ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

पानी आपूर्ति प्रणाली रोकिँदा तिर्खाले मर्दै गाजावासी

५ मिनेट अघि   थाहाखबर

प्यालेस्टिनी पानी प्राधिकरणले इजरायलसँगको जारी द्वन्द्वको बीचमा पानी र सरसफाई सेवाहरू लगभग पूर्ण रूपमा ध्वस्त भएका कारण गाजापट्टी पानीको संकटले समस्यामा परेको बताएको छ। एक विज्ञप्तिमा प्राधिकरणले इजरायली सैन्य कारबाही, व्यापक पूर्वाधार क्षति, बिजुली कटौती र इन्धन र आवश्यक आपूर्तिहरूमा...

'छोराहरू अब दुःख नगर्नुस्, हामी पैसा पठाइदिन्छौं भन्छन्'

६ मिनेट अघि   सेतोपाटी

(लोकतन्त्रमा सबभन्दा निर्णायक आममान्छे हुन्। उनीहरूको राजनीतिक हक-अधिकार मात्र होइन, लोकतन्त्रले उनीहरूको व्यक्तिगत जिन्दगी र दुःखसुख पनि छुनुपर्छ। ती आममान्छेले राजनीति, दल र नेताबारे के सोच्छन् भन्ने पनि लोकतन्त्रमा उत्तिकै महत्त्वपूर्ण कुरा हो। 'हामी आममान्छे' शृंखलामा सेतोपाटीले देशका विभिन्न ठाउँ...

शक्तिशाली सरकारलाई फेसबुक, एक्सले टेरेनन्ः चार वटा मात्रै सूचीकृत

८ मिनेट अघि   थाहाखबर

काठमाडौं : मुलुककै ठूलो दल नेपाली काँग्रेस– नेकपा एमाले नेतृत्वको सरकारले नियमन गर्न भन्दै पटक पटक सामाजिक सञ्जालहरूलाई सूचीकरण हुन पटकपटक पत्राचार गरे पनि उनीहरूले अटेर गरेका छन्।  सञ्चार तथा सूचना प्रविधि मन्त्रालयकाअनुसार अहिलेसम्म चार वटामात्रै सामाजिक सञ्जाल सूचीकृत भएका छन्।...

तनहुँ पुगे राष्ट्रपति पौडेल

१६ मिनेट अघि   थाहाखबर

तनहुँ : राष्ट्रपति रामचन्द्र पौडेल गृहजिल्ला तनहुँ पुगेका छन्। व्यास नगरपालिका- ८ स्थित बाहुनपोखरामा आयोजित कार्यक्रममा सहभागी हुन यहाँ आइपुगेको प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले जानकारी दिए। तनहुँ जानुअघि उनले बौद्धनाथस्थित गुरु ल्हाखाङ गुम्बा पुगी भगवान् गौतमबुद्धको पूजाआराधना गरेका थिए।

एकैदिन तोलामा ३७ सय रूपैयाँ घट्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच?

१६ मिनेट अघि   सेतोपाटी

नेपाली बजारमा आज (सोमबार) सुन–चाँदीको भाउ घटेको छ। आइतबार प्रतितोला तीन सय रूपैयाँ घटेको सुनको भाउ यसदिन प्रतितोला तीन हजार सात सय रूपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ८६ हजार आठ सय...

त्रिचन्द्र क्याम्पसमा परामर्श मेला

१७ मिनेट अघि   सेतोपाटी

काठमाडौंको त्रिचन्द्र बहुमुखी क्याम्पसमा परामर्श मेला गरेका छन्। परामर्श मनोविज्ञान (पिजीडीसीपी) अध्ययनरत विद्यार्थीहरूले परामर्श मेला गरेका हुन्। मेलाको उद्घाटन क्याम्पस प्रमुख निलम श्रेष्ठले गरेकी थिइन्। विद्यार्थीहरूले मेला सफल बनाउन भूमिका खेलेकोमा सहायक क्याम्पस प्रमुख दयानिधि छतकुली, बालकृष्ण पौडेल तथा मनोविज्ञानकी प्राध्यापक...

लुम्बिनी पुगे प्रधानमन्त्री ओली

२३ मिनेट अघि   थाहाखबर

लुम्बिनी : प्रधानमन्त्री केपी शर्मा ओली लुम्बिनी आइपुगेका छन्। २५६९औँ बुद्धजयन्तीको कार्यक्रममा सहभागी हुन उनी यहाँ आइपुगेका हुन्। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रधानमन्त्री ओलीलाई स्वागत गरे।  लुम्बिनी विकास कोषले बुद्धजयन्ती तथा लुम्बिनी दिवसका अवसरमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओली, लुम्बिनी विकास कोषका...

बुद्ध जयन्ती यस्तो देखियो बौद्ध, तस्वीरहरू

२७ मिनेट अघि   थाहाखबर

काठमाडौं : शान्तिका अग्रदूतका रूपमा विश्वमा परिचित सिद्धार्थ गौतमको २५६९औँ जयन्ती आज मनाइँदैछ।  प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्धजयन्ती मनाइन्छ। सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पुर्‍याएको योगदानको स्मरणस्वरूप यो पर्व मनाउने गरिएको हो। आजको दिन काठमाडौंको बौद्ध स्तुपामा...

सम्पदाको शहर भक्तपुर- तस्विर

३८ मिनेट अघि   थाहाखबर

काठमाडौं : मूर्त र अमूर्त दुवै सम्पदाले धनी शहर हो भक्तपुर। ढुंगा, धातु र काठमा कुँदिएका कलाले मात्र नभई अनेकौँ साँस्कृतिक परम्पराले यो शहरलाई जीवन्त बनाइराखेको छ। विशेषगरी मल्लकालमा बनेका सम्पदाले भक्तपुरलाई जीवन्त बनाएको छ। यसैगरी नेवारी जीवनशैली र परम्पराले यो...

बौद्धमा बौद्धमार्गीहरूको भिड (तस्बिरहरू)

४८ मिनेट अघि   सेतोपाटी

२५६९औं बुद्ध जयन्तीका अवसरमा बौद्धनाथस्थित गुरु ल्हाखाङ गुम्बामा भगवान् गौतमबुद्धको अमूल्य अस्तुधातु दर्शन गर्न भक्तजनको बिहानैदेखि भीड लागेको छ। बुद्धजयन्तीका अवसरमा आज बौद्धनाथमा बुद्धको अमूल्य अस्तधातुसहित काश्यप बुद्ध र स्वयम्भू महाचैत्यको दुर्लभ अस्तु दर्शन गराएको छ। श्री बौद्धनाथ तथा मेलम्ची घ्याङ...

राष्ट्रपतिद्वारा बौद्धस्थित ल्हाखाङ गुम्बामा पूजाआराधना

५८ मिनेट अघि   थाहाखबर

काठमाडौं :  राष्ट्रपति रामचन्द्र पौडेलले बौद्धनाथस्थित गुरु ल्हाखाङ गुम्बामा भगवान् गौतमबुद्धको पूजा, आराधना गरेका छन्। बुद्धजयन्तीका अवसरमा पूजा आराधनासहित अस्तुधातु दर्शनका लागि राष्ट्रपति पौडेल प्रथम महिला सविता पौडेलसहित बौद्ध पुगेका हुन्। यो अवसरमा राष्ट्रपति पौडेलले बौद्ध महाचैत्यको परिक्रमा गर्नुका साथै अमूल्य...

राष्ट्रपति पौडेलले गरे बौद्ध स्तुपाको दर्शन (तस्बिरहरू)

१ घण्टा अघि   सेतोपाटी

राष्ट्रपति रामचन्द्र पौडेल र प्रथम महिला सबिता पौडेलले २५६९ औं बुद्धजयन्तीका अवसरमा बौद्धनाथस्थित गुरु ल्हाखाङ गुम्बामा भगवान् गौतमबुद्धको पूजा, आराधना गरेका छन्। सो अवसरमा राष्ट्रपति पौडेलले बौद्ध महाचैत्यको परिक्रमा गर्नुका साथै अमूल्य अस्तुधातु दर्शन गरेका थिए। बुद्धजयन्तीका अवसरमा पूजा आराधनासहित...

भारत र पाकिस्तानबीच आज वार्ता हुँदै

१ घण्टा अघि   सेतोपाटी

युद्धविरामको दुई दिनपछि भारत-पाकिस्तानबीच वार्ता हुन लागेको छ। सोमबार दिउँसो भारत र पाकिस्तानका वरिष्ठ अधिकारीहरुबीच वार्ता हुन लागेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। हिन्दुस्तान टाइम्सका अनुसार भारतीको सैन्य अपरेशनका महानिर्देशक (डिजिएमओ) लेफ्टिनेन्ट जनरल राजीव घाइ र  पाकिस्तानको सन्य अपरेशनका महानिर्देशक मेजर...

आइडिया विद्यार्थीको, लगानी विश्वविद्यालयको

२ घण्टा अघि   सेतोपाटी

कृषि तथा वन विज्ञान विश्वविद्यालयमा स्नातक तहमा पशु विज्ञान पढ्ने सृष्टि भण्डारीको सपना व्यवसायी बन्ने छ। उनी आफूसँगै पढिरहेका केही साथीसँग मिलेर खेर गइरहेको अण्डाको खोस्टाबाट क्याल्सियम तयार गर्न चाहन्छिन्। जसले कुखुरा तथा पशुहरूलाई आवश्यक क्याल्सियम पूर्ति गर्न सकोस्। पशु विज्ञान...

बुद्धं शरणं गच्छामि... तस्विर

२ घण्टा अघि   थाहाखबर

काठमाडौं : वैशाख शुक्ल पूर्णिमा अर्थात् बुद्धजयन्ती। विश्वभरका बौद्ध धर्मावलम्बीले बुद्धप्रति श्रद्धा र भक्तिले यो पर्व मनाउँदैछन्। विशेषगरी काठमाडौं उपत्यकाका चैत्य-गुम्बामा श्रद्धालुको घुइँचो देख्न सकिन्छ। तस्विरमा हेर्नुहोस् स्वयम्भूनाथमा श्रद्धालु-  

अमेरिकाले शरणार्थी बनाएर लैजान थाल्यो दक्षिणी अफ्रिकी श्वेतहरूलाई

२ घण्टा अघि   सेतोपाटी

अमेरिकाले दक्षिण अफ्रिकी श्वेतहरूलाई शरणार्थी बनाएर आफ्नो देशमा ल्याउन थालेको छ।  दक्षिण अफ्रिकामा अश्वेतको शासनले श्वेतहरू अन्यायमा परेको र उनीहरूमाथि रंगभेद भएको बताउँदै राष्ट्रपति ट्रम्पले अमेरिका आउन चाहे उनीहरूलाई स्वागत गर्ने घोषणा गरेका थिए। त्यसअनुसार आइतबार ४९ जना दक्षिण अफ्रिकी श्वेतहरू...

गौतम बुद्धले शान्तिपूर्ण विचार–क्रान्तिको सूत्रपात गरेका थिए: प्रचण्ड

२ घण्टा अघि   सेतोपाटी

नेपाल कम्युनिष्ट पार्टी  (माओवादी केन्द्र) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विविधतायुक्त नेपाली समाजमा साँचो अर्थमा राष्ट्र निर्माण गर्दै राष्ट्रिय एकता हाँसिल गर्न सांस्कृतिक विविधतासहितको पहिचानको सम्मान र संरक्षण अनिवार्य रहेको बताएका छन्। गौतमबुद्धको जन्मजयन्तीको अवसरमा सोमबार शुभकामना, व्यक्त गर्दै...

पहलगाममा मारिएका सुदीपको परिवार भेट्न बुटवल पुगे राजदूत श्रीवास्तव

२ घण्टा अघि   थाहाखबर

काठमाडौं : नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले पहलगाममा भएको आतंकवादी हमलामा मारिएका नेपालका सुदीप न्यौपानेको परिवारलाई भेटेका छन्।  राजदूत श्रीवास्तवले आइतबार परिवारलाई भेटेर समवेदना व्यक्त गरेका हुन्। भेटमा उनले पीडित परिवारलाई आतंकवाद विरुद्धको लडाईंमा र पहलगाम आतंकवादी हमलाका दोषीहरूलाई न्यायको...

बनेपामा ऐतिहासिक चण्डेश्वरी जात्रा

२ घण्टा अघि   थाहाखबर

काठमाडौं : काभ्रेपलाञ्चोकको बनेपामा ऐतिहासिक चण्डेश्वरी जात्रा जारी छ। यो जात्रा वैशाख शुक्ल पूर्णिमादेखि तीन दिन मनाइन्छ। यो वर्ष तिथि आइतबार नै लागेका कारण हिजै  जात्रा शुरु भएको छ। जात्राको पहिलो दिन बिहानदेखि प्रत्येक घरघरबाट मन्दिरमा पूजाआराधाना गरी औपचारिक रूपमा जात्रा शुरु...

जनमत पार्टीको गैरआवासीय मधेसी संघ तीन महिनाभित्र पुनर्गठन हुने

३ घण्टा अघि   सेतोपाटी

जनमत पार्टीको शुभेच्छुक संस्था गैरआवासीय मधेसी संघ तीन महिनाभित्र पुनर्गठन हुने भएको छ। जनमत पार्टीका केन्द्रीय प्रवक्ता शरदसिंहले आइतकार विज्ञप्ति निकालेर तीन महिनाभित्र अन्तर्राष्ट्रिय समिति पुनर्गठन गर्ने बताएका हुन्। आइतबार बसेको सचिवालय बैठकले गैरआवासीय मधेसी संघ (एनआरएमए) पुनर्गठन गर्ने निर्णय...

‘मनमा शान्ति, व्यवहारमा करुणा र जीवनमा उज्यालो छाओस् : प्रधानमन्त्री

३ घण्टा अघि   थाहाखबर

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सबैको मनमा शान्ति, व्यवहारमा करुणा र जीवनमा उज्यालो छाओस् भनी कामना गरेका छन्। २५६९ औँ बुद्धजयन्तीको अवसरमा आज यहाँ शुभकामना सन्देश जारी गरी उनले बुद्धका मार्गदर्शनले सबैको दृष्टि सम्यक् बनोस्, विचार शुद्ध रहोस् र...

छत्तीसगढमा ट्रेलरसँग ट्रक ठोक्किँदा १० जनाको मृत्यु

३ घण्टा अघि   सेतोपाटी

भारतको छत्तीसगढमा यात्रु बोकेको ट्रक ट्रेलरसँग ठोक्किँदा कम्तिमा १० जनाको मृत्यु भएको छ। छत्तीसगढको सरगाउँनजिक रायपुर-बलोदाबजार सडकमा एउटा मेलामा सहभागी भएर फर्किएका यात्रु बोकेको ट्रक ट्रेलरसँग ठोक्किएको थियो। रायपुरका प्रहरी उपरीक्षक लाल उम्मद सिंहका अनुसार ट्रकमा चौथियामा छट्टीमा सहभागी भएर...

नेपाल बुद्धको जन्मभूमि हुनु हाम्रा लागि गौरव : राष्ट्रपति

३ घण्टा अघि   थाहाखबर

काठमाडौं : २९ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले गौतम बुद्धको जन्मभूमि नेपाल हुनु सबै नेपालीका लागि गौरवको विषय भएको बताएका छन्।  २५६९औँ बुद्धजयन्तीका अवसरमा शुभकामना सन्देश जारी गरी उनले शान्तिका दूत बुद्धका प्रेरणादायी उपदेश र मार्गदर्शनको परिपालन गर्न सके धार्मिक, सामाजिक तथा साँस्कृतिक...

लिभरपुल आर्सनलसँग बराबरीमा रोकियो, चेल्सी र म्यानचेष्टर युनाइटेड पराजित

३ घण्टा अघि   थाहाखबर

काठमाडौं : इङ्लिस प्रिमियर लिग  च्याम्पियन लिभरपुलले १० खेलाडीमा समेटिएको आर्सनलसँग २–२ गोलको बराबरी खेलेको छ। एनफिल्डमा गएराति भएको खेलमा लिभरपुलले २ मिनेटभित्र २ गोल गरेको थियो। तर, आर्सनल खेलमा फर्कियो। दुई साताअघि नै प्रिमियर लिग उपाधि सुरक्षित गरिसकेको लिभरपुलका लागि...