बायर्न म्युनिखले आफ्नो रवाफ कायमै राखेका छन्।  मंगलबार राति भएका खेलमा जित निकालेका दुवै क्लबले यो सिजन सुरुवाती चार खेलमा शतप्रतिशत जितको यात्रा कायम राखेका हुन्। आर्सनलले स्लाभिया प्रागमाथि ३-० को जित...

एमाले फर्कन लागेकालाई योगेशको सुझाव– तपाईंहरूको सहभागिताले नेताले होइन राष्ट्रले जित्नुपर्छ

१ घण्टा अघि   सेतोपाटी

नेकपा (एमाले) का सचिव योगेश भट्टराईले पार्टी फर्कन लागेकाहरूलाई सुझाव दिँदै अमुक नेतालाई जिताउनै पर्ने पूर्वशर्त स्वीकार गर्ने या नगर्ने यो विवेकको विषय भएको बताएका छन्। एकीकृत समाजवादीबाट रामकुमारी झाक्रीसहितको पंक्ति एमाले फर्कने तयारी गरेका छन्। यही सन्दर्भमा महासचिव शंकर...

ओलीपछि प्रचण्डलाई भेट्दै झलनाथ खनाल

१ घण्टा अघि   सेतोपाटी

नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले माओवादी केन्द्रका महाधिवेशन आयोजक समिति संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'सँग भेटवार्ता गर्दैछन्। बुधबार प्रचण्डसँग भेट्न लागेको कुरा खनालले सेतोपाटीलाई जानकारी दिए।  ‘म अहिले प्रचण्ड भेट्न जाँदैछु,' उनले भने।  जेनजी प्रदर्शनका क्रममा उनको घरमा आगजनी...

दैनिक ३०० पर्यटक पुग्ने रानीमहल बन्यो कुरुप (फोटो फिचर)

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : पाल्पाको प्रमुख पर्यटकीय स्थल रानीमहलमा लगाएको रंग उडेर भित्तामा लेउ लाग्न थालेको छ। रानीमहलको व्यवस्थापनमा तानसेन नगरपालिकाले वेवास्ता गर्दा यहाँको सरसफाइ भएको छैन भने भवनको रंगरोगन उडेको छ। तानसेन नगरपालिकाले प्रवेश शुल्क उठाउने गर्छ भने पार्किङ शुल्क बगनासकाली...

२०२७ सालदेखिको मित्र भेट्न गएँ, वाम पुनर्गठन नै आजको आवश्यकता होः झलनाथ खनाल

१ घण्टा अघि   सेतोपाटी

नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग २०२७ सालदेखिको मित्रता रहेको भन्दै त्यसैलाई कायम राख्न भेट्न गएको बताएका छन्। खनालले मंगलबार राति एमाले अध्यक्ष ओलीसँग उनको निवास गुण्डुमा भेटवार्ता गरेका थिए। एमाले फर्कने गरी...

के सेयर बजार घट्ने संकेत देखिएको हो?

१ घण्टा अघि   सेतोपाटी

सेयर बजार विश्लेषण सेयर बजार परिसूचक नेप्से दुई दिन लगातार घटेर २६ सयमुनि आएर बजार बन्द भयो। बजार घटेसँगै कारोबार रकम पनि घट्दै गएको छ। आइतबार ९ अर्ब रूपैयाँको कारोबार भएकोमा सोमबार ६ अर्ब र मंगलबार ५ अर्ब रूपैयाँको कारोबार...

कुटपिटबाट एक जनाको मृत्यु

२ घण्टा अघि   सेतोपाटी

तनहुँको बन्दीपुर गाउँपालिका–५ बाहुनभञ्ज्याङमा कुटपिटबाट एक जनाको मृत्यु भएको छ। प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकका अनुसार कुटपिटबाट ५८ वर्षीय खुसीमान गुरुङको मृत्यु भएको हो। मादक पदार्थ सेवन गरेका सोही स्थानका ७० वर्षीय खिमबहादुर गुरुङले खुसीमानको टाउकोमा चिर्पट प्रहार गर्दा गम्भीर...

महाधिवेशन प्रतिनिधि छनोटका लागि एमालेले तय गरेको ७ आधार

२ घण्टा अघि   सेतोपाटी

नेकपा (एमाले)को ११ औं महाधिवेशनमा प्रतिनिधि हुनका लागि पार्टीले सातवटा आधार तय गरेको छ। मंगलबार एमालेले अन्तरपार्टी निर्देशन (अपानि) जारी गर्दै एमालेले ती आधारहरु मातहतका कमिटीहरुमा पठाएको छ। मंसिर २७ देखि २९ सम्म काठमाडौंमा हुने ११ औं महाधिवेशनका लागि मंसिर...

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दै

२ घण्टा अघि   थाहाखबर

काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दैछ।  महाधिवेशनको मिति टुंग्याउने विषयमा सहमति नजुटेकै समय हिजोबाट सुचारु भएको बैठक आज बिहान साढे ११ बजे सानेपामा बस्ने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।   हिजोको बैठकमा महाधिवेसन तालिकाबारे दुई फरक...

किन गर्दैछन् रामकुमारी झाक्री र किसान श्रेष्ठसहितका नेताले पत्रकार सम्मेलन?

२ घण्टा अघि   सेतोपाटी

एकीकृत समाजवादीसँग असन्तुष्ट रहेका रामकुमारी झाक्री, किसान श्रेष्ठ र अम्बरबहादुर थापाहरूले बुधबार छुट्टै पत्रकार सम्मेलन गर्दैछन्। आजै एकीकृत समाजवादीका असन्तुष्ट घनश्याम भूसाल, विजय पौडेलसहितको एउटा पंक्तिले पुनःगठनका लागि आह्वान गर्दै पत्रकार सम्मेलन गर्दैछ। त्यहाँ पनि नजाने झाक्रीसहितको समूहले नेकपा (एमाले)...

उडेको केही बेरमै दुर्घटना भयो अमेरिकी कार्गो जहाज

२ घण्टा अघि   सेतोपाटी

अमेरिकामा कार्गो जहाज दुर्घटना भएको छ। अमेरिकाको केन्टकी राज्यको लुइसभिलमा मंगलबार स्थानीय समयअनुसार साँझ ५:१५ बजे  युएसपीएसको फ्लाइट २९७६ कार्गो विमान दुर्घटना भएको हो। दुर्घटनामा चालक दलका तीन सदस्यसहित चार जनाको मृत्यु भएको अमेरिकी टेलिभिजन नेटवर्क सिएनएनले जनाएको छ। जहाज...

तनहुँमा कुटपिटबाट एक जनाको मृत्यु

२ घण्टा अघि   थाहाखबर

तनहुँ : बन्दीपुर गाउँपालिका–५ बाहुनभञ्ज्याङमा कुटपिटबाट एक जनाको मृत्यु भएको छ। प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकका अनुसार ५८ वर्षीय खुसीमान गुरुङको मृत्यु भएको हो।  मादक पदार्थ सेवन गरेका सोही स्थानका ७० वर्षीय खिमबहादुर गुरुङले खुसीमानको टाउकोमा चिर्पट प्रहार गर्दा गम्भीर घाइते...

पीएसजीलाई हराएको बार्साको लगातार चौथो जित

२ घण्टा अघि   थाहाखबर

काठमाडौं : बायर्न म्युनिखले युइएफए च्याम्पियन्स लिगमा आफ्नो विजयी यात्रालाई लगातार चौथो खेलसम्म पनि कायम राखेको छ। मंगलबार  पार्क डेस प्रिन्सेसमा बायर्नले घरेलु टोली पेरिस सेन्ट जर्मेन पिएसजीविरुद्ध २–१ को रोमाञ्चक जित दर्ता गर्यो। जितसँगै चार खेलमा १२ अंक जोडेको बायर्न...

लिभरपुलसँग रियल मड्रिड पराजित

२ घण्टा अघि   थाहाखबर

काठमाडौं :  एलेक्सिस म्याक एलिस्टरले दोस्रो हाफमा गरेको एकमत्र गोल निर्णायक बन्दा लिभरपुलले युइएफए च्याम्पियन्स लिगमा रियाल मड्रिडविरुद्ध १(० को कठिन जित दर्ता गरेको छ। जितसँगै चार खेलमा ९ अंक जोडेको लिभरपुल छैटौं स्थानमा उक्लिएको छ। पहिलो पराजय बेहोरेको रियाल...

आइसिसी विश्वकप लिग-२ मा आज युएईसँग खेल्दै नेपाल

३ घण्टा अघि   सेतोपाटी

युएईमा जारी आइसिसी विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक सिरिजमा नेपालले आज घरेलु टोलीसँग भिड्दै छ। दुबईको आइसिसी एकेडेमीमा बिहान सवा ११ बजे नेपाल र युएईबीचको खेल सुरू हुनेछ। जारी सिरिजमा नेपाल जितविहीन छ। आज खेल्न लागेको खेल सिरिजको अन्तिम खेल हो।...

एपीएफ क्लब झापा महिला गोल्डकपको सेमिफाइनलमा

३ घण्टा अघि   थाहाखबर

काठमाडौं : विभागीय टोली नेपाल एपीएफ क्लब झापाको दूधे रंगशालामा जारी झापा महिला गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ। मंगलबार सम्पन्न दोस्रो क्वार्टरफाइनलमा भारतको सिक्किम सिंग्लिङ स्पोर्टिङ क्लबलाई ७–० गोलअन्तरले पराजित गर्दै एपीएफले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो।  एकतर्फी भएको खेलमा...

प्रचण्ड र जनार्दनबीच अन्तिम भेटमा के भएको थियो कुराकानी?

३ घण्टा अघि   सेतोपाटी

नेकपा (माओवादी केन्द्र)ले एकीकृत समाजवादीसहित ८ दलसँग एकता गर्ने निर्णय गरेपछि नेता जनार्दन शर्माले प्रगतिशील अभियान नेपाल घोषणा गरेका छन्। उनले मंगलबार पत्रकार सम्मेलन गरी प्रगतिशील अभियान नेपाल नामक अभियानको घोषणा गरेका हुन्। शर्माले घोषणा गरेको अभियानमा राम कार्की, अञ्जना विसंखे...

आज यी चार प्रदेशमा वर्षा र हिमपातको सम्भावना

३ घण्टा अघि   सेतोपाटी

हाल मुलुकका पश्चिमी भागमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भागमा साधारणतया बदली रही बाँकी भागमा आंशिक बदली हुनेछ। महाशाखाका अनुसार गण्डकी, लुम्बिनी,...

नेपाली फ्रोजन फ्रेञ्च फ्राइज अब अमेरिकी बजारमा पनि

४ घण्टा अघि   सेतोपाटी

नेपालमा उत्पादित फ्रोजन फ्रेञ्च फ्राइज (जमाएको आलु चिप्स) पहिलो पटक संयुक्त राज्य अमेरिका निर्यात भएको छ। रुपन्देही जिल्लामा रहेको फर्स्ट च्वाइस फुड्स प्रालिले उत्पादन गरेको फ्रोजन फ्रेञ्च फ्राइज मंगलबार अमेरिकाको जेन्ट कम्पनीलाई  पठाएको कम्पनीले जनाएको छ। भैरहवा भन्सार कार्यालयका अनुसार...

भृकुटी मण्डपबाट ८ दलले आज एकता घोषणा गर्दै

४ घण्टा अघि   सेतोपाटी

माओवादी केन्द्र, एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी, नेकपा (समाजवादी), नेकपासहित ८ दलले बुधबार एकता घोषणा गर्दैछन्। काठमाडौंको भृकुटी मण्डपस्थित प्रदर्शनी केन्द्रबाट ८ दलले एकता घोषणा गर्न लागेका हुन्। आज दिउँसो १ बजे एकता घोषणा हुनेछ। उक्त सभालाई पुष्पकमल दाहाल ‘प्रचण्ड’,...

घट्यो अमेरिकी डलरको मूल्य

४ घण्टा अघि   सेतोपाटी

नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार बुधबार अमेरिकी डलरको भाउ घटेको छ। आज एकको खरिददर १४१ रुपैयाँ ५६ पैसा र बिक्रीदर १४२ रुपैयाँ १६ पैसा निर्धारण गरिएको छ। मंगलबार अमेरिकी डलर एकको...