ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

सांसदहरूलाई स्वकीय सचिव सुविधा दिन सभामुखलाई पूर्व सभामुखहरूको सुझाव

२१ मिनेट अघि   सेतोपाटी

पूर्व सभामुखहरूले नवनिर्वाचित सभामुख डोलप्रसाद अर्याललाई संघीय संसद सचिवालय बलियो बनाउन सुझाव दिएका छन्। पूर्व सभामुख देवराज घिमिरे र अग्निप्रसाद सापकोटासँग सभामुख अर्यालले आज सिंहदरबारमा भेटघाट गरेका थिए। भेटमा संसद सचिवालय र सभामुखको सचिवालय बलियो बनाउन सुझाव दिएको घिमिरेले बताए।...

नेपथ्यको क्यानडा टूर सुरू, पहिलो कन्सर्टमै उत्साहजनक उपस्थिति

२३ मिनेट अघि   सेतोपाटी

हिउँले ढाकिएको शान्त सहर सदबरीबाट नेपथ्यले यस वर्षको क्यानडा शृंखला सुरू गरेको छ। यहाँस्थित 'सदबरी कम्युनिटी एरेना' मा शुक्रबार पहिलो प्रस्तुति दिँदै ब्यान्डले नेपाली लोकरक प्रस्तुत गरेको हो।  ओन्तारियो राज्यको व्यापारिक केन्द्र टोरोन्टोबाट करिब चार सय किलोमिटर टाढा पर्ने यस सहरमा केही...

सभामुख र उपसभामुखबीच भेटवार्ता

२६ मिनेट अघि   सेतोपाटी

सभामुख डोलप्रसाद अर्याल र उपसभामुख रूबीकुमारी ठाकुरबीच भेटवार्ता भएको छ। उपसभामुख ठाकुरसँग आज सभामुखले शिष्टाचार भेटवार्ता गरेको सभामुखको सचिवालयले जनाएको छ। भेटमा सभामुखले बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दै आगामी कार्यसम्बन्धी विषयमा संक्षिप्त छलफल गरेका थिए।

कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समिति बैठक

३२ मिनेट अघि   सेतोपाटी

नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समिति बैठक आह्वान गरेको छ। वैशाख २ गते बस्ने गरी बैठक आह्वान भएको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए। उनकाअनुसार बुधबार दिउँसो २ बजे केन्द्रीय कार्यालयमा बैठक बस्नेछ। बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थितिका लागि निर्देशानुसार...

विनोद भण्डारीले १८९ रन बनाएपछि आर्मीले कोशीविरूद्ध जोड्यो ३६२ रन

४४ मिनेट अघि   सेतोपाटी

प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत सोमबार दुवै खेलमा कीर्तिमानी ब्याटिङ भएको छ। वीरगञ्जमा सशस्त्र प्रहरी बलको नेपाल एपिएफ क्लबले मधेश प्रदेशविरूद्ध ३९० रन बनाएको केहीबेरमा जनकपुरमा त्रिभुवन आर्मी क्लबले कोशी प्रदेशविरूद्ध ८ विकेटको क्षतिमा ३६२ रन बनाएको छ। सशस्त्रले...

९ वर्षपछि 'पहाड' लिएर आए तुलसी घिमिरे

४५ मिनेट अघि   सेतोपाटी

तुलसी घिमिरेको नाम सुन्नेबित्तिकै धेरैको मानसपटलमा एक–से–एक सुपरहिट नेपाली फिल्म, ती फिल्मका कालजयी गीत र दृश्यहरू घुम्न थाल्छन्। 'कुसुमे रूमाल', 'लाहुरे', 'चिनो', 'बलिदान', 'देउता', 'दर्पण छायाँ' लगायतका फिल्मबाट दर्शकको मन जितेका यी हस्ती नौ वर्षपछि नयाँ फिल्ममार्फत दर्शकमाझ आएका छन्।...

पूर्व सभामुखहरूसँग छलफलमा सभामुख अर्याल

५१ मिनेट अघि   सेतोपाटी

सभामुख डोलप्रसाद अर्यालले पूर्व सभामुखहरूसँग भेटवार्ता गरेका छन्। सभामुख अर्यालले आज पूर्व सभामुखहरू देवराज घिमिरे र अग्निप्रसाद सापकोटासँग भेटवार्ता गरेको उनको सचिवालयले जानकारी दिएको छ। भेटमा नेपालको संसदीय अभ्यास, विगतका अनुभवहरूको आदान–प्रदान, संघीय संसदको प्रभावकारी सञ्चालन, विधायन प्रक्रियाको सुदृढीकरणका विषयमा...

नेपाल टेलिकमले ल्यायो नयाँ वर्ष अफर

१ घण्टा अघि   सेतोपाटी

नेपाल टेलिकमले नयाँ वर्ष २०८३ को अवसरमा प्रिपेड तथा पोस्टपेड मोबाइलका ग्राहकहरुलाई नयाँ वर्ष अफर २०८३ उपलब्ध गराउने भएको छ।  अफर अन्तर्गत न्यू इयर लाइट र न्यू इयर प्रिमियम गरी दुई प्रकारका प्याकेज उपलब्ध हुनेछन्। न्यू इयर लाइट अन्तर्गत ४९९ रूपैयाँमा...

नयाँ एफजेड एफआई न्यू जेन सार्वजनिकसँगै ‘यामाहा ब्ल्यू फेस्ट’मा मनाइयो इनोभेसनको उत्सव

१ घण्टा अघि   सेतोपाटी

यामाहा नेपालले आफ्नो आधिकारिक वितरक एमएडब्लू ग्रुपमार्फत 'यामाहा ब्ल्यू फेस्ट' सफलतापूर्वक आयोजना गरेको छ। यस कार्यक्रममा ग्राहक, डिलर तथा मोटरसाइकल प्रेमीहरूलाई एकै ठाउँमा ल्याउँदै आकर्षक ब्रान्ड अनुभव प्रदान गरिएको थियो। कार्यक्रमलाई साधारण बिक्री गतिविधिभन्दा माथि उठाएर अन्तरक्रिया, नवप्रवर्तन र उत्साहमार्फत...

आसिफको दोहोरो शतकमा एपिएफले जोड्यो प्रधानमन्त्री कप इतिहासमै सर्वाधिक योगफल

१ घण्टा अघि   सेतोपाटी

प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा सशस्त्र प्रहरी बलको नेपाल एपिएफ क्लबले कीर्तिमानी योगफल जोडेको छ।  मधेश प्रदेशविरूद्ध सोमबार वीगरञ्जमा खेलमा एपिएफका विकेटकिपर ब्याटर आसिफ शेखले दोहोरो शतक बनाएका हुन्। टस हारेर पहिले ब्याटिङ गरेको एपिएफले उनको दोहोरो शतकको मद्दतमा...

सकियो पूर्वप्रधानमन्त्री ओलीको पित्तथैलीको शल्यक्रिया

१ घण्टा अघि   सेतोपाटी

पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको शल्यक्रिया गरिएको छ। सोमबार बिहान त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया गरिएको उनको सचिवालयले जनाएको छ।  अध्यक्ष ओलीलाई प्रहरीले चैत १४ गते बिहान पक्राउ गरेको थियो। त्यसपछि उनी अस्पतालमै थिए। ओलीलाई...

उपसभामुख पाएपछि बोल्दैन भन्ने टिप्पणीमा हर्क साम्पाङले दिए प्रष्टीकरण

१ घण्टा अघि   सेतोपाटी

उपसभामुख दिएपछि अब बोल्दैनन् भन्दै टिप्पणी आएको भन्दै श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रष्टीकरण दिएका छन्। साम्पाङले सामाजिक सञ्जाल फेसबुकमार्फत् प्रतिपक्षी दलको हक सदुपयोग गरेको बताएका हुन्। ‘सामाजिक सञ्जालमा सुनिरहेको, बुझिरहेको कुरा के छ भने अब हर्क साम्पाङको पार्टीलाई...

सञ्चालनको पर्खाइमा नागढुंगा सुरूङमार्ग (तस्बिरहरू)

१ घण्टा अघि   सेतोपाटी

काठमाडौं–धादिङ जोड्ने नेपालको पहिलो आधुनिक सडक सुरुङमार्ग नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनको अन्तिम तयारीमा पुगेको छ। देशको यातायात पूर्वाधारमा नयाँ युगको सुरुवात गर्ने अपेक्षा गरिएको यस परियोजना बहुआयामिक महत्वको मानिन्छ। यस सुरुङमार्गको औपचारिक शिलान्यास २०७६ कार्तिकमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली गरेका...

चिडियाखानाभित्र पुरूष डुबेको अवस्थामा फेला, अस्पतालले गर्‍यो मृत घोषणा

१ घण्टा अघि   सेतोपाटी

ललितपुरको जावलाखेलमा रहेको चिडियाखानामा डुबेको अवस्थामा फेला परेका पुरूषको मृत्यु भएको छ। सोमबार बिहान चिडियाखानाको पोखरीमा एक पुरूष डुबेको अवस्थामा फेला परेको जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी होबिन्द्र बोगटीले जानकारी दिए। उनका अनुसार अन्दाजी ५५ वर्षीय पुरूषलाई तत्कालै पाटन अस्पताल...

कोका–कोलाले सुरू गर्‍यो 'फिफा वर्ल्ड कप २०२६' अभियान

२ घण्टा अघि   सेतोपाटी

कोका–कोला नेपालले आफ्नो बहुप्रतीक्षित फिफा वर्ल्ड कप २०२६ अभियान औपचारिक रूपमा सुरू गरेको छ।  यस अवसरमा राजधानीमा आयोजित एक कार्यक्रममा खेलकुद र मनोरञ्जन क्षेत्रका चर्चित व्यक्तित्वहरू सहभागी भएका थिए। कार्यक्रममा कोका–कोला नेपालको नयाँ ब्रान्ड एम्बासडर सार्वजनिक पनि गरिएको थियो।  साथै...

पूर्वप्रधानमन्त्री ओलीको शल्यक्रिया जारी

२ घण्टा अघि   सेतोपाटी

पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको शल्यक्रिया गरिएको छ। अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया आज जारी छ। उनको सचिवालयका अनुसार अहिले त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा शल्यक्रिया भइरहेको छ। त्रिवि शिक्षण अस्पतालका सहनिर्देशक गोपाल सेढाईंले अध्यक्ष ओलीको आज शल्यक्रिया...

घट्यो सुन-चाँदीको भाउ, आज कतिमा हुँदैछ किनबेच?

२ घण्टा अघि   सेतोपाटी

नेपाली बजारमा आज (सोमबार) सुन-चाँदीको भाउ घटेको छ।  आइतबार तोलामा दुई सय रूपैयाँ बढेको सुनको भाउ यसदिन भने प्रतितोला चार सय रूपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९६ हजार सात सय रूपैयाँमा किनबेच...

वार्ता असफल भएपछि अमेरिकाले घोषणा गर्‍यो इरानमाथि नाकाबन्दी

३ घण्टा अघि   सेतोपाटी

इस्लामावाद वार्ता असफल भएपछि अमेरिकाले इरानमाथि नाकाबन्दी सुरू गर्ने भएको छ। सोमबारदेखि नै लागु हुनेगरी अमेरिकाले इरानी बन्दरगाहमा प्रवेश गर्ने र बाहिरिने सबै समुद्री जहाजहरूमा नाकाबन्दी लगाउने घोषणा गरेको हो। अमेरिकी सेनाको केन्द्रीय कमान्ड (सेन्टकम)ले आइतबार वक्तव्य जारी गरी अमेरिकी...

२०० मिटर तल खस्यो ट्याक्टर, दुई जना गम्भीर घाइते

४ घण्टा अघि   सेतोपाटी

रोल्पामा गएराति ट्याक्टर दुर्घटनामा परी दुई जना शक्त घाइते भएका छन् । जिल्लाको त्रिबेणी गाउँपालिका – ७ दोरेणीका ३४ वर्षीय  श्याम डाँगी र सहचालक रोल्पा नगरपालिका – ६ धर्मशालाका १७ वर्षीय हिमाल तामाङ गम्भीर घाइते भएका छन् । जिल्लाका प्रहरी प्रवक्ता...

देश लंका बनिसकेछ– गोकुल बास्कोटा

४ घण्टा अघि   सेतोपाटी

नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले देश लंका बनिसकेको भन्दै टिप्पणी गरेका छन्। प्रधानमन्त्री, मन्त्रीहरूले सुनका गरगहनासहितको सम्पत्ति विवरण सार्वजनिक गरेपछि उनले गुराँस फुल्ने बेलामा मन्त्रीहरूको खेतबारीमा भने पँहेलपुर तोरी फुलेको भन्दै टिप्पणी गरेका हुन्। ‘आजका मिडिया र सामाजिक सन्जाल हेर्दा...

सेयर बजार महत्त्वपूर्ण मोडमा, लगानीकर्ताले ध्यान दिनैपर्ने ३ पक्ष

४ घण्टा अघि   सेतोपाटी

सेयर बजार परिसूचक नेप्से ३००० विन्दुको आसपास आएको निकै लामो समय भइसकेको छ। पछिल्लो समय २०८१ साउनदेखि नेप्से ३००० विन्दु नजिक पुग्दै ओर्लिँदै गरिरहेको छ। केही दिनअघि मात्रै २९६९ विन्दुसम्म पुगेको नेप्से त्यसपछि घट्दै २६६९ विन्दुसम्म ओर्लियो। अहिले त्यहाँबाट फेरि...

लुम्बिनी कांग्रेसको समीक्षा- हारको मुख्य कारण पार्टीभित्रको अन्तर्घात र नयाँ लहर

५ घण्टा अघि   सेतोपाटी

गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाली काँग्रेसले देशभर कमजोर नतिजा व्यहोरेको पृष्ठभूमिमा लुम्बिनी प्रदेशमा गरिएको समीक्षा कार्यक्रममा हारका कारणबारे तीव्र आत्मालोचना भएको छ। प्रदेशका १२ जिल्लाका २६ प्रत्यक्ष उम्मेदवारमध्ये जम्मा २ जना मात्रै निर्वाचित हुँदा २४ जना...

ढोका थुनेर चर्को आवाजमा म्युजिक बजाएर कुटपिट गरी युवकको हत्या

५ घण्टा अघि   सेतोपाटी

वीरगञ्ज महानगरपालिका वडा नं ११ श्रीपुरमा एक युवकको हत्या भएको छ। वीरगञ्ज मुर्ली बस्ने २८ वर्षीय विकास चौरसियाको आइतबार हत्या भएको हो । घटनामा संलग्न भएको आशंकामा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ। अनुसन्धानका लागि घरबेटीलाई समेत नियन्त्रणमा राखेको प्रहरीले...

कांग्रेस नेता बजगाईंले छाडे पार्टी

६ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसका नेता एवम् पूर्वसांसद राजेन्द्र बजगाईंले पार्टी परित्याग गरेका छन्। पछिल्लो समय नेतृत्वसँग रूष्ट रहेका उनले आइतबार सामाजिक सञ्जाल एक्समार्फत् पार्टीमा नरहेको घोषणा गरेका हुन्। ‘अन्ततः कांग्रेसमा बसिएन, सज्जनका हातमा गोबर छ, पिठ्युँमा घाँसको भारी बोकेर हिँडिरहेका छन्, अनुहारमा...