ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

जयकुमारनाथ शाह मेमोरियल क्रिकेटको सेमिफाइनलमा भिड्ने टोलीको टुंगो

९ मिनेट अघि   सेतोपाटी

काठमाडौं जिल्ला क्रिकेट संघको आयोजनामा भइरहेको दोस्रो संस्करणको जयकुमारनाथ शाह मेमोरियल इन्टर-स्कूल क्रिकेट प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको छ। शनिबार चार वटा क्वार्टरफाइनलका खेल सकिएसँगै चार टोलीले अन्तिम चरमा स्थान पक्का गरेका हुन्।  सेमिफाइनलमा सैनिक आवासीय महाविद्यालय र डिएभी स्कुलको ए...

रातभरिको कुराकानीपछि भारत-पाकिस्तान युद्धविरामका लागि तयार भए: ट्रम्प

१७ मिनेट अघि   सेतोपाटी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तान 'युद्धविराम'का लागि तयार भएकामा बधाई दिएका छन्। आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेख्दै ट्रम्पले भारत र पाकिस्तान तत्काल युद्धविरामका लागि तयार भएको जानकारी गराउँदै त्यसलाई अमेरिकाले रातभरि गरेको प्रयासको परिणाम भनेका छन्। अमरिकाको...

शनिवार ५ बजेदेखि भारत-पाकिस्तान युद्धविराम लागू, सोमवार दुई देशका अधिकारीबीच थप छलफल

३२ मिनेट अघि   थाहाखबर

काठमाडौँ : भारतका विदेश सचिव विक्रम मिस्रीले पनि युद्धविरामको पुष्टि गर्दै अब स्थल र हवाई आक्रमण रोकिएको जानकारी दिएका छन्।  अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले भारत-पाकिस्तान युद्धविराम गर्न सहमत भएको घोषणा गरेलगत्तै भारतका विदेश सचिव मिस्रीले उक्त जानकारी दिएका हुन्।  उनले...

जेष्ठ नागरिलाई निःशुल्क स्वास्थ्य परीक्षण

३५ मिनेट अघि   सेतोपाटी

काठमाडौं महानगरपालिका वडा नं २६ मा जेष्ठ नागरिकको निःशुल्क स्वास्थ्य परीक्षण भएको छ। तारणी बहालमा भएको निःशुल्क स्वास्थ्य शिविरमा विशेष गरेर घुँडा, हड्डी, मधुमेह, युरिक एसिड, भिटामिन डी, क्याल्सियम, बाथ रोग लगायतको परीक्षण भएको थियो। त्यस्तै अल्ट्रसाउण्ड र इसिजी सेवा समेत...

हाम्रै प्रतीक्षामा रहेछ बिहे घर!

५० मिनेट अघि   सेतोपाटी

चौकोट पुग्दा दिनको ठीक ३ बजेको छ। यात्राको गन्तव्य रहेको छ धनुषाको महेन्द्रनगर। ठिमीबाट धुलिखेलसम्म पुग्न एक घण्टा तीस मिनेटभन्दा बढी नै लाग्यो। शिक्षक आन्दोलन झन् झन् चर्को हुँदैछ। आन्दोलनको शृङ्खला देख्दादेख्दा यो मन बडो अशान्त हुन्छ। कल्पिन्छ मेरो हृदय...

भारत र पाकिस्तानबीच आक्रमण रोक्ने सहमति

५२ मिनेट अघि   सेतोपाटी

भारत र पाकिस्तान एक अर्काविरूद्धको आक्रमण रोक्न सहमत भएका छन्। शनिबार साँझ ५ बजेदेखि लागु हुनेगरी दुवै देशले 'युद्धविराम'मा सहमति जनाएको भारतीय विदेश मन्त्रालयका सचिव विक्रम मिश्रीले भिडिओ सन्देशमा भनेका छन्। उनले दुई देशबीच जमिन, आकाश र समुद्र तीनै ठाउँबाट...

युद्धविराम गर्न सहमत भएको पाकिस्तानद्वारा पुष्टि

१ घण्टा अघि   थाहाखबर

इस्लामाबाद : पाकिस्तानका विदेशमन्त्री इशाक डारले भारत र पाकिस्तान युद्धविराम गर्न सहमत भएको स्विकारेका छन्। उनले सामाजिक सञ्जाल साइट एक्समा यसको पुष्टि गर्दै लेखेका छन्, ‘पाकिस्तान र भारतले तत्काल लागू हुने गरी युद्धविराम गर्न सहमत भएका छौँ। पाकिस्तानले आफ्नो सार्वभौमसत्ता र क्षेत्रीय अखण्डतामा...

फिफाको नयाँ निर्णय : सन् २०३१ देखि महिला विश्वकपमा ४८ टोली सहभागी हुने

१ घण्टा अघि   सेतोपाटी

सन् २०३१ देखि सुरु हुने फिफा महिला विश्वकपमा सहभागी राष्ट्रहरूको सङ्ख्या ३२ बाट बढाएर ४८ पुर्‍याइने भएको छ। विश्व फुटबल नियामक संस्था फिफाले शुक्रबार सार्वजनिक वक्तव्यमार्फत उक्त निर्णय सर्वसम्मतिले पारित गरिएको जानकारी दिएको हो। फिफाका अनुसार, विश्वव्यापी रूपमा महिलाको फुटबलमा...

भ्रष्टाचार गर्नकै लागि विमानस्थल बनाइयो: राजेन्द्र लिङ्देन

१ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले भैरहवास्थित गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ठूलो भ्रष्टाचार भएको आरोप लगाएका छन्।  भ्रष्टाचार गर्नकै लागि यी दुई विमानस्थल बनाएको उनले दाबी गरे। शनिबार सिद्धार्थ उद्योग वाणिज्य संघ, रूपन्देहीले विमानस्थल पूर्ण क्षमतामा सञ्चालनबारे...

विगतका सरकारले खनेको योजनाहरूको खाल्डो पुर्दैछौँः अर्थमन्त्री

१ घण्टा अघि   सेतोपाटी

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडलेलले विगतका सरकारले बजेटले धान्नै नसक्ने गरी योजनाहरूको चाङ बनाएको बताएका छन्। शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पौडैलले बजेटमा विगतका सरकारले खनेको खाल्डो वर्तमान सरकारले पुर्नेगरी नीति तथा कार्यक्रम प्रस्तुत गरेको बताएका हुन्।...

ट्रम्पको दावी : युद्धविराम गर्न भारत र पाकिस्तान सहमत

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले भारत र पाकिस्तान युद्धविरामका राजी भएको दावी गरेका छन्। उनका अनुसार अमेरिकाको मध्यस्थतामा भएको लामो वार्तापछि युद्धविरामका लागि दुवै देश सहमत भएका हुन्।  उनले सामाजिक सञ्जाल एक्समा उक्त कुरा सार्वजनिक गरेका छन्। ट्रम्पले लेखेका छन्, ‘सामान्य...

बाघको संख्या बढाउनुहुँदैन, उसले कानुन पढेको हुँदैन: प्रधानमन्त्री ओली

१ घण्टा अघि   सेतोपाटी

प्रधानमन्त्री केपी शर्मा ओलीले बाघको संख्या बढाउन नहुने बताएका छन्। शनिबार काठमाडौंमा दोस्रो राष्ट्रिय वन संवर्द्धन गोष्ठीलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपालमा अहिले बाघको संख्या पर्याप्त रहेको र अब बढाउन नहुने बताएका हुन्। 'बाघको संख्या बढाउँदै जाने हो भनेदेखि मान्छे...

धार्मिक पर्यटन प्रवर्द्धनमा बद्रीनारायणधामको भूमिका महत्त्वपूर्ण : ऊर्जामन्त्री

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले धार्मिक पर्यटन प्रवर्द्धनमा बद्रीनारायणधामको महत्त्वपूर्ण भूमिका रहने बताएका छन्। काठमाडौँको नागार्जुन नगरपालिका–७ रामकोटमा नारायण पोखरेल प्रतिष्ठानले निर्माण गरेको बद्रीनारायणधामको प्राणप्रतिष्ठा कार्यक्रममा आज सहभागी भएका मन्त्री खड्काले धार्मिक पर्यटनलाई जोड्दै पर्यटन प्रवर्द्धनमा धामले...

गोकर्णेश्वरलाई ‘योग नगर’ घोषणा

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : काठमाडौँको गोकर्णेश्वर नगरपालिकालाई ‘योग नगर’ घोषणा गरिएको छ। प्रतिनिधिसभा अर्थ समिति सभापति सन्तोष चालिसे र नगर प्रमुख दीपककुमार रिसाललगायतले स्थानीय गराडोलमा आज आयोजित कार्यक्रममा ‘योग नगर’को औपचारिक घोषणा गरे।  सोअवसरमा सभापति चालिसेले विश्वभर विभिन्न नयाँ–नयाँ रोग फैलिएका र...

जहाँ दिनमा पाँच पटक घाम उदाउँछ र अस्ताउँछ

२ घण्टा अघि   सेतोपाटी

२०६९ फागुन १३ गते। झपक्क आँखा लाग्दै थिए। ढोकामा कसैले ढकढक गर्‍यो। मेरो निद्रा उड्यो। घडी हेरें, ७ बजेर ९ मिनेट गएको रहेछ। ढोका उघारें। अफिसकै फिल्ड स्टाफ तिलक भाइ रहेछन्। 'नमस्कार सर! सरी है, मैले हजुरको निद्रा भङ्ग गरिदिएँ,'...

पौडी खेल्ने क्रममा डुबेर एक जनाको मृत्यु

२ घण्टा अघि   सेतोपाटी

दाङमा पौडी खेल्ने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ। शनिबार मध्याह्न तुलसीपुर उपमहानगरपालिका-१८ स्थित अम्बाखोली सामुदायिक वन क्षेत्रमा निर्माण गरिएको कृतिम तालमा पौडी खेल्ने क्रममा डुबेर १६ वर्षीय किशोरको मृत्यु भएको हो। मृत्यु हुनेमा रुकुमको त्रिवेणी गाउँपालिका  ९ सिस्नेरी...

भारतले पाकिस्तानका ८ वटा सैन्य र हवाइ संरचनामा हमला गरेको दाबी

२ घण्टा अघि   सेतोपाटी

भारत-पाकिस्तानबीच दिनमा पनि आक्रमण-प्रत्याक्रमण सुरू भएको छ। बिहीबार राति दुई देशबीच ठूलो परिमाणमा मिसाइल र ड्रोन आक्रमण भए पनि शुक्रबार दिनभरि भारत-पाकिस्तानी भूभागहरू शान्त थिए। शुक्रबार रातिदेखि फेरि सुरू भएको आक्रमण शनिबार दिउँसो पनि जारी छ। भारतका विभिन्न भूभागहरुमा शनिबार...

इरान–अमेरिका अप्रत्यक्ष वार्ताको अर्को चरण आइतवार ओमनमा हुने

२ घण्टा अघि   थाहाखबर

इरानका परराष्ट्रमन्त्री सैयद अब्बास अराघचीले अमेरिकासँगको आगामी अप्रत्यक्ष वार्ता आइतवार मे ११ मा ओमानमा आयोजना हुने निश्चित भएको जानकारी दिनुभएको छ। ओमानी पक्षले वार्ताको समय चाँडै घोषणा गर्ने  जनाएको छ। उक्त वार्ता ओमानको मध्यस्थतामा भइरहेको हो, जसको उद्देश्य तेहरानको आणविक...

सुडान हवाई आक्रमणमा एकै परिवारका १४ जनाको मृत्यु

२ घण्टा अघि   थाहाखबर

सुडानको डार्फर क्षेत्रमा रहेको विस्थापितहरूको शिविरमा भएको हवाई आक्रमणमा एउटै परिवारका कम्तीमा १४ जनाको मृत्यु भएको उद्धारकर्मीहरूले जनाएका छन्। डार्फरको अबु सुक शिविरलाई लक्षित गर्दै गरिएको आक्रमणबारे स्वयंसेवकहरूले जानकारी दिएका छन्। उनीहरूले घटनाको विवरणसहित विज्ञप्ति जारी गरेका छन्। संयुक्त राष्ट्रसङ्घका अनुसार,...

आगामी निर्वाचनमा माओवादी एक्लै लड्छ : प्रचण्ड

२ घण्टा अघि   थाहाखबर

पाँचथर : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सुशासन र आर्थिक सुधारका अभियानहरू सञ्चालन गरेको मन नपरेर बिचौलियाहरुले आफू नेतृत्वको सरकार ढालेको दोहोर्‍याएका छन्। पार्टीको पाँचथर जिल्ला समन्वय समितिद्वारा फिदिम बजारमा आयोजित ‘विशाल जनसभा’लाई शनिबार सम्बोधन गर्दै उनले यस्तो बताएका...

नदीनाला स्वच्छ बनाउन क्रियाशील छौँ : मन्त्री प्रकाशमान सिंह

२ घण्टा अघि   थाहाखबर

काठमाडौँ : उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले काठमाडौँ उपत्यकाका नदीनाला स्वच्छ बनाउन सरकार क्रियाशील रहेको बताएका छन्। बाग्मती, विष्णुमती, रुद्रमतीलगायत नदीनालालाई स्वच्छ बनाउन सर्वप्रथम तिनमा ढल मिसाउन नदिने प्रयास रहेको बताए। आज बानेश्वर हाइट खानेपानी उपभोक्ता समितिले आयोजना गरेको...

धत्, साथीको नाममा कलंक रहेछु!

२ घण्टा अघि   सेतोपाटी

सम्बन्धका ग्राफहरू एक्लै नाप्न, जोख्न, अड्कल्न नसकिँदो रहेछ। सामिप्यमा अरू कोही भइदिँदा मात्र सम्बन्धले तृष्णा मेटाउँदो रहेछ। आफूले सानै सोचे पनि सिंगै ब्रह्माण्ड अटाउँदो रहेछ। सम्बन्धको घेराभित्र अटाउन पनि त प्रेम चाहिँदो रहेछ। ग्रहण गर्न सक्ने प्रेम। जसरी टपक्क हत्केलामा अटाउँछन् कचौराहरू तर...

स्कटल्यान्डमा हुने विश्वकप लिग-२ सिरिज र टी-२० सिरिजका लागि नेपाली टोली घोषणा

२ घण्टा अघि   सेतोपाटी

स्कटल्यान्डमा हुने आइसिसी क्रिकेट विश्वकप लिग-२ मा सहभागिता जनाउने नेपाली राष्ट्रिय क्रिकेट टोली घोषणा गरिएको छ।  टोलीमा पुरानै खेलाडीले निरन्तरता पाएका छन्। कप्तानमा ब्याटर रोहितकुमार पौडेल छन। अलराउन्डर दीपेन्द्रसिंह ऐरीलाई उपकप्तानको जिम्मेवारी दिइएको छ। यस्तै ओपनिङ ब्याटर आसिफ शेख विकेटकिपरको...

प्रेस स्वतन्त्रता लोकतन्त्रको मेरुदण्ड : उपराष्ट्रपति यादव

२ घण्टा अघि   थाहाखबर

काठमाडौँ : उपराष्ट्रपति रामसहाय प्रसाद यादवले प्रेस स्वतन्त्रता लोकतन्त्रको मेरुदण्ड भएको बताएका छन्। नेपाल प्रेस युनियनको आयोजनामा ‘लोमान्थाङ अन्तर्राष्ट्रिय मिडिया समिट’ को उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उपराष्ट्रपति यादवले स्वतन्त्र प्रेसले नागरिकलाई सही सूचना सम्प्रेषण गर्नुपर्ने र...