ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

बबरमहलमा एमाले कार्यकर्ताहरूले सडकमै टायर बाले, गाडीको सिसा फुटाए (तस्बिरहरू)

४ मिनेट अघि   सेतोपाटी

एमाले अध्यक्ष केपी शर्मा ओलीलाई रिहा गर्न माग गर्दै एमाले कार्यकर्ताहरूले काठमाडौंको बबरमहलमा प्रदर्शन गरेको छ। शनिबार दिउँसो तीन बजेपछि माइतीघर क्षेत्रमा भेला भएका एमाले नेता कार्यकर्ताहरू नाराबाजी गर्दै बबरमहलतर्फ अघि बढेका थिए।  बबरमहलको मूल सडकमै प्रदर्शनकारीहरूले टायर बालेका थिए। ...

एमालेका पूर्वसभासद बलात्कार आरोपमा पक्राउ

१६ मिनेट अघि   सेतोपाटी

नेकपा एमालेका पूर्वसभासद कर्णबहादुर मल्ल बलात्कार आरोपमा पक्राउ परेका छन्।  शनिबार जिल्ला प्रहरी परिसरले मल्ललाई सातदोबाटो पक्राउ गरेको जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी होबिन्द्र बोगटीले जानकारी दिए।  उनका अनुसार ५२ वर्षीय मल्ल एक महिनादेखि फरार थिए।  पीडित महिलाले परिसरमा फागुन...

ओली पक्राउ परेपछि एमाले निस्कियो सडकमा (तस्बिरहरू)

३१ मिनेट अघि   सेतोपाटी

नेकपा (एमाले) सडकमा निस्किएको छ।  अध्यक्ष केपी शर्मा ओली शनिबार बिहान पक्राउ परेपछि नेता कार्यकर्ताहरू सडकमा निस्किएका हुन्।  शनिबार दिउँसो काठमाडौंको माइतीघर, बबरमहल सडक क्षेत्रमा एमाले नेता कार्यकर्ताहरूले प्रदर्शन गरेका छन्।  ठूलो संख्यामा नेता कार्यकर्ताहरू नाराबाजी गर्दै सडकमा निस्किएपछि माइतीघर-बानेश्वर...

कांग्रेसले दियो सांसदहरूलाई अभिमुखीकरण (तस्बिरहरू)

५८ मिनेट अघि   सेतोपाटी

नेपाली कांग्रेसले नवनिर्वाचित प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदहरूलाई अभिमुखीकरण दिएको छ।  शनिबार पार्टी केन्द्रीय कार्यालय सानेपामा नवनिर्वाचित सांसदहरूलाई कांग्रेसले अभिमुखीकरण दिएको हो।  कार्यक्रममा फागुन २१ को प्रतिनिधि सभा निर्वाचन र माघ ११ को राष्ट्रिय सभा निर्वाचनबाट आएका पार्टीका सांसदहरू...

रत्नराज्य क्याम्पस अगाडि अनेरास्ववियुको विरोध प्रदर्शन (तस्बिरहरू)

१ घण्टा अघि   सेतोपाटी

नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियुले प्रदर्शन गरेको छ। काठमाडौंको प्रदर्शनीमार्गस्थित रत्नराज्य क्याम्पस अगाडि अनेरास्ववियुले सडकमै टायर बालेर प्रदर्शन गरेको हो। पार्टी अध्यक्ष केपी शर्मा ओली शनिबार बिहान पक्राउ परेका थिए।  त्यसको विरोधमा अनेरास्ववियुले विरोध प्रदर्शन गरेको हो। सडकमा बालेको...

त्रिचन्द्र क्याम्पस अगाडिको थकाली रेस्टुरेन्टमा आगलागी

१ घण्टा अघि   सेतोपाटी

काठमाडौंको त्रिचन्द्र क्याम्पस अगाडिको एउटा रेस्टुरेन्टमा आगलागी भएको छ।  घन्टाघर नजिकै रहेको थकाली रेस्टुरेन्टमा शनिबार दिउँसो आगलागी भएको हो। भवनको माथिल्लो तलामा आगलागी भएको खबर प्राप्त भएको प्रहरीले जनाएको छ। आगो निभाउन दमकल र सुरक्षाकर्मीहरू परिचालन गरिएको प्रहरीले जनाएको छ। ...

सरकारले प्रतिशोधको राजनीति सुरू गर्‍यो- एमाले नेता भट्टराई

१ घण्टा अघि   सेतोपाटी

नेकपा एमालेका नेता विशाल भट्टराईले सरकारले प्रतिशोधको राजनीति सुरु गरेको लगाएका छन्। शनिबार बिहान पार्टी केन्द्रीय सचिवालय बैठकअघि पत्रकारहरूसँगको कुराकानीमा नेता भट्टराईले सरकारको पछिल्लो कदम पूर्वाग्रहपूर्ण र निन्दनीय भएको बताएका हुन्। कार्की आयोगको प्रतिवेदन आफैमा विवादित रहेको पनि बताएका छन्।...

'काठमाडौं–४ बाट उठ्न कोही तयार थिएन'

२ घण्टा अघि   सेतोपाटी

पुकार बम राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट प्रत्यक्ष निर्वाचित प्रतिनिधिसभा सदस्य हुन्। पछिल्ला तीन वटा निर्वाचनमा पराजय भोगेका पुकारले यस पटक काठमाडौं– ४ बाट जित हात पारे। काठमाडौं– ४ बाट यसअघिका तीन वटा निर्वाचनमा कांग्रेसका गगन थापा विजयी भएका थिए। तर...

प्रतिशोध र आवेगले आगो बाल्छ- उपमहासचिव भट्टराई

२ घण्टा अघि   सेतोपाटी

नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले अध्यक्ष केपी शर्मा ओली पक्राउको घटनालाई संसद, सडक र न्यायलय तीन तिरबाट प्रतिवाद गर्ने बताएका छन्।  पार्टी कार्यालय च्यासलमा शनिबार पत्रकारहरूसँग कुरा गर्दै उनले गैरसंवैधानिक र गैरकानूनी रूपले अध्यक्ष ओलीलाई पक्राउ गरिएकोले सशक्त विरोध गर्ने...

कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन

३ घण्टा अघि   सेतोपाटी

गृहमन्त्री सुधन गुरुङले कानुन कार्यान्वयनमा दह्रोसँग उभिन सुरक्षाकर्मीहरुलाई निर्देशन दिएका छन्। जावलाखेलस्थित जिल्ला प्रहरी परिसर ललितपुरको निरीक्षणका क्रममा उनले पारदर्शी ढंगबाट कार्यसम्पादन गर्न निर्देशन दिएका हुन्। मन्त्री गुरुङले ललितपुरको सातदोबाटोस्थित प्रहरी वृत्तको पनि निरीक्षण गरेको जिल्ला प्रहरी परिसरका प्रवक्ता एवं...

रूपन्देहीमा पशु चिकित्सकहरूको राष्ट्रिय सम्मेलन हुँदै

३ घण्टा अघि   सेतोपाटी

रूपन्देहीमा नेपालमा रहेका पशु चिकित्सक/प्राविधिकहरूको राष्ट्रिय सम्मेलन हुने भएको छ। नेपाल भेटेरिनरी एसोसिएसनले पशु स्वास्थ्य, प्रविधि र अनुसन्धानलाई एकीकृत गर्दै एक स्वास्थ्य अवधारणालाई सुदृढ बनाउने उद्देश्य सहित १६ औँ राष्ट्रिय भेटेरिनरी सम्मेलन आयोजना गर्न लागेको हो। यही चैत २७ र...

राजनीतिक र कानुनी प्रतिवादका लागि एमालेले तीन नेतालाई तोक्यो जिम्मेवारी

३ घण्टा अघि   सेतोपाटी

नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता रमेश लेखकमाथि प्रतिशोधपूर्ण ढंगले पक्राउ गरिएको भन्दै दृढताका साथ कानुनी र राजनीतिक प्रतिवाद गर्ने निर्णय गरेको छ। शनिबार बिहान पार्टी केन्द्रीय कार्यालयमा बसेको पाँचौं सचिवालय बैठकले पार्टी अध्यक्ष एवं...

पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउप्रति तरूण दलको विरोध

४ घण्टा अघि   सेतोपाटी

नेपाल तरूण दलले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरिएको घटनाप्रति आपत्ति जनाएको छ। तरूण दलका अध्यक्ष विद्वान गुरूङले जारी गरेको प्रेस विज्ञप्तिमा उक्त पक्राउ राजनीतिक प्रतिशोध र पूर्वाग्रहका आधारमा गरिएको दाबी गरिएको छ। संगठनले यस्तो कदमले...

ओली पक्राउपछि एमाले सचिवालय बैठकले केके गर्‍यो निर्णय?

४ घण्टा अघि   सेतोपाटी

नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता रमेश लेखकमाथि प्रतिशोधपूर्ण ढंगले पक्राउ गरिएको भन्दै दृढताका साथ कानुनी र राजनीतिक प्रतिवाद गर्ने निर्णय गरेको छ। शनिबार बिहान पार्टी केन्द्रीय कार्यालयमा बसेको पाँचौं सचिवालय बैठकले पार्टी अध्यक्ष एवं...

च्यासलमा एमाले नेता कार्यकर्ताको भिड (तस्बिरहरू)

४ घण्टा अघि   सेतोपाटी

नेकपा (एमाले)को केन्द्रीय कार्यालय च्यासलमा नेता कार्यकर्ताहरूको भिड छ। अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछि नेता कार्यकर्ताहरू च्यासलमा जम्मा भएका हुन्।  च्यासलमै सचिवालयको आकस्मिक बैठक बसेको थियो। बैठकले  आम जनसमुदाय, नागरिक समाजलाई साथ लिएर दृढताको साथ कानुनी तथा राजनीतिक रूपमा सशक्त...

ओली पक्राउको विरोधमा एमालेले तय गर्‍यो संघर्षका चार कार्यक्रम

४ घण्टा अघि   सेतोपाटी

नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा संघर्षका चार कार्यक्रम तय गरेको छ। शनिबार बिहान पार्टी केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले आम जनसमुदाय, नागरिक समाजलाई साथ लिएर दृढताको साथ कानुनी तथा राजनीतिक रूपमा सशक्त प्रतिवाद गर्ने निर्णय गरेको छ।...

त्रिवि शिक्षण अस्पतालको भिआइपी क्याबिनमा भर्ना गरियो ओलीलाई

४ घण्टा अघि   सेतोपाटी

शनिबार बिहान पक्राउ परेका एमाले अध्यक्ष केपी शर्मा ओली अस्पताल भर्ना भएका छन्। उनलाई अस्पतालको भिआइपी क्याबिनको ५०१ नम्बर बेडमा भर्ना गरिएको अस्पताल स्रोतले जानकारी दिएको छ। ओली मिर्गौला प्रत्यारोपणका बिरामी हुन् । उनको दुईपटकसम्म मिर्गौला प्रत्यारोपण भएको छ। उनलाई...

दोषी लुकाएर एक पक्षलाई मात्रै गरिने कारबाहीले सुशासन स्थापना गर्दैन- कांग्रेस नेता महर

५ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसका नेता नैनसिंह महरले दोषीलाई लुकाएर एकपक्षलाई मात्रै लक्ष्य गरी गरिने कारबाहीले सुशासन स्थापना नहुने बताएका छन्। पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेपछि उनले राज्य कानुन मिचेर अगाडि बढ्दा प्रतिशोधले देश जलाउने टिप्पणी गरेका छन्...

रमेश लेखक पक्राउबारे के गर्छ कांग्रेसले?

५ घण्टा अघि   सेतोपाटी

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँगै कांग्रेस नेता रमेश लेखक पनि पक्राउ परेका छन्। जेनजी आन्दोलन जाँचबुझ आयोगको सिफारिस कार्यान्वयन गर्ने निर्णय शुक्रबार गरेर शनिबार सरकारले ओली र लेखकलाई पक्राउ गरेको हो। जेनजी आन्दोलन हुँदा ओली प्रधानमन्त्री र लेखक गृहमन्त्री...

रोशी खोलाको बाढीले बगायो मोटरसाइकल र गाडी, एक कर्मचारीको मृत्यु

५ घण्टा अघि   सेतोपाटी

शुक्रबार साँझको वर्षातपछि रोशी खोलामा आएको बाढीले बगाएर डिभिजन सडक कार्यालय भक्तपुरअन्तर्गत कार्यरत एक कर्मचारीको मृत्यु भएको छ। बाढीले बगाएर रोशी गाउँपालिका–७ का अन्दाजी ४० वर्षका कुन्साङ तामाङको मृत्यु भएको इलाका प्रहरी कार्यालय मङ्गलटारले जनाएको छ। उक्त कार्यालयका सुपरभाइजर तामाङ...

बिहानै पक्राउ गर्न पुगेका प्रहरीलाई के भने ओलीले?

५ घण्टा अघि   सेतोपाटी

प्रधानमन्त्री बालेन शाह नेतृत्वको पहिलो मन्त्रिपरिषद बैठकले जेनजी आन्दोलनको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेसँगै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली पक्राउ पर्ने गाइँगुइँ सुरू भइसकेको थियो। मन्त्रिपरिषद बैठकलगत्तै गृहमन्त्री सुधन गुरूङले नेपाल प्रहरीका आइजिपी दानबहादुर कार्की, सशस्त्र प्रहरी बलका आइजिपी राजु...

आन्दोलनका कार्यक्रम तय गर्न एमाले सचिवालय बैठक जारी

५ घण्टा अघि   सेतोपाटी

नेकपा एमाले सचिवालय बैठक ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसिरहेको छ। केही बेरअघि सुरू भएको बैठकले संघर्षका कार्यक्रम तय गर्ने सचिव महेश बस्नेतले जानकारी दिए। ‘अध्यक्ष केपी शर्मा ओलीलाई प्रतिशोधपूर्ण तथा बदलाभावले पक्राउ गरेपछि पार्टीको धारणा स्पष्ट गर्न र आगामी...

त्रिवि शिक्षण अस्पतालमा ओलीको स्वास्थ्य परीक्षण हुँदै

६ घण्टा अघि   सेतोपाटी

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्य परीक्षण गर्न प्रहरीले उनलाई त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पताल महाराजगञ्ज लगेको छ। अस्पतालको आकस्मिक कक्षमा अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण भइरहेको अस्पतालका प्रवक्ता डा गोपाल सेढाईंले बताए। 'प्रहरीले अध्यक्ष ओलीलाई स्वास्थ्य परीक्षण गर्न भनेर...

ओली पक्राउको विरोधमा सडकमा निस्कियो एमाले

६ घण्टा अघि   सेतोपाटी

पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा नेकपा एमाले सडकमा निस्किएको छ। एमाले काठमाडौं जिल्ला कमिटीले चाबहिल चोकमा प्रदर्शन गरिरहेको हो। अध्यक्ष दीपक निरौलाका अनुसार भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनका नाममा अध्यक्ष ओलीमाथि प्रतिशोध साँधिएपछि...