ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

२ सेकेन्ड अघि   सेतोपाटी

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक आज बस्दैछ। कांग्रेस केन्द्रीय कार्यालय सानेपामा सोमबार दिउँसो १ बजे बैठक बस्ने तय भएको कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिएका छन्। बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी तथा सदस्यहरुलाई उपस्थित हुन भनिएको छ।

भारतका ४ राज्य र एउटा केन्द्रशासित प्रदेशमा आज मतगणना, ‌पश्चिम बंगालमा कसले जित्ला?

१८ मिनेट अघि   सेतोपाटी

भारतका चार राज्य र एक केन्द्रशासित प्रदेशमा गत महिना सम्पन्न विधानसभा निर्वाचनको मतगणना आज (सोमबार) हुँदैछ। असम, केरल, पुडुचेरी, तामिलनाडू र पश्चिम बंगालको विधान सभा निर्वाचनको परिणाम सोमबार आउँदै छ। असम, केरल, पुडुचेरीमा अप्रिल ९ मा एकै चरणमा मतदान भएको...

क्रुज जहाजमा हान्टाभाइरस फैलिएको आशंका, तीन जनाको मृत्यु, तीन बिरामी

३२ मिनेट अघि   सेतोपाटी

नेदरल्याण्ड्सको कम्पनीले सञ्चालन गरेको एउटा क्रुज जहाजमा हान्टाभाइरसको प्रकोप फैलिएको आंशका गरिएको छ। डच कम्पनी ओसेनवाइड एक्सपेडिसनको एमभी होन्डियस नामक क्रुज जहाजमा यात्रारत तीन जनाको मृत्यु भएको र तीन जना बिरामी परेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ। ओसेनवाइडले विज्ञप्ति...

आज यी स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना

१ घण्टा अघि   सेतोपाटी

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज केही स्थानमा मध्यमदेखि केही स्थानमा मेघगर्जनसहित भारी वर्षाको सम्भावना छ। विभागका अनुसार आज मुलुकभर साधारणतया बादल लाग्नेछ। सुदूरपश्चिम र लुम्बिनी प्रदेशलगायत देशको हिमाली र पहाडी भू–भागका केही स्थानमा तथा बाँकी...

भैँसीगोठमा पूर्णबहादुरका ५७ वर्ष

१ घण्टा अघि   सेतोपाटी

यहाँको धवलागिरि गाउँपालिका–४ खाम्लाका पूर्णबहादुर जैसीलाई १८ वर्षको हुँदा भैँसीको घुम्तीगोठ लिएर लेकबेँसी गर्नुपर्ने जिम्मेवारी आइलाग्यो। नुन लिन बेनी आएको समयमा साथीहरूसँगै भर्ती हुने रहरले भारतीय सैनिक छनोटमा भाग लिन पुगेका ७४ वर्षीय पूर्णबहादुर दुई सय युवामध्ये छिटो दौडिएर छनोट...

बागमती प्रदेश सरकारले बलेफीमा र्‍याफ्टिङ स्कुल स्थापना गर्ने

१ घण्टा अघि   सेतोपाटी

बागमती प्रदेश सरकारले सिन्धुपाल्चोक जिल्लाको बलेफी गाउँपालिका–५ मा ‘र्‍याफ्टिङ स्कुल’ स्थापना गर्ने भएको छ। यसका लागि प्रदेश सरकारको संस्कृति तथा पर्यटन मन्त्रालयबाट काम अघि बढेको सचिव दीपेन्द्र सुवेदीले बताए। यो स्कुलमा ‘रिभर गाइड’ तालिम लिन अन्तरराष्ट्रियस्तरबाट पनि प्रशिक्षार्थी आउने उनले बताए।...

आज कति पुग्यो अमेरिकी डलरको भाउ?

१ घण्टा अघि   सेतोपाटी

नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलरको मूल्य स्थिर छ। निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ५६ पैसा र बिक्रीदर १५२ रुपैयाँ १६ पैसा तोकिएको छ। आइतबार पनि सोही...

जो अस्ट्रेलियाको सरकारी जागिर छाडेर चलाइरहेका छन् आफ्नै फर्म

१ घण्टा अघि   सेतोपाटी

दिलिप कुमार राई अस्ट्रेलियाको प्रमुख सहर सिड्नीमा बस्छन्। त्यहाँ उनी अधिवक्ताका रूपमा काम गरिरहेका छन्। उनी दस वर्षदेखि 'राई लयर्स एन्ड एसोसिएट्स' नामक कानुनी फर्म सञ्चालन गर्छन्। फर्ममा वकालत गर्न उनीसहित तीन जना अधिवक्ता छन्। अन्य कामका लागि दुई कर्मचारी छन्। 'वकालत गर्न...

लिपुलेक मार्गबारे भारतले दियो यस्तो प्रतिक्रिया

७ घण्टा अघि   सेतोपाटी

भारतले लिपुलेक क्षेत्र सम्बन्धी आफ्नो प्रतिक्रिया दिएको छ।  लिपुलेक हुँदै कैलाश मानसरोवर यात्रा खुला गरेको सन्दर्भमा नेपालको परराष्ट्र मन्त्रालयले गरेका सीमा सम्बन्धी दाबीका बारेमा भारतको विदेश मन्त्रालयका प्रवक्ता रनधीर जैसवालले प्रतिक्रिया दिएका हुन्। उनले लिपुलेक पास लामो समयदेखि कैलाश मानसरोवर यात्राका लागि प्रयोग हुँदै आएको मार्ग...

दोस्रो राष्ट्रिय बेसबल फाइभ च्याम्पियनसिपको उपाधि बागमती प्रदेशलाई

९ घण्टा अघि   सेतोपाटी

राजधानीमा सम्पन्न दोस्रो राष्ट्रिय बेसबल फाइभ च्याम्पियनसिपको उपाधि बागमती प्रदेशले हात पारेको छ। आइतबार भएको रोमाञ्चक फाइनल भिडन्तमा सुदूरपश्चिम प्रदेशलाई १४–८ को स्कोरले पराजित गर्दै बागमतीले स्वर्ण पदकमाथि कब्जा जमाएको हो। प्रतियोगितामा लुम्बिनी प्रदेशले तेस्रो स्थान हासिल गर्‍यो। विजेता बागमती...

मुख्यमन्त्री आचार्यले सोधे – नागरिकको बिल्लिबाठ बनाउने काम राज्यले गर्न मिल्छ?

१० घण्टा अघि   सेतोपाटी

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सुकुम्बासी समस्या समाधान गर्ने नाममा नागरिकलाई घरबार बिहीन बनाउने काम भइरहेको बताएका छन्। प्रगतिशील लेखक संघ रूपन्देहीले आइतबार बुटवलमा आयोजित नेकपा एमाले लुम्बिनी प्रदेशसभा संसदीय दलका उपनेता भोजप्रसाद श्रेष्ठद्वारा लिखित 'अठोट' नामक पुस्तकको लोकार्पण कार्यक्रममा...

२५ लाख रूपैयाँभन्दा कमका योजनामा बजेट विनियोजन गरिँदैन – मुख्यमन्त्री शाह

१० घण्टा अघि   सेतोपाटी

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश सरकारले २५ लाख रूपैयाँभन्दा कम लागतका योजनामा बजेट विनियोजन नगर्ने बताएका छन्। त्यस्तै, उनले प्रदेशका कुनै पनि योजना उपभोक्ता समिति मार्फत कार्यान्वयन नगर्ने स्पष्ट पारेका छन्। आइतबार धनगढीमा प्रदेश नीति तथा योजना आयोगद्वारा आयोजित...

बोक्सी आरोपमा महिलामाथि अमानवीय व्यवहार, एक पक्राउ

१० घण्टा अघि   सेतोपाटी

रौतहटको कटहरीया नगरपालिकामा ५५ वर्षीया एकल महिलामाथि बोक्सीको आरोपमा अमानवीय व्यवहार गरिएको छ। उनलाई मलमूत्र खुवाउने र कुटपिट गर्ने जस्ता अमानवीय व्यवहार गरिएको हो। जिल्ला प्रहरी कार्यालय रौतहटले घटनामा संलग्न रहेको आरोपमा एक जनालाई पक्राउ गरेको छ।  जिल्ला प्रहरी कार्यालय...

लिपुलेकबारे नेपालले भारत र चीनलाई पठायो ६ बुँदे कूटनीतिक नोट

१० घण्टा अघि   सेतोपाटी

नेपालले लिपुलेकबारे भारत र चीनलाई ६ बुँदे कूटनीतिक नोट पठाएको छ। परराष्ट्र मन्त्रालयले आइतबार दुवै देशलाई ६ बुँदे कूटनीतिक नोट पठाएको छ। हेर्नुस् मन्त्रालयले पठाएको पत्रमा के लेखिएको छ- १. नेपाली भूमि लिपुलेक हुँदै भारत र चीनबीच सञ्चालन गर्ने भनिएको कैलाश...

हालसम्म १८१६ परिवारका ७७८९ जना सरकारको सम्पर्कमा

११ घण्टा अघि   सेतोपाटी

बागमती तथा यसका सहायक नदी किनारका जोखिमपूर्ण सार्वजनिक र सरकारी जग्गा खाली गराउने अभियान अन्तर्गत हालसम्म १८१६ परिवारका ७७८९ जना सम्पर्कमा आएका सरकारले जनाएको छ। उनीहरूमध्ये ७९४ जनालाई सरकारद्वारा व्यवस्थापन गरिएका होल्डिङ सेन्टरहरूमा स्थानान्तरण गरिएको छ। बाँकी व्यक्तिहरू भने दशरथ रंगशालास्थित...

हामी खसिरहेको राजनीतिक भीरमा हाँगो कहाँ समाउने?

११ घण्टा अघि   सेतोपाटी

कर्मकल्चर बुद्ध पूर्णिमाको दिन हामी राजधानीको एउटा त्यस्तो ठाउँमा एक नागरिक समूहको छलफल गर्दै थियौं, जसको पृष्ठभूमिमा नदीपारि सहरी गरिबहरू आफ्ना झुपडीहरू आफै भत्काउँदै थिए। हामीले खासखुस गर्‍यौं — देशमा कस्तो स्थिति बनिसकेको है? कोही आफ्नो घर आफै किन भत्काउँछ? केही बेरमा एक...

क्यानडा नेपाल चेम्बर अफ कमर्स अध्यक्षमा गोकर्ण लमिछाने निर्वाचित

१२ घण्टा अघि   सेतोपाटी

फेडरेशन अफ क्यानडा नेपाल चेम्बर अफ कमर्सको दोस्रो वार्षिक साधारण सभाले युवा व्यवसायी गोकर्ण लामिछानेलाई अध्यक्षमा निर्वाचित गरेको छ। क्यानडामा रहेका नेपाली व्यवसायीहरूको साझा संस्थाका रूपमा विगत ६ वर्षदेखि सक्रिय रहँदै आएको यस संस्थाले क्यानडा र नेपालबीचको व्यापारिक सम्बन्ध सुदृढ...

काठमाडौं र ललितपुरका मसाज सेन्टरबाट २५८ नियन्त्रणमा

१२ घण्टा अघि   सेतोपाटी

अनैतिक कृयाकलाप गरेको आरोपमा काठमाडौं र ललितपुरका मसाज सेन्टरबाट २५८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले आइतबार मात्रै ५७ वटा मसाज सेन्टरमा छापा मारेको हो। उक्त मसाज सेन्टरबाट प्रहरीले २४० महिला र १८ जना पुरूष...

खारेज भयो निजामती कर्मचारीको ट्रेड युनियन

१२ घण्टा अघि   सेतोपाटी

निजामती कर्मचारीहरूको ट्रेड युनियन खारेज भएको छ। आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३ अध्यादेश जारी गरेसँगै उक्त ट्रेड युनियन खारेज भएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले जानकारी दिइन्। ‘वर्षौंदेखि अभ्यासमा रहेको यो व्यवस्थाले के नतिजा...

साढे १५ सय नियुक्ति खारेजीले उब्जाएको प्रश्न, के भन्छन् प्रशासन विज्ञहरू?

१२ घण्टा अघि   सेतोपाटी

सरकारले अध्यादेशमार्फत साढे १५ सयभन्दा बढी सार्वजनिक पदाधिकारीको नियुक्ति खारेज गरेपछि प्रशासनिक संरचना, कानुनी आधार र सेवा प्रवाहबारे प्रश्न उठेको छ। ती पदमा नयाँ नियुक्ति कसरी गर्ने, कुन आधार अपनाउने र संस्थागत निरन्तरता कसरी कायम गर्ने भन्नेबारे प्रश्न उठेको हो।...

राष्ट्रपतिले संवैधानिक परिषदसम्बन्धी अध्यादेश फिर्ता गरेकोबारे के भन्छन् रवि?

१३ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले संवैधानिक परिषदसँग सम्बन्धित अध्यादेश फिर्ता गरेको विषयमा कारण बुझेपछि मात्रै प्रतिक्रिया दिने बताएका छन्। आइतबार केन्द्रीय पार्टी कार्यालय बनस्थलीमा बसेको सचिवालय बैठक पछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस विषयमा बुझेर प्रतिक्रिया दिने बताएका...

रविले भने- रास्वपाले कसैलाई घरबारबिहीन बनाउँदैन

१३ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले कसैलाई पनि घरबारबिहीन नबनाइने बताएका छन्। आइतबार बनस्थलीस्थित केन्द्रीय पार्टी कार्यालयमा बसेको बैठक पछि बोल्दै लामिछानेले कसैलाई पनि घरबारबिहीन नबनाइने बताएका हुन्। ‘रास्वपाले कसैलाई घरबारबिहीन बनाउँदैन। जोखिममा रहेका बस्ती हटाएका हौं। उहाँहरूले २०औं वर्षदेखि...

रास्वपाले भन्यो- जोखिमपूर्ण ठाउँमा बसेकाबाहेक सुकुम्बासीलाई प्राधिकरण बनाएपछि मात्रै व्यवस्थापन हुन्छ

१३ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले असुरक्षित रूमा बस्दै आएका सुकुम्बासी बाहेकको हकमा अधिकार सम्पन्न प्राधिकरणको प्रतिवेदन अगाडि कारबाही नबढ्ने बताएको छ। आइतबार बसेको पार्टीको सचिवालय बैठकले प्राधिकरण बनाएपछि दिइने सुझाव अनुसार काम अगाडि बढाउने निर्णय भएको हो। यस विषयमा सरकारलाई सुझाव समेत...

फिर्ता पठाइएको संवैधानिक परिषद अध्यादेशमा राष्ट्रपतिले उठाएको मुख्य प्रश्न

१३ घण्टा अघि   सेतोपाटी

राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषदसम्बन्धी अध्यादेश पुनर्विचार गर्नू भन्दै आइतबार फिर्ता पठाइदिएका छन्। उनले मुख्य गरी यो अध्यादेशमा गरिएको व्यवस्था संविधान तथा कानुनको मर्म अनुसार नभएको भन्ने प्रश्न उठाउँदै फिर्ता गरेका हुन्। राष्ट्रपति कार्यालय स्रोतका अनुसार ६ जना सदस्य रहेको...