ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

बनेपामा ऐतिहासिक चण्डेश्वरी जात्रा

२ मिनेट अघि   थाहाखबर

काठमाडौं : काभ्रेपलाञ्चोकको बनेपामा ऐतिहासिक चण्डेश्वरी जात्रा जारी छ। यो जात्रा वैशाख शुक्ल पूर्णिमादेखि तीन दिन मनाइन्छ। यो वर्ष तिथि आइतबार नै लागेका कारण हिजै  जात्रा शुरु भएको छ। जात्राको पहिलो दिन बिहानदेखि प्रत्येक घरघरबाट मन्दिरमा पूजाआराधाना गरी औपचारिक रूपमा जात्रा शुरु...

जनमत पार्टीको गैरआवासीय मधेसी संघ तीन महिनाभित्र पुनर्गठन हुने

१९ मिनेट अघि   सेतोपाटी

जनमत पार्टीको शुभेच्छुक संस्था गैरआवासीय मधेसी संघ तीन महिनाभित्र पुनर्गठन हुने भएको छ। जनमत पार्टीका केन्द्रीय प्रवक्ता शरदसिंहले आइतकार विज्ञप्ति निकालेर तीन महिनाभित्र अन्तर्राष्ट्रिय समिति पुनर्गठन गर्ने बताएका हुन्। आइतबार बसेको सचिवालय बैठकले गैरआवासीय मधेसी संघ (एनआरएमए) पुनर्गठन गर्ने निर्णय...

‘मनमा शान्ति, व्यवहारमा करुणा र जीवनमा उज्यालो छाओस् : प्रधानमन्त्री

३० मिनेट अघि   थाहाखबर

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सबैको मनमा शान्ति, व्यवहारमा करुणा र जीवनमा उज्यालो छाओस् भनी कामना गरेका छन्। २५६९ औँ बुद्धजयन्तीको अवसरमा आज यहाँ शुभकामना सन्देश जारी गरी उनले बुद्धका मार्गदर्शनले सबैको दृष्टि सम्यक् बनोस्, विचार शुद्ध रहोस् र...

छत्तीसगढमा ट्रेलरसँग ट्रक ठोक्किँदा १० जनाको मृत्यु

३६ मिनेट अघि   सेतोपाटी

भारतको छत्तीसगढमा यात्रु बोकेको ट्रक ट्रेलरसँग ठोक्किँदा कम्तिमा १० जनाको मृत्यु भएको छ। छत्तीसगढको सरगाउँनजिक रायपुर-बलोदाबजार सडकमा एउटा मेलामा सहभागी भएर फर्किएका यात्रु बोकेको ट्रक ट्रेलरसँग ठोक्किएको थियो। रायपुरका प्रहरी उपरीक्षक लाल उम्मद सिंहका अनुसार ट्रकमा चौथियामा छट्टीमा सहभागी भएर...

नेपाल बुद्धको जन्मभूमि हुनु हाम्रा लागि गौरव : राष्ट्रपति

४० मिनेट अघि   थाहाखबर

काठमाडौं : २९ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले गौतम बुद्धको जन्मभूमि नेपाल हुनु सबै नेपालीका लागि गौरवको विषय भएको बताएका छन्।  २५६९औँ बुद्धजयन्तीका अवसरमा शुभकामना सन्देश जारी गरी उनले शान्तिका दूत बुद्धका प्रेरणादायी उपदेश र मार्गदर्शनको परिपालन गर्न सके धार्मिक, सामाजिक तथा साँस्कृतिक...

लिभरपुल आर्सनलसँग बराबरीमा रोकियो, चेल्सी र म्यानचेष्टर युनाइटेड पराजित

४४ मिनेट अघि   थाहाखबर

काठमाडौं : इङ्लिस प्रिमियर लिग  च्याम्पियन लिभरपुलले १० खेलाडीमा समेटिएको आर्सनलसँग २–२ गोलको बराबरी खेलेको छ। एनफिल्डमा गएराति भएको खेलमा लिभरपुलले २ मिनेटभित्र २ गोल गरेको थियो। तर, आर्सनल खेलमा फर्कियो। दुई साताअघि नै प्रिमियर लिग उपाधि सुरक्षित गरिसकेको लिभरपुलका लागि...

यही साता तीन खाडी मुलुकको भ्रमण गर्दै ट्रम्प

४८ मिनेट अघि   सेतोपाटी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यो साता तीन वटा खाडी मुलुकको भ्रमण गर्ने भएका छन्। उनले साउदी अरब, कतार र संयुक्त अरब इमिरेट्सको भ्रमण गर्न लागेका हुन्। मंगलबार साउदी अरबबाट भ्रमण सुरू हुने अमेरिकी मिडिया सिएनएनले जनाएको छ। साउदी अरबबाट कतार...

किरात सुमदायको उभौली पर्व आज

५१ मिनेट अघि   थाहाखबर

काठमाडौं : वैशाख शुक्ल पूर्णिमाका अवसरमा किरात राई समुदायले उभौली पर्व मनाउँदैछ। गर्मी बढेसँगै यो समुदायका मानिस बेसीबाट लेकतिर ‘उँभो लाग्ने’ भएकाले पनि यसको नाम उभौली रहेको बताइन्छ। भूमेस्थानमा पूजा आराधना गरी यो पर्व मनाइन्छ। बाली लगाउनुअघि गाउँगाउँमा रहेका राम्रोसँग काम...

नौ महिनामा भित्रियो ११ खर्ब ९१ अर्ब ३१ करोड रेमिट्यान्स

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : रेमिट्यान्स आप्रवाहमा वृद्धि भएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरण अनुसार चालु आर्थिक वर्षको नौ महिनामा ११ खर्ब ९१ अर्ब ३१ करोड रुपैयाँ रेमिट्यान्स आप्रवाह भएको छ ।  समीक्षा अवधिमा विप्रेषण आप्रवाह १० प्रतिशतले वृद्धि भएको हो ।...

अमेरिका र चीनबीच अर्को व्यापार परामर्श संयन्त्र बनाउने सहमति

१ घण्टा अघि   सेतोपाटी

अमेरिका र चीनबीच स्वीट्जरल्याण्डको जेनेभामा भएको व्यापार वार्तामा उल्लेखनीय प्रगती भएको बताइएको छ। जेनेभामा शनिबार र आइतबार दुई दिनसम्म अमेरिका र चीनबीच भएको वार्ताबाट सकारात्मक र ठोस प्रगती भएको दुवै देशका प्रतिनिधिहरूले बताएका छन्। यद्यपि दुवै पक्षले के-के सहमति भयो...

स्वयम्भूनाथमा दर्शनका लागि राखियो बुद्धको अस्तुधातु

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : बुद्धजयन्तीका अवसरमा स्वयम्भूनाथ क्षेत्रमा पनि आज बिहानैदेखि बौद्धमार्गी तथा सर्वसाधारणको घुइँचो लागेको छ । बुद्धजयन्तीका अवसरमा आज स्वयम्भू महाचैत्यस्थित बुद्ध मन्दिरमा विशेष पूजाअर्चना हुनेछ । स्वयम्भू क्षेत्रमा आज नेपाल सरकारका उच्च ओहोदाका विशिष्ट व्यक्ति, बौर्ध धर्मगुरु, भिक्षु, कूटनीतिक...

यस्तो रहनेछ आजको मौसम

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार अरब सागरबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव छ। पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली छ। कोशी प्रदेश, गण्डकी प्रदेश,...

पर्यटक लोभ्याउने मुस्ताङको ढुम्बाताल

२ घण्टा अघि   सेतोपाटी

नीलगिरि हिमालको फेदैमा घरपझोङ–५ सम्लेस्थित ढुम्बाताल आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षणको केन्द्र बनेको छ। समुन्द्री सतहदेखि दुई हजार ८३० मिटरको अग्लो उचाइमा अवस्थित ढुम्बाताल पछिल्लो समय पर्यटकीय गन्तव्यका रुपमा विकास हुन थालेको हो। जोमसोम—कोरला राष्ट्रिय राजमार्गदेखि तीन किलोमिटर दूरीमा...

मेयर कप : सेमिफाइनलमा कीर्तिपुर र काठमाडौं भिड्ने

२ घण्टा अघि   थाहाखबर

काठमाडौं : गोदावरी नगरपालिकाको आयोजनामा जारी उपत्यकाव्यापी अन्तरपालिका खुला गोदावरी मेयर कप फुटबलको सेमिफाइल समिकरण पूरा भएको छ। गोदावरी- १० टाहाखेलस्थित निर्माणाधीन गोदावरी बहुउद्देश्यीय रंगशालाको झ्यालुन्टार मैदानमा आइतबार सम्पन्न समूह चरणको अन्तिम खेलमा कीर्तिपुर नगरपालिकाले कोन्ज्योसोम गाउँपालिकालाई ३-० ले सजिलै...

एम्बाप्पेले ह्याट्रिक गोल गर्दा पनि बार्सासँग हार्‍यो रियल

२ घण्टा अघि   थाहाखबर

काठमाडौं ः बार्सिलोना स्पेनिस ला लिगाको उपाधि नजिक पुगेको छ।  गएराति राति भएको ऐतिहासिक एल क्लासिको मा ४–३ को रोमाञ्चक जित निकाल्दै बार्सिलोनाले दोस्रो स्थानमा रहेको रियल मड्रिडसँगको अंक दूरी सातमा पुर्‍याएको हो। शीर्ष स्थानको बार्सिलोनाले ३५ खेलबाट ८२ अंक छ। रियलको...

भारत र पाकिस्तानबीच आज वार्ता

२ घण्टा अघि   थाहाखबर

भारत र पाकिस्तानबीच सोमबार वार्ता हुँदैछ। दुई साताअघि जम्मु काश्मीरको पहलगाममा भएको आतंककारी आक्रमणपछि युद्धमा उत्रिएका भारत र पाकिस्तानले तनावकै बिच शनिबार युद्धविराम घोषणा गरेका थिए । भारतको विदेश मन्त्रालयकाअनुसार सोमबार मध्याह्न १२ बजे दुई देशका सैन्य उच्चाधिकारीसहित वार्ता तय भएको छ ।...

श्रीलंकालाई ५-० गोलले हराउँदै नेपाल सेमिफाइनलमा

२ घण्टा अघि   थाहाखबर

काठमाडौं :  श्रीलंकालाई  ५-० ले हराउँदै नेपाल एक खेलअगाबै साफ यु–१९ च्याम्पियनशिपको सेमिफाइनलमा प्रवेश गरेको छ। भारतको गोल्डेन जुब्ली रंगशालामा गएराति भएको खेलमा फराकिलो हार बेहोरेसँगै श्रीलंका भने प्रतियोगिताबाट बाहिरिएको छ। पहिलो हाफमा १-० ले मात्र अघि रहेको नेपालले दोस्रो हाफमा थप...

आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना

२ घण्टा अघि   सेतोपाटी

हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।  यसका साथै नेपालको मौसम प्रणालीमा अरब सागरबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको महाशाखाले बताएको छ। कोशी प्रदेशलगायत देशको पहाडी...

हिमाल आरोहणबाट ७७ करोड रोयल्टी संकलन

२ घण्टा अघि   थाहाखबर

काठमाडौं : यो वर्षको वसन्त ऋतुको हिमाल आरोहणबाट ७७ करोड रुपैयाँ भन्दा बढी रोयल्टी सङ्कलन भएको छ। पर्यटन विभागको पर्वतारोहण शाखाका अनुसार आइतबारसम्म ७७ लाख ३५ लाख ८७ हजार ९१५ रुपैयाँ रोयल्टी जम्मा भएको हो।  सगरमाथाबाट मात्रै ६७ करोड ६०...

बुद्धको ज्ञान, आदर्श र शान्तिको मार्ग विश्वभर अद्वितीय : सभापति देउवा

२ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले विश्व शान्तिका अग्रदूत गौतम बुद्धले कठोर साधनाद्वारा प्राप्त गरेको ज्ञान, आदर्श र शान्तिको मार्ग विश्वभर अद्वितीय रहेको बताएका छन्। बुद्धको २५६९ औं जन्मजयन्तीका अवसरमा सोमबार शुभकामना व्यक्त गर्दै उनले नेपाली भूमिमा जन्मिएका बुद्धका ज्ञान...

आज बुद्धजयन्ती

२ घण्टा अघि   थाहाखबर

काठमाडौं : वैशाख शुक्ल पूर्णिमा अर्थात् बुद्धजयन्ती पर्व। सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पुर्‍याएको योगदानको स्मरणस्वरूप मनाइँदैछ।  ‘अहिंसा नै शान्ति र मैत्रीको आधारशिला हो’ यस्ता अनेकौँ कालजयी सन्देशका वाहक भगवान् गौतमबुद्धको २५६९ औँ जयन्ती शान्तिको कामना गर्दै देशभर मनाउन...

बुद्ध जयन्ती आज, विविध कार्यक्रम गरी मनाइँदै

२ घण्टा अघि   सेतोपाटी

सोमबार २५६९ औं बुद्ध जयन्ती मनाइँदै छ। शान्तिका अग्रदूतका रूपमा विश्वमा परिचित सिद्धार्थ गौतमको जन्मजयन्तीको अवसरमा बुद्धको पूजा, आराधना एवं प्रवचन गरी मनाइँदै छ। प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्ध जयन्ती मनाइन्छ। सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पुर्‍याएको...

अमेरिकी डलरको भाउ स्थिर, अन्य विदेशी मुद्राको विनिमयदर कति?

२ घण्टा अघि   सेतोपाटी

नेपाल राष्ट्र बैंकले सोमबार लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर भाउ स्थिर भएको छ। अमेरिकी डलर एकको खरिददर १३६ रूपैयाँ ३० पैसा र बिक्रीदर १३६ रूपैयाँ ९० पैसा कायम भएको छ। युरोपियन युरो एकको...

हिमाल आरोहणबाट उठ्यो ७७ करोड रोयल्टी

२ घण्टा अघि   सेतोपाटी

यस वर्षको वसन्त ऋतुको हिमाल आरोहणबाट ७७ करोड रुपैयाँ भन्दा बढी रोयल्टी संकलन भएको छ। पर्यटन विभागको पर्वतारोहण शाखाका अनुसार आइतबारसम्म ७७ लाख ३५ लाख ८७ हजार ९१५ रुपैयाँ रोयल्टी जम्मा भएको हो।  सगरमाथाबाट मात्रै ६७ करोड ६० लाख ९...