भारत र पाकिस्तान किन युद्ध रोक्नुपर्ने स्थितिमा पुगे?
भारत र पाकिस्तान शनिबार युद्ध रोक्न सहमत भएका छन्। भारतले जम्मू–कश्मिरको पहलगाममा भएको आतंकवादी आक्रमणको जबाफ बुधबार पाकिस्तानमाथि आक्रमण गरेर दिएपछि दुई देशबीच युद्ध सुरू भएको थियो। सबभन्दा सुरूमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेख्दै अमेरिकी मध्यस्थतामा भएको वार्तापछि...