जेनजी प्रदर्शनमा मारिएकाहरूको शवयात्रा आजै
जेनजीको प्रदर्शनको क्रममा मारिएकाहरूको शवयात्रा हुने भएको छ। 'हामी नेपाल' नामक संस्थाको संयोजनमा सोमबार अपराह्न ४ बजेतिर टिचिङ अस्पतालबाट शव यात्रा गर्ने भएको हो। क्यान्डल लाइट मार्चको रूपमा टिचिङ अस्पतालबाट चक्रपथ, सुकेधारा, चाबहिल, एयरपोर्ट, बानेश्वर, तीनकुने हुँदै पशुपतिसम्म पुर्याउने तयारी छ।...