ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

झुमा लिम्बु, सुनिता थेगिम र प्रशान्त सिवाकोटीको स्वरमा 'नौलाख तारा' सार्वजनिक (भिडिओ)

३ मिनेट अघि   सेतोपाटी

फिल्म 'सोल्टिनी' मा समावेश गीत 'नौलाख तारा' सार्वजनिक गरिएको छ। लिरिकल शैलीमा तयार गीतमा शब्द, संगीत र स्वरको माधुर्यसँगै फिल्मको भावनात्मक कथावस्तु झल्किन्छ। गीतमा झुमा लिम्बु, सुनिता थेगिम र प्रशान्त सिवाकोटीको स्वर छ। यसको शब्द र संगीत निर्देशन पनि प्रशान्त सिवाकोटीकै हो।...

देउवा अब सभापति बन्नुहुन्न, उहाँले नै यो कुरा भनिसक्नुभएको छ: प्रवक्ता महत

८ मिनेट अघि   सेतोपाटी

नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले शेरबहादुर देउवा अब पार्टी सभापति नबन्ने बताएका छन्। यो कुरा सभापति देउवाले पहिलेदेखि नै भन्दै आइरहेको पनि महतले बताए। सभापति देउवा १३ औं र १४ औं महाधिवेशनमा सभापति जितेका थिए। कांग्रेस विधानअनुसार दुई पटक सभापति...

दैनिक झन्डै पाँच हजार जनाले दर्ता गरिरहेका छन् मतदाता नामावलीमा नाम दर्ता

११ मिनेट अघि   सेतोपाटी

निर्वाचन आयोगले पछिल्लो केही दिनयता दैनिक ५ हजार हाराहारीले मतदाता नामावलीमा नाम दर्ता गरिरहेको जनाएको छ।  आयोगले फागुन २१ गते हुने निर्वाचनका लागि कात्तिक ३० गतेसम्म मतदाता नामावली संकलनको काम गरिरहेको छ। निर्वाचनको मिति घोषणा भएपछि मतदाता नामावलीमा नाम संकलन...

रुसको ठूलो आक्रमणपछि किएभ अन्धकारमा, पानी र बिजुली आपूर्ति बन्द

१५ मिनेट अघि   थाहाखबर

युक्रेनको राजधानीमा शुक्रवार बिहान रुसको तीव्र हवाई आक्रमणपछि किएभ अन्धकारमा डुबेको छ।  उक्त आक्रमणका कारण सहरको पानी र ऊर्जाको आपूर्ति पूर्णरूपमा अवरुद्ध भएको युक्रेनी वायु सेनाले जनाएको छ। सेनाले यस आक्रमणलाई ‘ठूलो हमला’ भन्दै सर्वसाधारणलाई सुरक्षित स्थानमा रहन आग्रह गरेको...

प्रधानमन्त्री ओली र मैले जेनजी आन्दोलनमा गोली हान्ने आदेश दिएका थिएनौँ : लेखक

२२ मिनेट अघि   थाहाखबर

काठमाडौँ : तत्कालीन गृहमन्त्री रमेश लेखकले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा सरकारले गोली हान्ने आदेश नदिएको दावी गरेका छन्। आज कांग्रेस पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकारसँगको कुराकानीमा उनले यस्तो बताएका हुन्। प्रधानमन्त्री र गृहमन्त्रीले गोली हान्ने  आदेश गरेको...

जेनजी आन्दोलनका सहिद परिवारका लागि गोल्यान ग्रुपद्वारा सहयोग कार्यक्रम घोषणा

२४ मिनेट अघि   सेतोपाटी

गोल्यान ग्रुपले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका सहिद परिवारका लागि सहयोग कार्यक्रम घोषणा गरेको छ। ग्रुपले सहिद परिवारप्रति सहानुभूति व्यक्त गर्दै शिक्षा र स्वास्थ्य क्षेत्रमा दीर्घकालीन सहयोगका प्रतिवद्धता जनाएको हो। ग्रुपले उनीहरूको साहसको सम्मानस्वरूप सहिद परिवारका सदस्यहरूका लागि विशेष सहयोग...

सुपर-६ मा अंक जोडिने खेलमा जापानविरूद्ध नेपालले जित्यो टस, यस्तो छ प्लेइङ-११

२४ मिनेट अघि   सेतोपाटी

आइसिसी मेन्स टी-२० विश्वकप एसिया एन्ड इएपी छनोटमा नेपालले जापानविरूद्ध शुक्रबार हुने खेलमा टस जितेको छ। ओमान क्रिकेट एकेडेमीमा सवा चार बजे हुने खेलमा नेपालले टस जितेर फिल्डिङ रोजेको हो। दुवै टोली यसअघि नै सुपर-६ मा पुगिसकेका छन्। त्यसैले नेपाल...

यो सरकार केपी कै सिफारिसमा बनेको हो, हामी त साक्षी मात्रै हौं: प्रचण्ड

३० मिनेट अघि   सेतोपाटी

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले वर्तमान अन्तरिम सरकार एमाले अध्यक्ष केपी शर्मा ओलीकै सिफारिसमा बनेको बताएका हुन्। शुक्रबार प्रेस सेन्टरले काठमाडौंमा गरेको सम्पादकहरूसँगको संवादमा अध्यक्ष प्रचण्डले अहिलेको अन्तरिम सरकार ओलीकै सिफारिसमा बनेको  दाबी गरेका हुन्। 'यो सरकार केपी...

एसियाली विकास बैंकबाट १०० मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण लिँदै सरकार

३३ मिनेट अघि   थाहाखबर

काठमाडौं :  सरकारले वैकल्पिक विकास वित्त परिचालनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सङ्घीय संसदसमक्ष पेश गर्न स्वीकृति दिएको छ। असोज २३ गते बसेको मन्त्रीपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो। बैठकका निर्णय सुनाउँदै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले...

पशुहाटको नालीभित्र पुरुषको शव भेटियो

३६ मिनेट अघि   थाहाखबर

झापा : झापाको दमक नगरपालिका–७ पशुहाटस्थित नालीभित्र एक पुरुषको शव फेला परेको छ।  कर्कटपाताको छानो भएको पशु राख्ने टहरामा गाईवस्तुले पानी खाने नालीभित्र स्थानीयले आज शव देखेपछि इलाका प्रहरी कार्यालय दमकलाई खबर गरेका थिए। जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजन...

'कान्तारा च्याप्टर १' ले पहिलो सातामै कमायो ५ सय करोड भारू

४५ मिनेट अघि   सेतोपाटी

ऋषभ शेट्टी अभिनीत तथा निर्देशित फिल्म 'कान्तारा च्याप्टर १' ले बक्स अफिसमा ५०० करोड भारूभन्दा बढी कमाइ गरेको छ। फिल्मले रिलिजको एक सातामा विश्वव्यापी रूपमा ५०९.२५ करोड भारू कमाइ गरेको हो। शुक्रबार यसका निर्माताहरूले सामाजिक सञ्जालमा पोस्ट गर्दै कमाइबारे जानकारी दिएका...

भेनेजुएलाकी विपक्षी नेता मचाडोले जितिन् ट्रम्पले दाबी गरेको नोबेल शान्ति पुरस्कार

४८ मिनेट अघि   सेतोपाटी

भेनेजुएलाकी विपक्षी नेता मारिया कोरिना मचाडोले यस वर्षको नोबेल शान्ति पुरस्कार जितेकी छन्। भर्खरै इसराइल र हमासको युद्ध विराम गराउन सफल भएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लामो समयसम्म अभियान चलाए पनि मचाडोले सो पुरस्कार पाएकी हुन्। ५८ वर्षीय मचाडो भेनेजुएलाकी प्रमुख...

सशस्त्रका इन्स्पेक्टर ढकालसहित दुई जनाविरूद्ध भ्रष्टाचार मुद्दा

५० मिनेट अघि   सेतोपाटी

रूपन्देहीका कार्यालय प्रमुखको सशस्त्र प्रहरी निरीक्षक हरिचन्द्र ढकालसहित दुई जनाविरूद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले ढकालसहित दुई जनाविरूद्ध शुक्रबार विशेष अदालतमा मुद्दा दर्ता गरेको हो। ढकाललाई कोटहीमाई गाउँपालिका-५ स्थित सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट...

भदौ २३ को प्रदर्शनमा गृहमन्त्रीको हैसियतले बल प्रयोग गर्न आदेश दिएको थिइनँ: रमेश लेखक

५० मिनेट अघि   सेतोपाटी

तत्कालीन गृहमन्त्री रमेश लेखकले भदौ २३ गतेको प्रदर्शनमा गृहमन्त्रीको हैसियतले बल प्रयोग गर्न आदेश नदिएको बताएका छन्। भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरूद्ध जेनजी पुस्ताले भदौ २३ गते प्रदर्शन गरेका थिए। काठमाडौंमा मात्र १७ जनाको मृत्यु भएको थियो। तत्कालीन गृहमन्त्री लेखकले...

ओली र लेखकलाई पक्राउ गर्न दबाब दिए राजीनामा दिन्छु भन्ने भ्रामक : प्रहरी महानिरीक्षक

५७ मिनेट अघि   थाहाखबर

काठमाडौं : नेपाल प्रहरी प्रधान कार्यालय,प्रहरी महानिरीक्षकको सचिवालयले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्न दबाब सृजना गरिए वा बाध्य बनाइए राजीनामा दिन्छु भन्ने समाचार भ्रामक रहेको जनाएको छ। प्रहरी महानिरीक्षकको सचिवालयले आज(शुक्रबार) विज्ञप्ति जारी गर्दै...

ओली र लेखकलाई पक्राउ गर्न दबाब दिए राजीनामा दिन्छु भनेको छैन: आइजिपीको सचिवालय

१ घण्टा अघि   सेतोपाटी

प्रहरी महानिरीक्षक (आइजिपी) चन्द्रकुबेर खापुङले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्न दबाब दिए राजीनामा दिन्छु नभनेको बताएका छन्। शुक्रबार एक विज्ञप्ति जारी गर्दै केन्द्रीय प्रहरी प्रवक्ता एवं डिआइजी विनोद घिमिरेले आइजिपी खापुङले त्यस्तो अभिव्यक्ति नदिएको प्रष्टीकरण...

जेनजी आन्दोलनको विध्वंश: एक महिनामा यस्ता देखिए जलाइएका भवन, तस्वीरहरू

१ घण्टा अघि   थाहाखबर

काठमाडौं :  जेनजी आन्दोलनका नाममा गत भदौ २४ गते संसद् भवन, सिंहदरबार, राष्ट्रपति निवास, सर्वोच्च अदालत, सरकारी कार्यालयहरू, भाटभटेनीका थुप्रै स्टोर र अन्य निजी सम्पत्तिमा आगजनी भएको थियो। त्यसको एक महिनापछि यी सबै भवनहरू खण्डहर देखिएका छन्।  कुनै भवन सरसफाइ र...

टी-२० विश्वकप छनोट : युएई र कतार सुपर-६ मा, मलेसिया बाहिरियो

१ घण्टा अघि   सेतोपाटी

ओमानमा जारी आइसिसी टी-२० विश्वकप एसिया एन्ड इएपी छनोटमा युएई र कतारले सुपर-६ मा स्थान पक्का गरेका छन्।  समूह-१ को खेलमा युएईले लगातार दोस्रो जित निकाल्दै सुपर-६ मा स्थान पक्का गरेको हो। युएई शुक्रबार मलेसियामाथि ६ विकेटको जित निकाल्यो।  मलेसिया...

फिल्म 'जेरी अन टप' को ट्रेलर सार्वजनिक

१ घण्टा अघि   सेतोपाटी

अनमोल केसीको मुख्य अभिनय रहेको फिल्म 'जेरी अन टप' को ट्रेलर सार्वजनिक भएको छ। असोज ३१ देखि प्रदर्शनमा आउने तयारीमा रहेको यस फिल्मको शुक्रबार आयोजित एक कार्यक्रमकाबीच ३ मिनेट ३९ सेकेन्ड अवधिको ट्रेलर सार्वजनिक गरिएको हो। सार्वजनिक ट्रेलरले फिल्मको कथावस्तु र...

देशका लागि सोच्नुपर्ने वेला भयो : प्रचण्ड

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले देशका लागि सोच्नुपर्ने वेला भएको दावी गरेका छन्। शुक्रवार ललितपुरस्थित एक होटलमा सम्पादकहरूसँगको कुराकानीमा उनले यस्तो दावी गरेका हुन्। उनले राष्ट्रिय स्वाधीनतामा यति ठूलो विदेशी हस्तक्षेप अहिलेसम्म नभएको बताए। अहिले...

जिप दुर्घटना ११ जना घाइते

१ घण्टा अघि   सेतोपाटी

हुम्लाको चंखेली गाउँपालिकाको पिप्लाङ नजिकै बोलेरो जिप दुर्घटना हुँदा ११ जना घाइते भएका छन्। आज सोही गाउँपालिकाको मेल्छामबाट पिप्लाङ आउँदै गरेको कर्णाली प्रदेश ०२००१ च १०९१ नम्बरको  जिप बेसी खोलाको गोरुठेक्ना भन्ने ठाउँमा दुर्घटना हुँदा जीपमा सवार १२ जनामध्ये ११...

विदेशमा रहेका मतदातालाई मत दिने व्यवस्था गर्न जेनजी अभियन्ताको माग

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : विदेशमा रहेका मतदाताहरूलाई पनि आगामी फागुन २१ गते हुने निर्वाचनमा सहभागी गराउनुपर्ने लगायतका मुख्य माग राखि जेनजी अभियन्ताले निर्वाचन आयोगमा ज्ञापनपत्र बुझाएको छ। शुक्रवार काठमाडौँको कान्तिपथस्थित निर्वाचन आयोगको मुख्यालयमा पुगेर उनीहरूले विदेशमा रहेका मतदातालाई पनि निर्वाचनमा भाग लिन...

नालीभित्र भेटियो पुरूषको शव

१ घण्टा अघि   सेतोपाटी

झापाको दमक नगरपालिका–७ पशुहाटस्थित नालीभित्र एक पुरुषको शव फेला परेको छ। कर्कट पाताको छानो भएको पशु राख्ने टहरामा गाईवस्तुले पानी खाने नालीभित्र स्थानीयले आज शव देखेपछि इलाका प्रहरी कार्यालय दमकलाई खबर गरेका थिए। जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजन लिम्बूका...

र्‍याली, धर्ना र प्रदर्शनलाई अनुमति नदिने सिडिओ कार्यालय काठमाडौंको निर्णय

१ घण्टा अघि   सेतोपाटी

जिल्ला प्रशासन कार्यालय काठमाडौंले र्‍याली, धर्ना, प्रदर्शनका लागि अनुमति नदिने निर्णय गरेको छ। एमालेनिकट राष्ट्रिय युवा संघले शनिबार मोटरसाइकल र्‍याली गर्न लागेको छ। एमालेले शनिबार काठमाडौंको तीनकुनेबाट शक्ति प्रदर्शनसहित मोटरसाइकल र्‍याली आयोजना गर्न लागेको थियो।  शान्ति सुरक्षामा चुनौती थपिन सक्ने...