भूकम्पमा उद्धारको लागि आएको अमेरिकी हेलिकप्टरमा ज्यान गुमाएका सैनिकप्रति छाउनीमा श्रद्धाञ्जली
२०७२ सालको भूकम्पमा उद्धारका लागि आएको अमेरिकी हेलिकप्टरमा ज्यान गुमाएका सैनिकप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ। सोमबार छाउनीस्थित वीर स्मारकमा अमेरिकी राजदूत डिन.आर थम्पसन र नेपाली सेनाका उपरथी किरण केसीले उक्त दुर्घटनामा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गरेका हुन्। २०७२ साल वैशाख १२ गते...