काठमाडौँ उत्तर-दक्षिण भ्रमणका सम्झनाहरू!
२०४१ सालको कुरा हो, नेपाल सरकारको पूर्ण स्वामित्व भएको वीरगंज चिनी कारखाना लिमिटेडले दरखास्त आह्वान गरेको तेस्रो तह क्लर्क पदका लागि मैले फाराम भरेर केही महिनापछि भएको लिखित परीक्षामा उत्तीर्ण भएँ, अरू चार जना परीक्षार्थी उम्मेदवारहरू सँगै। त्यसपछि अन्तर्वार्ता अर्थात्...
