ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

कांग्रेस-एमालेबीच पूर्व सहमतिअनुसार प्रदेशहरूमा सरकारको नेतृत्व परिवर्तन हुन्छ?

१ मिनेट अघि   सेतोपाटी

नेपाली कांग्रेस र नेकपा एमालेको सहकार्यमा प्रदेशहरूमा सरकार छ। विगतमा मुख्यमन्त्री लिँदा आलोपालो लिने सहमतिअनुसार दलहरू सहकार्य गर्न तयार भएको चर्चा भएको थियो। कोशी, कर्णाली र लुम्बिनीमा नेकपा एमाले नेतृत्वमा सरकार छ, कांग्रेसलगायत दलले सहयोग गरेका छन्। मधेस, बागमती, गण्डकी...

मन्त्रीहरूलाई कूटनीतिक आचारसंहिताबारे दिइयो जानकारी

१० मिनेट अघि   सेतोपाटी

परराष्ट्र मन्त्रालयले परराष्ट्र मामिला तथा कूटनीतिक आचारसंहिताबारे मन्त्रीहरूलाई प्रस्तुति दिएको छ। परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार सबै मन्त्रीहरुलाई प्रस्तुति दिएको प्रधानमन्त्री बालेन शाहकी प्रेस विज्ञ दिपा दाहालले जानकारी दिइन्। राईले अन्तर्राष्ट्रिय परिवेश, नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध,...

अबदेखि शुक्रबार पनि सेयर बजार खुल्ने

३६ मिनेट अघि   सेतोपाटी

अबदेखि शुक्रबार पनि सेयर बजार खुल्ने भएको छ। नेपाल स्टक एक्सचेन्जको सञ्चालक समितिले चैत २३ गतेबाटै नै लागु हुने गरेर यस्तो निर्णय गरेको छ।  सरकारले शनिबार र आइतबार दुई दिन सरकारी कार्यालय र शैक्षिक संस्थामा बिदा दिने निर्णय गरेपछि सोही...

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी

१ घण्टा अघि   सेतोपाटी

पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र उनकी पत्नीसमेत रहेकी पूर्वपरराष्ट्र मन्त्री आरजु राणा देउवाविरूद्ध पक्राउ पुर्जी जारी भएको छ। गृह मन्त्रालय स्रोतका अनुसार देउवा दम्पतीमाथि सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोगमा पक्राउ पुर्जी जारी भइसकेको छ। ‘उहाँहरूमाथि सम्पत्ति शुद्धीकरण अभियोगमा...

सन्दीपले पाँच विकेट लिएपछि बागमतीको सजिलो जित

१ घण्टा अघि   सेतोपाटी

प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले तेस्रो जित निकालेको छ।  बुधबार जनकपुरमा भएको खेलमा बागमतीले कोशी प्रदेशलाई ७ विकेटले पराजित गरेको हो। अंक तालिकाको पुछारमा रहेको कोशीले अहिलेसम्म जित निकाल्न सकेको छैन। बागमतीले ७ खेलबाट ६ अंक जोड्दै...

विशेष महाधिवेशन पक्षधरलाई बादलले भनेका ७ कुरा

१ घण्टा अघि   सेतोपाटी

नेकपा एमालेका कार्यवाहक अध्यक्ष रामबहादुर थापा ‘बादल’ ले विशेष महाधिवेशन पक्षधर युवाहरूलाई पार्टीले समीक्षा गर्ने भन्दै हस्ताक्षर बन्द गर्न आग्रह गरे। कार्यवाहक अध्यक्ष बादलले बुद्धिजीवी परिषद् अध्यक्ष गजेन्द्र थपलिया, राष्ट्रिय युवा संघका उपमहासचिव उपेन्द्र शाही, अनेरास्ववियुका उपमहासचिव कमल जोशीलाई बोलाएर...

टेलिकमले ल्यायो 'पे-एज-यु-गो' नियन्त्रण गर्ने विकल्प

१ घण्टा अघि   सेतोपाटी

नेपाल टेलिकमले 'पे-एज-यु-गो' नियन्त्रण गर्ने विकल्प ल्याएको छ। टेलिकमले जिएसएम प्रिपेड तथा पोस्टपेड मोबाइल सेवामा उपलब्ध गराएको डेटा सुविधा ग्राहकहरूले प्याकेज खरिद गरेर वा प्याकेज खरिद नगरेर नियमित शुल्क भुक्तानी गरी (पे-एज-यु-गो) प्रयोग गरिरहेकोमा अब प्याकेज खरिद गरेका ग्राहकहरूले आफै...

राष्ट्रिय सभाका विभिन्न समितिका सभापतिहरूले गरे शपथ ग्रहण (तस्बिरहरू)

२ घण्टा अघि   सेतोपाटी

संघीय संसद अन्तर्गतको राष्ट्रिय सभाका विभिन्न विषयगत समितिका नवनिर्वाचित सभापतिहरूले शपथ ग्रहण गरेका छन्। राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय सभा नियमावली, २०७५ को नियम २१७ क. को उपनियम (२) बमोजिम राष्ट्रिय सभाका नवनिर्वाचित सभापतिहरूलाई  पद तथा गोपनीयताको शपथ गराएका हुन्।...

भिभोको नयाँ स्मार्टफोन भी७० सार्वजनिक, कति पर्छ मूल्य?

२ घण्टा अघि   सेतोपाटी

भिभोले लोकप्रिय भी सिरिज अन्तर्गत नयाँ स्मार्टफोन भी७० सार्वजनिक गरेको छ।  कम्पनीका अनुसार यो स्मार्टफोन विशेष रूपमा उच्च गुणस्तरको पोट्रेट फोटोग्राफी र टाढाबाट स्पष्ट तस्बिर खिच्न सकिने गरी डिजाइन गरिएको छ।  नयाँ भी७० मा ५० मेगापिक्सेल जाइस सुपर टेलिफोटो क्यामरा...

१० दिनको डेडलाइन तोकिएको चिस्यान केन्द्र सम्भाव्यता अध्ययन कहाँ पुग्यो?

२ घण्टा अघि   सेतोपाटी

डेडलाइन तोकिएको थियो — १० दिन। तर समय सकिँदासम्म काम सुरू भएको छैन। हामी कुरा गर्दैछौं, सरकारले जारी गरेको शासकीय सुधारका १०० बुँदे कार्यसूचीअन्तर्गत १० दिनमा गर्ने भनिएको चिस्यान केन्द्र स्थापनाको सम्भाव्यता अध्ययन। प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारले कार्यभार...

कानुन व्यवसायीकै कार्डबाट सिंहदरबार प्रवेश गर्न मिल्ने व्यवस्था गर्न प्रधानमन्त्रीलाई बारको अनुरोध

२ घण्टा अघि   सेतोपाटी

नेपाल बार एशोसिएशनले कानुन व्यवसायीलाई परिचय पत्रबाटै सिंहदरबार प्रवेशको व्यवस्थाका लागि सहजीकरण गरिदिन प्रधानमन्त्री बालेन शाहको ध्यानाकर्षण गराएको छ। बुधबार बारका महासचिव वरिष्ठ अधिवक्ता केदारप्रसाद कोइरालाले सिंहदरबार प्रवेशमा सहजीकरण गर्न प्रधानमन्त्री शाहको ध्यानाकर्षण गरेका हुन्। ‘विगतमा जस्तै कानुन व्यवसायीहरूको हकमा...

इन्स्पेक्टर बिनुकुमारी शाहीसहित ५ जनाले पाए सफाइ, एक जनालाई कैद सजाय

३ घण्टा अघि   सेतोपाटी

हनी ट्र्यापमा पारी आपराधिक लाभ लिएको घटनामा प्रहरी निरीक्षक बिनुकुमारी शाहीसहित पाँच जनाले सफाइ पाएका छन्। मंगलबार जिल्ला अदालत ललितपुरका न्यायाधीश ढाकाराम पौडेलको इजलासले एक जनालाई दोषी ठहर गर्दै अन्य पाँच जनालाई सफाइ दिएको हो। आपराधिक लाभ लिएको कसुरमा जिल्ला...

नयाँ वर्षको अवसरमा केईको एक्सचेन्ज क्याम्प घोषणा

३ घण्टा अघि   सेतोपाटी

केई गाडीका लागि नेपालको आधिकारिक बिक्रेता लक्ष्मी ई–मोबिलिटी प्रा. लि. र जि.ओ. अटोमोबाइल्स प्रा. लि. ले नेपाली नयाँ वर्ष २०८३ को सुरुवातसँगै तीन दिन 'केई एक्सचेन्ज क्याम्प' सञ्चालन गर्ने घोषणा गरेका छन्। ग्राहकलाई सहज र उत्कृष्ट मूल्यमा आफ्ना सवारी साधन...

सिंहदरबार प्रवेश गर्न कानुन व्यवसायीको परिचय पत्रले नहुने, बेग्लै गेट पास लिनुपर्ने

३ घण्टा अघि   सेतोपाटी

सिंहदरबार प्रवेश गर्दा कानुन व्यवसायीहरूले गेट पास लिनुपर्ने व्यवस्था भएको छ। कानुन व्यवसायीको परिचय पत्रको आधारमा सिंहदरबारमा निर्वाध रूपमा प्रवेश गर्न पाउने व्यवस्थालाई रोक लगाउँदै नयाँ गेट पास लिनुपर्ने व्यवस्था सुरू भएको हो। सिंहदरबारभित्र प्रशासकीय अदालत छ। जहाँ कानुन व्यवसायीहरू...

टौरियन एमपिएसले आरबिजी इन्टरनेसनललाई नियुक्त गर्‍यो आधिकारिक डिलर

३ घण्टा अघि   सेतोपाटी

टौरियन एमपिएस लिमिटेड (क्रसिङ, स्क्रिनिङ तथा मटेरियल प्रोसेसिङ उपकरण निर्माणमा विश्वव्यापी रूपमा स्थापित) कम्पनीले आरबिजी इन्टरनेसनल प्रा.लि.लाई नेपालका लागि आफ्नो आधिकारिक डिलरका रूपमा औपचारिक रूपमा नियुक्त गरेको छ। उक्त साझेदारी होटल बराही प्लाजा, काठमाडौंमा आयोजित एक औपचारिक समारोहमार्फत सम्पन्न गरिएको...

एकैदिन तोलामा ७२ सय रूपैयाँ बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच?

३ घण्टा अघि   सेतोपाटी

नेपाली बजारमा आज (बुधबार) सुन-चाँदीको भाउ बढेको छ।  मंगलबार तोलामा चार सय रूपैयाँ बढेको सुनको भाउ यसदिन भने प्रतितोला सात हजार दुई सय रूपैयाँ बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९९ हजार रूपैयाँमा किनबेच...

तीन दिनपछि फेला पर्‍यो युवकको शव

४ घण्टा अघि   सेतोपाटी

प्यूठानमा नुहाउने क्रममा बगेर बेपत्ता एक युवकको शव तीन दिनपछि फेला परेको छ। स्वर्गद्वारी नगरपालिका ६ भानडाँडाका १९ वर्षीय नवराज घर्ती चैत २३ गते दिउँसो साढे ३ बजेतिर बगेर बेपत्ता भएका थिए। ट्याक्टरका सहचालक उनी माण्डवी गाउँपालिका १ सिमचौरस्थित माडी नदीमा नुहाउने क्रममा...

पशुपति क्षेत्रमा फेला परेका फ्रान्सेली नागरिकलाई बुझाइयो अध्यागमन विभाग

४ घण्टा अघि   सेतोपाटी

पशुपति क्षेत्रमा फेला परेका फ्रान्सेली नागरिकलाई प्रहरीले उद्धार गरी अध्यागमन विभागमा बुझाएको छ। नेपाल प्रहरीले बुधबार सामाजिक सञ्जालमार्फत यसबारे जानकारी दिएको हो।  ती फ्रान्सेली नागरिक विगत ६ वर्षदेखि नेपाली श्रीमतीसँग नेपाल बस्दै आएको खुलेको छ। आर्थिक कारणले उनले आफ्नो पासपोर्ट, मोबाइल,...

इसराइलले भन्यो- १४ दिने युद्धविराममा लेबनन समावेश छैन

४ घण्टा अघि   सेतोपाटी

अमेरिका र इरानबीच भएको युद्धविराम सम्झौतामा इसराइलले धारणा सार्वजनिक गरेको छ। युद्धविराम घोषणा भएको घन्टौं पछि इसराइलले धारणा सार्वजनिक गरेको हो। इसराइली प्रधानमन्त्री बेन्जमिन नेतन्याहूको कार्यालयले दुई साता आक्रमण नगर्ने अमेरिकाको निर्णयलाई समर्थन गरेको छ। तर युद्धविराममा लेबनन नसमेटिने उसले...

संविधान संशोधन बहसपत्र तयार कार्यदलको पहिलो बैठक आज

४ घण्टा अघि   सेतोपाटी

संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको पहिलो बैठक आज बस्दैछ। सरकारले चैत १६ गते प्रधानमन्त्री बालेन शाहका प्रमुख राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा समिति गठन गरेको थियो। बैठक आज अपराह्न ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा बस्दैछ। कार्यदलमा सत्तारूढ राष्ट्रिय...

यसरी हुँदैछ एसइई परीक्षाको कापी जाँच

४ घण्टा अघि   सेतोपाटी

चैत १९ देखि देशभर भइरहेको एसइई परीक्षामा यसपालि एउटा कुरा फरक छ। पहिले पहिले जाँच दिने विद्यार्थी मात्र हरेक दिन परीक्षाको दौडमा सामेल हुन्थे। यसपालि शिक्षकहरूको पनि आफ्नै दौड सुरू भएको छ। उनीहरू विषयगत परीक्षा सकिएको तीन दिनभित्र उत्तरपुस्तिका जाँच्ने...

अमेरिका र इरान दुवैले गरे जितको दाबी, इसराइल मौन

४ घण्टा अघि   सेतोपाटी

अमेरिका र इरानबीच दुई साता युद्धविराम घोषणा भएको छ। फेब्रुअरी २८ देखि जारी युद्ध झन्डै ६ हप्तापछि रोकिने ढोका खुलेको छ। इरानलाई बुधबार बिहानसम्ममा ध्वस्त् बनाउने चेतावनी दिएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अल्टिमेटम सकिएलगत्तै युद्धविरामका लागि तयार रहेको बताएका थिए।...

प्रधानमन्त्री बालेनले विदेशी राजदूतहरूसँग सामूहिक छलफल गर्दै

५ घण्टा अघि   सेतोपाटी

प्रधानमन्त्री बालेन शाहले बुधबार विदेशी राजदूतहरूसँग सामूहिक छलफल गर्दैछन्। आज मध्याह्न १२ बजेपछि राजदूतहरूसँग सामूहिक छलफल गर्ने कार्यसूची रहेको प्रधानमन्त्रीका प्रेसविज्ञ दिपा दाहालले जानकारी दिइन्। उनका अनुसार भेटमा परराष्ट्रमन्त्री शिशिर खनाल, मुख्य सचिव सुमनराज अर्याल प्रधानमन्त्रीका सल्लाहकारहरू, परराष्ट्र मन्त्रालयका सचिव...

घट्न रोकिँदैछ सेयर बजार, किन?

५ घण्टा अघि   सेतोपाटी

२०७८ भदौमा नेप्से हालसम्मको उच्च विन्दु ३१९८ पुगेर घटेयता ६ पटकसम्म ३००० विन्दु छुने प्रयासमा 'स्विङ' गरेको छ। यस्तो स्विङमा नेप्से दुई पटक बाहेक अन्य समयमा २० प्रतिशतभन्दा कमले घटेर फर्किएको देखिन्छ। सेयर बजारमा सामान्यतया बजार नजिकको विन्दुबाट २० प्रतिशतले घटे...