रेस्टुरेन्टको मजदुरीबाट सभामुखसम्मको यात्रा तय गर्दै डिपी
२०४८ सालमा मजदुरी गर्न धादिङबाट काठमाडौं छिरेका डोलप्रसाद अर्याल (डिपी) निर्विरोध रूपमा सभामुख बन्ने निश्चित भएको छ। शुक्रबार बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म मनोनयनको समय दिइएकोमा रास्वपा उपसभापतिसमेत रहेका अर्यालको मात्रै उम्मेदवारी परेको हो। संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीले...
