ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

७ गोलको थ्रिलरमा रियलमाथि बायर्नको जित, आर्सनल पहिलो लेगको फाइदा उठाउँदै अन्तिम चारमा

२ मिनेट अघि   सेतोपाटी

जर्मन क्लब बायर्न म्युनिखले स्पेनिस महारथी रियल म्याड्रिडलाई हराउँदै च्याम्पियन्स लिगको सेमिफाइनलमा साविक विजेता पेरिस सेन्ट-जर्मेन  (पिएसजी) सँगको भेट पक्का गरेको छ।  सात गोल भएको यो अत्यन्तै रोमाञ्चक खेलमा बायर्नले ४-३ को जित निकाल्यो। समग्रमा ६-४ को नतिजासहित बायर्न अघिल्लो...

दाइजो लिनेदिने विवाहमा नजाने उपसभामुखको घोषणा

१० मिनेट अघि   सेतोपाटी

उपसभामुख रूवीकुमारी ठाकुरले दाइजो लेनदेन भएको विवाहमा नजाने सार्वजनिक घोषणा गरेकी छन्। आफूले सानैदेखि ‘दहेजमुक्त’ समाजको सपना देखेको भन्दै समानतामा आधारित र सुसंस्कृत विवाहको अभ्यासलाई प्रोत्साहन गर्न त्यस्तो घोषणा गरेको बताएकी छन्। ‘हालै मैले धेरै विवाहका निमन्त्रणापत्रहरू प्राप्त गरिरहेको छु।...

हिजो मौन बस्नु हाम्रो गल्ती थियो तर आज नबोल्नु गम्भीर मुर्खता हुनेछ–सुरेन्द्र पाण्डे

२० मिनेट अघि   सेतोपाटी

नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले पार्टीका कतिपय नेता नेतृत्वमाथि संकट आइलाग्यो भन्दै फेरि पनि ‘वाम एकता’ को दौडधुपमा रहेको भन्दै टिप्पणी गरेका छन्। सामाजिक सञ्जालमार्फत् टिप्प्णी गर्दै उनले हिजो पद प्राप्तिका लागि एकता भएको र आज आफ्नो गुम्दो अस्तित्व जोगाउन...

केएमसीमा मस्तिष्कको जटिल शल्यक्रिया सफल

३९ मिनेट अघि   सेतोपाटी

काठमाडौं मेडिकल कलेजमा मस्तिष्कको जटिल शल्यक्रिया सफल भएको छ। इटहरीकी ५२ वर्षीया महिलाको काठमाडौं मेडिकल कलेजमा जटिल शल्यक्रिया सम्पन्न भएको छ। अचानक दिमागमा रगत बग्ने गम्भीर समस्या लिएर आपतकालीन कक्षमा ल्याइएकी ती महिलाको मस्तिष्कमा तीन वटा एन्युरिज्म (नसा फुल्ने समस्या)...

आज कहाँ-कहाँ पर्छ पानी?

५० मिनेट अघि   सेतोपाटी

हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहदा पहाडी र हिमाली भूभागमा साधारणतया बादल लागेको छ।   तराई भूभागमा मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।  महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेशका पहाडी...

टाइम म्यागेजिनको १०० प्रभावशाली व्यक्तिको सूचीमा प्रधानमन्त्री बालेन

५८ मिनेट अघि   सेतोपाटी

प्रधानमन्त्री वालेन्द्र (बालेन) शाह विश्वका १०० प्रभावशाली व्यक्तिको सूचीमा परेका छन्। प्रतिष्ठित अन्तर्राष्ट्रिय म्यागेजिन टाइमले प्रकाशित गरेको सन् २०२६ को सय प्रभावशाली व्यक्तिको सूचीमा प्रधानमन्त्री बालेन परेका हुन्। टाइमले हरेक वर्ष सूची सार्वजनिक गर्छ। नेता, कलाकार, नवप्रवर्तक, प्रभावशाली व्यक्तित्व लगायतका केही...

कति बढ्यो पेट्रोलियम पदार्थको भाउ?

१ घण्टा अघि   सेतोपाटी

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ। निगमले बुधबार मध्यराति अर्थात् अहिले १२ः०० बजेदेखि लागू हुने गरी डिजल, मट्टीतेल र हवाई इन्धनमा आन्तरिकतर्फ मूल्यवृद्धि गरिएको जनाएको छ। नयाँ मूल्यसूचीअनुसार डिजल÷मट्टीतेलमा प्रतिलिटर ३० र हवाई इन्धनमा प्रतिलिटर रु पाँच वृद्धि...

अमेरिकी सिनेटले अस्वीकृत गर्‍यो इरानमा युद्ध रोक्ने प्रस्ताव

१ घण्टा अघि   सेतोपाटी

अमेरिकी सिनेटले इरानविरूद्ध सैन्य कारबाही रोक्ने प्रस्ताव अस्वीकृत गरेको छ। सिनेटमा डेमोक्र्याटले राखेको प्रस्तावमा बुधबार मतदान हुँदा ५२ सिनेटरले युद्ध रोक्नुपर्ने प्रस्तावको विपक्षमा र ४७ जनाले पक्षमा मतदान गरेका थिए। अमेरिकी कंग्रेसको अनुमतिबिनै राष्ट्रपति डोनाल्ड ट्रम्पले इसराइलसँग मिलेर इरानविरूद्ध सैन्य...

आर्थिक अपराध नियन्त्रणमा प्रहरी सक्रिय, एक महिनामा एक हजार १६६ मुद्दा दर्ता

१ घण्टा अघि   सेतोपाटी

जिल्ला प्रहरी परिसर काठमाडौँले एक महिना (चैत) को अवधिमा एक हजार १६६ वटा मुद्दा दर्ता गरेको छ। त्यसमा जघन्य अपराधका २१४, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसँग सम्बन्धित ४६, आर्थिक अपराधका ५६४ र अन्य अपराधका ३४२ मुद्दा छन्। यस्तै, सम्पत्ति शुद्धीकरणसम्बन्धी...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

२ घण्टा अघि   सेतोपाटी

तमु प्ये ल्हु संघ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ। संघका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २००...

आज स्थिर छ अमेरिकी डलरको मूल्य

२ घण्टा अघि   सेतोपाटी

नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। निर्धारित विनिमयदरअनुसार अमेरिकी डलरको मूल्य स्थिर छ। आज अमेरिकी डलर एकको खरिददर १४९ रुपैयाँ १० पैसा र बिक्रीदर १४९ रुपैयाँ ७० पैसा तोकिएको छ। बुधबार पनि खरिद–बिक्रीदर सोही कायम...

पार्टीलाई योजनाबद्ध रूपमा पुनर्गठित गरिनेछ– शंकर पोखरेल

२ घण्टा अघि   सेतोपाटी

नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीलाई योजनाबद्ध रूपमा पुनर्जागृत र पुनर्गठित गरिने बताएका छन्। बुधबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै पार्टीलाई नियोजित तथा प्रायोजित रूपले विवादित बनाउने काम भइरहेको बताएका छन्। ‘निर्वाचन समिक्षाका आधारमा पार्टीलाई योजनावद्ध रुपमा पुनर्जागृत र पुनर्गठित...

'साना र सुन्दर' कार्यक्रम बोकेको चिनियाँ कूटनीति

२ घण्टा अघि   सेतोपाटी

बेइजिङ डायरी नेपाल र चीनका नेताहरूले आपसमा भेटवार्ता गर्दा बोलिने साझा कुरा हुन् — नेपाल र चीनलाई नदीनाला र हिमालले जोडेको छ। नेपाली नेताले यस्तो भनाइ चिनियाँ नेतासँग मात्र प्रयोग गर्छन्। तर चिनियाँ नेताले नेपाल बाहेक आफ्नो सीमा जोडिएका भियतनाम, कम्बोडिया,...

इरानको कब्जामा रहेका नेपाली युवा अमृत झालाई स्ट्रेट अफ हर्मुजकै एउटा टापुमा गरियो रिहा

१० घण्टा अघि   सेतोपाटी

अमेरिका र इरानबीच जारी युद्धबीच इरानले बन्दी बनाएका नेपाली युवा अमृत झा बुधबार रिहा भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। परराष्ट्र मन्त्री शिशिर खनालले उनी रिहा भएको पुष्टि गर्दै सेतोपाटीसँग भने, 'इरानस्थित नेपाली महावाणिज्य दूतावास र कतारस्थित नेपाली दूतावासले अमृत झालाई...

एमाले नेता अधिकारी बन्लान् गण्डकीका मुख्यमन्त्री?

१० घण्टा अघि   सेतोपाटी

गण्डकी प्रदेशको मुख्यमन्त्री बन्न एमाले सचिव एवं गण्डकी संसदीय दलका नेता खगराज अधिकारी व्यग्र प्रतीक्षामा छन्। सत्ता सहकार्य गर्न एमाले अध्यक्ष केपी ओली र कांग्रेसका तत्कालीन सभापति शेरबहादुर देउवाबीच आलोपालो सरकार चलाउने सहमति अनुसार आउँदा साउन पहिलो साता मुख्यमन्त्री एवं...

'झापा ११' नोबेल विराट गोल्डकपको फाइनलमा

११ घण्टा अघि   सेतोपाटी

विराटनगरमा जारी 'नोबेल विराट गोल्डकप' को ३८औं संस्करणमा पूर्वविजेता झापा ११ ले प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेको छ। सहिद मैदानमा बुधबार भएको पहिलो सेमिफाइनलमा विभागीय टोली नेपाल पुलिस क्लबमाथि १–० को साँघुरो जित निकाल्दै झापा उपाधि नजिक पुगेको छ।...

बालेन सरकारले देखेको ५ वर्षपछिको अर्थतन्त्रको तस्बिर

१२ घण्टा अघि   सेतोपाटी

सरकारले संसदमा रहेका ६ वटा राष्ट्रिय पार्टीले चुनावमा अघि सारेका घोषणापत्र समेत समेटेर आफ्नो राष्ट्रिय प्रतिबद्धताको मस्यौदा सार्वजनिक गरेको छ। यसअघि शासकीय सुधारका १०० बुँदे कार्यसूची अघि बढाएको सरकारले अब पाँच वर्षपछि के–के हासिल गर्ने भन्ने लक्ष्यसहित प्रतिबद्धताको मस्यौदा ल्याएको...

के पुराना पेट्रोल–डिजेल गाडीलाई इभी बनाउन सकिन्छ?

१२ घण्टा अघि   सेतोपाटी

विश्वभर अहिले पेट्रोल र डिजेलबाट गाडी इभीतर्फ रूपान्तरण हुने क्रम बढ्दो छ। नेपालमा पनि इभीले आफ्नो बजार तीव्र गतिमा विस्तार गरिरहेको छ। गाडी यातायात मात्र नभएर अर्थतन्त्र, रोजगार, प्रविधि र वातावरणसँग जोडिएको कुरा हो। नेपालमा साना प्यासेन्जर कार जुन रूपले इभीमा रूपान्तरण भए,...

फुटपाथका अवैध संरचनामा बुटवल उपमहानगरको डोजर (तस्बिरहरू)

१२ घण्टा अघि   सेतोपाटी

सडक र बजार क्षेत्रलाई व्यवस्थित बनाउने भन्दै बुटवल उपमहानगरपालिकाले फुटपाथ अतिक्रमण गरी सञ्चालन गरिएका व्यवसायमा डोजर चलाएको छ। उपमहानगरपालिकाले सडक किनार र फुटपाथ अतिक्रमण गरी सञ्चालन गरिएका व्यवसाय हटाउन भन्दै विगत तीन दिनसम्म माइकिङ गरेको थियो। तर, पटक पटक आग्रह...

इरानलाई हतियार नदिन सीलाई ट्रम्पको पत्र

१२ घण्टा अघि   सेतोपाटी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई हतियार नदिन चिनियाँ समकक्षी सी चिनफिङलाई पत्र लेखेका छन्। फक्स टेलिभिजनलाई मंगलबार दिएर एक अन्तर्वार्तामा ट्रम्पले सीलाई त्यस्तो आग्रह गरेको खुलाएका हुन्। जबाफमा इरानलाई हतियार नदिएको सीले बताएका छन्।  'मैले उन (सी) लाई त्यसो नगर्न आग्रह गर्दै...

नयाँ वर्षको अवसरमा इनड्राइभको 'राइड मोर, विन मोर' क्याम्पेन

१२ घण्टा अघि   सेतोपाटी

विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले नेपाली नयाँ वर्ष २०८३ को अवसरमा 'राइड मोर, विन मोर' क्याम्पेन ल्याएको छ।  यस क्याम्पेन मार्फत प्रयोगकर्ताले इनड्राइभ एपमार्फत राइड बुक गर्दा आकर्षक पुरस्कार जित्ने अवसर पाउनेछन्। नयाँ वर्षको समयमा परिवार र साथीभाइसँग...

लिपमोटरको 'लिप केयर' अफर सार्वजनिक

१३ घण्टा अघि   सेतोपाटी

 लिपमोटरले विद्युतीय सवारी साधन खरिदकर्ताहरूलाई थप ढुक्क बनाउन नयाँ अफर 'लिप केयर' सार्वजनिक गरेको छ। 'आत्मविश्वासका साथ अघि बढ्नुहोस्' भन्ने नाराका साथ ल्याइएको यस योजनाले लामो अवधिको ब्याट्री वारेन्टी र बजारकै सबैभन्दा उत्कृष्ट फाइनान्सिङ सुविधाहरूलाई एकै ठाउँमा समेटेको छ।  ...

फिल्म 'बुकी' को वर्ल्ड प्रिमियर जापानमा हुने

१३ घण्टा अघि   सेतोपाटी

फिल्म 'बुकी' को पहिलो प्रिमियर शो जापानमा आयोजना गरिने भएको छ।  विवश कुमार माझी र मोहन केसीको निर्देशनमा तयार फिल्मको निर्माण पक्षले बुधबार फिल्मका मुख्य पात्रहरूको झलक सार्वजनिक गर्दै जापान प्रिमियरको मिति र स्थान समेत तय गरेको हो। फिल्मको 'वर्ल्ड...

कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्न सरकारले बनायो सुरक्षा संयन्त्रमाथि अध्ययन समिति

१३ घण्टा अघि   सेतोपाटी

सरकारले पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्न एक समिति गठन गरेको छ। सुरक्षा संयन्त्रको हकमा प्रतिवेदन अध्ययन गरी सिफारिस गर्न समिति गठन गर्ने निर्णय भएको हो। आज बसेको मन्त्रिपरिषद बैठकले भदौ...