ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

किन बस्दैछ रास्वपा सचिवालय बैठक?

७ मिनेट अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सचिवालयको बैठक शुक्रबार बिहान ११ बजे बस्दैछ। रास्वपाका प्रवक्ता मनिष झाका अनुसार दिउँसो ३ बजेसम्म बस्ने यो बैठक असोज २२ गतेको बैठकको निरन्तरता स्वरूप नै बस्न लागेको हो। पार्टी केन्द्रीय कार्यालय चःमतिमा बस्न लागेको बैठकमा मूलतः...

कांग्रेसको बैठक आज जारी रहने

८ मिनेट अघि   थाहाखबर

काठमाडौं : नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक आज जारी रहने भएको छ।  बैठक पार्टी कार्यालय सानेपामा दिउसो १ बजे सुरु हुनेछ। त्यसअघि बिहान ११ बजे पार्टी कार्यालयमै अनौपचारिक छलफल पनि राखिएको पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। हिजो बसेको बैठकमा...

त्रिविको जग्गा खोजबिन समितिको प्रतिवेदन सार्वजनिक गरिने

२७ मिनेट अघि   थाहाखबर

काठमाडौं : सरकारले  त्रिभुवन विश्वविद्यालयको जग्गा तथा अचल सम्पत्ति खोजबिन समितिले नेपाल सरकारलाई पेश गरेको प्रतिवेदन सार्वजनिक गर्ने भएको छ।  शिक्षा विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले उक्त प्रतिवेदन सार्वजनिक गर्ने जानकारी दिएका छन्। मन्त्रालयमा भएको छलफल पछि यस्तो निर्णय भएको उनले...

हमासले सार्वजनिक गर्‍यो २० बन्धकको नाम, विपिन जोशी सूचीमा छैनन्

५१ मिनेट अघि   थाहाखबर

काठमाडौं : इजरायलसँग युद्धविराम सहमति भएसँगै हमास लडाकुले मुक्त गराउने २० जना युद्धवन्दीको नामावली सार्वजनिक भएको छ। तर, यो नामावलीमा नेपालका विपिन जोशीको नाम भने छैन। इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डितले मुक्त हुने भनिएकाको सूचीमा विपिनको नाम नरहेको जानकारी दिए।...

यी हुन् गजामा मृत्यु भइसकेको अनुमान गरिएका २६ बन्धक

५३ मिनेट अघि   सेतोपाटी

इसराइल-हमास युद्धविरामसँगै गजामा बन्धक बनाइएकाहरू चाँडै फर्कने विश्वास बढेको छ। झन्डै २ वर्षदेखि प्यालेस्टिनी अतिवादी समूहको कब्जामा रहेका बन्धकहरु युद्धविरामसँगै अर्को साताबाट छुट्न सक्ने बताइएको छ। हमासको कब्जामा रहेका ४८ जना बन्धकमध्ये २० जना जीवित रहेको सार्वजनिक भइसकेको छ। ती...

यी विषयमा छलफल गर्न बस्दैछ एमाले सचिवालय बैठक

१ घण्टा अघि   सेतोपाटी

नेकपा (एमाले) को ५८ औं सचिवालयको बैठक शुक्रबार अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा बस्दैछ। एमाले केन्द्रीय कार्यालय सचिव भीष्म अधिकारीका अनुसार बैठक बिहान ११ बजे बस्नेछ। आज बस्ने बैठकले केन्द्रीय कमिटी बैठकका कार्यसूची तय गर्नेछ। एमाले केन्द्रीय कमिटीको बैठक...

टी-२० विश्वकप एसिया एन्ड इएपी छनोटमा आज जापानसँग खेल्दै नेपाल

१ घण्टा अघि   सेतोपाटी

ओमानमा जारी आइसिसी टी-२० विश्वकप एसिया एन्ड इएपी छनोटमा नेपालले आज जापानसँग खेल्दैछ। नेपाल र जापानबीच शुक्रबार अपराह्न सवा ४ बजे खेल सुरू हुनेछ। समूह २ मा रहेको दुवै टोलीले एक/एक खेल जितेर शीर्ष ६ मा स्थान बनाइसकेका छन्। नेपाल...

मनसुनी र स्थानीय वायुको प्रभाव कमजोर हुँदै, आज कहाँ-कहाँ पर्छ पानी?

१ घण्टा अघि   सेतोपाटी

जल तथा मौसम विज्ञान विभागले शुक्रबार लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पश्चिमी भागका धेरै र गण्डकी प्रदेशका पश्चिमी भेगका केही स्थानमा पश्चिमी वायुको प्रभाव रहेको तथा बाँकी भूभागमा मनसुनी एवं स्थानीय वायुको प्रभाव कमजोर रहेको जनाएको छ। आज दिउँसो कोशी...

रातभरि चलाइयो डोजर, बिपी राजमार्ग खुल्ने भयो आजै

१ घण्टा अघि   सेतोपाटी

गत असोज १७ देखि १९ गतेसम्मको भेलबाढीले पुनः अवरूद्ध बनेको बिपी राजमार्ग शुक्रबार दिउँसोसम्ममा सञ्चालनमा आउने भएको छ। दुईदिने झरी पछि रोशी खोलामा आएको लेदोसहितको बाढीले बिपी राजमार्गको ५३०० मिटर डाइभर्सनमध्ये ३४१० मिटर बगाएको थियो। उक्त खण्डको डाइभर्सन बनाउन बिहीबार...

विपिन जोशीको स्थिति अज्ञात, यी हुन् जीवित र मृत्यु भएको आकलन गरिएका बन्धकहरू

१ घण्टा अघि   सेतोपाटी

इसराइल र हमासबीच युद्धविराम घोषणा भइसकेको छ। इजिप्टमा भएको अप्रत्यक्ष वार्तापछि बिहीबार इसराइल र हमासबीच झन्डै २ वर्षदेखि जारी युद्ध अन्त्य गर्ने सहमति भएको हो।  युद्धविराम सहमतिसँगै अर्को साताबाट गजामा हमासको कब्जामा रहेका बन्धकहरूलाई छाडिने भनेर विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका...

इजरायली मन्त्रीपरिषदद्वारा गाजामा युद्धविराम र बन्धक मुक्त गर्ने योजना स्वीकृत

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : इजरायल सरकारले हमाससँग युद्धविराम गर्ने र बन्धकहरू मुक्त गर्ने योजना स्वीकृत गरेको छ।  हिजो बसेको इजरायली मन्त्रीपरिषद्को बैठकले गाजा युद्धविराम र बन्धकहरु छाड्ने योजना स्वीकृत गरेको इजरायली प्रधानमन्त्री बेन्ज्यामिन नेतन्याहूको कार्यालयलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ। हिजो नै...

घट्यो अमेरिकी डलरको मूल्य

२ घण्टा अघि   सेतोपाटी

नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलरको मूल्य केही घटेको छ।। आज अमेरिकी एकको खरिददर १४१ रुपैयाँ ७६ पैसा र बिक्रीदर १४२ रुपैयाँ ३६ पैसा निर्धारण गरिएको छ। बिहीबार अमेरिकी डलर...

भियतनामसँग नेपाल पराजित

२ घण्टा अघि   थाहाखबर

काठमाडौं : एफसी एसियन कप छनोटको तेस्रो चरणको खेलमा बिहीबार दस खेलाडीमा सीमित नेपाललाई घरेलु टिम भियतनामले ३–१ गोलले पराजित गरेको छ।  हो चिमिन सहरको गो डाउ रङ्गशालामा मध्यान्तरसम्म नेपाल र भियतनाम १–१ ले बराबरीको स्थितिमा थियो तर पूर्वार्धको इन्जुरी समयमा...

नेकपा एमालेको सचिवालय बैठक आज

२ घण्टा अघि   थाहाखबर

काठमाडौं : नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ।  यसअघि आइतबारका लागि तय गरिएको पार्टीको ५८औँ सचिवालय बैठक अविरल वर्षासँगै बाढी पहिरो र डुबान भएकाले बैठक आजका लागि सारिएको थियो। एमाले केन्द्रीय कार्यालयका सचिव भीष्म अधिकारीका अनुसार सचिवालय बैठकले पार्टीको आगामी रणनीति...

लुङटुङ डाँडा अनि बन्यो पुनहिल

२ घण्टा अघि   सेतोपाटी

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा अवस्थित पुनहिल चार दशकअघिसम्म ‘लुङटुङ’ डाँडामा सीमित थियो। कुनैबेला खिवाङगाउँका किसानको चरन क्षेत्र उक्त लुङटुङ डाँडा अहिले पुनहिलको नामले विश्व पर्यटन बजारमा चिनिएको छ। समुद्री सतहबाट तीन हजार २१० मिटरको उचाइमा रहेको पुनहिल प्रकृतिप्रेमी पर्यटकको आकर्षणको...

टी-२० विश्वकप छनोट : नेपाल र जापानको खेल आज

२ घण्टा अघि   थाहाखबर

काठमाडौं :आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटमा नेपाल र जापानबीचको खेल आज हुँदैछ।  नेपाल र जापान एक खेलअगावै  सुपर सिक्समा प्रवेश गरेका छन्। बिहीबार सम्पन्न समूह बीको खेलमा जापानले कुवेतलाई ५ बिकेटले स्तब्ध पारेपछि जापान र नेपाल...

फर्किए ३८० कैदीबन्दी

२ घण्टा अघि   सेतोपाटी

कैलाली कारागारबाट फरार भएका ३८० कैदीबन्दी फर्किएका छन्। जेनजीको प्रदर्शनका क्रममा ६६७ कैदीबन्दी कारागारबाट फरार भएकोमा २८७ कैदीबन्दी अझैसम्म नफर्किएको कारागार कार्यालयले जनाएको छ। कार्यालयको तथ्यांकका अनुसार फर्किनेमा ३६ महिलासहितका कैदीबन्दी छन्। २१ भारतीय कैदीबन्दी फरार भएकोमा दुई जना कैदीबन्दी...

नेपाली सिनेमाका नयाँ एक्सन हिरो!

२ घण्टा अघि   सेतोपाटी

'फिल्ममा डेब्यु गर्दै विराज भट्टका छोरा समीर!' जब यो खबर सार्वजनिक भयो, विशेषगरी विराज भट्टका फिल्म हेरेर हुर्किएको पुस्ताका लागि एउटा 'सरप्राइज' नै बनिदियो। किनभने, त्यसअघि विराजका छोरा छन्, उनी कलाकारितामा आउँदैछन् भन्ने कुरा फिल्मवृत्तमा समेत धेरैलाई जानकारी थिएन। अहिलेको डिजिटल युगमा पनि विराज समीरलाई...

जेन–जी आन्दोलन एक महिना पुगेकोमा प्रधानमन्त्री कार्कीको भिडिओ सन्देश, के भनिन् उनले?

९ घण्टा अघि   सेतोपाटी

प्रधानमन्त्री सुशीला कार्कीले जेन–जी युवाहरूले चाहेको परिवर्तनलाई लिएर राजनीतिक दलहरूले आफूलाई सुधार गर्न जरूरी भएको बताएकी छन्। जेन–जी आन्दोलन एक महिना पुगेको अवसरमा बिहीबार राति भिडिओ सन्देश जारी गर्दै प्रधानमन्त्री कार्कीले उक्त कुरा बताएकी हुन्। युवाहरूले चाहेको परिवर्तन आगामी निर्वाचनपछि पनि निरन्तर...

आयोगले राष्ट्रपति पौडेललाई निर्वाचनको तयारीबारे जानकारी गरायो

१० घण्टा अघि   थाहाखबर

काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष निर्वाचन आयोगले आगामी फागुन २१ गने हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारीबारे जानकरी गराएको छ।  कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसहितको प्रतिनिधिमण्डलले आज राष्ट्रपति पौडेलसँग भेट गरी निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहित र शान्तिपूर्ण बनाउन गर्नुपर्ने...

३८० कैदी फर्किए

१० घण्टा अघि   थाहाखबर

धनगढी : कैलाली कारागारबाट फरार भएका ३८० कैदी फर्किएका छन्।जेनजीको प्रदर्शनका क्रममा ६६७ कैदी कारागारबाट फरार भएकोमा २८७ कैदी अझैसम्म नफर्किएको कारागार कार्यालयले जनाएको छ।कार्यालयको तथ्यांकका अनुसार फर्किनेमा ३६ महिलासहितका कैदी छन्। २१ भारतीय कैदीबन्दी फरार भएकोमा दुईजना कैदी फर्किएका छन्। धेरैजसो...

‘नेपाली पुगेका स्थानमा नेपाली भाषा साहित्यको विकास गर्न आग्रह’

१० घण्टा अघि   थाहाखबर

काठमाडौँ : नेपाली पुगेका ठाउँमा नेपाल हुने भएकाले ती ठाउँमा नेपाली भाषा साहित्यको विकास गरिनुपर्नेमा जोड दिइएको छ। गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को २२औँ स्थापना दिवसका अवसरमा नेपाल प्रज्ञा–प्रतिष्ठान र एनआरएनएको भाषा साहित्य समितिले संयुक्त रूपमा आयोजना गरेको साहित्यिक संगोष्ठी...

डा. निकोलस भुसाल गाँजा खाएर प्रदर्शनमा, सुधार केन्द्र पठाइयो

१० घण्टा अघि   थाहाखबर

काठमाडौँ : माइतीघरमा आज भएको प्रदर्शनमा पक्राउ परेका डा. निकोलश भुसालको स्वास्थ्य जाँच गर्दा लागुऔषध गाँजा खाएको पुष्टि भएको छ।  गाँजा खाएको पाइएपछि उनलाई सुधार गृहमा राख्ने सर्तमा पठाइएको काठमाडौँ प्रहरीले जनाएको छ।   काठमाडौँ प्रहरीका एसपी पवन भट्टराईले उनलाई...

फिर्ता गरिए ओली र प्रचण्डका सुरक्षाकर्मीहरू

११ घण्टा अघि   सेतोपाटी

सरकारले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र ‍पुष्पकमल दाहाल 'प्रचण्ड' को सुरक्षामा खटिएका सुरक्षाकर्मीहरू फिर्ता गराएको छ। बिहीबार भएको निर्णय अनुसार दुई जना पूर्वप्रधानमन्त्रीको सुरक्षार्थ खटिएका सुरक्षाकर्मीहरू फिर्ता गरिने भएको हो। गृह मन्त्रालयको उच्च स्रोतका अनुसार माओवादी केन्द्र अध्यक्ष प्रचण्डका ३४ जना सुरक्षाकर्मीहरू फिर्ता गराइएको छ। त्यस्तै एमाले...