ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

पूर्वमा फैलिँदैछ बर्डफ्लू

१५ मिनेट अघि   सेतोपाटी

केही दिनअघि मोरङको सुन्दरहरैंचामा देखिएको कुखुरामा लाग्ने संक्रामक रोग बर्डफ्लू अन्यत्र पनि फैलिन थालेको छ। मोरङको सुन्दरहरैंचा र उर्लाबारीपछि झापाका कुखुरामा पुष्टि भएको बर्डफ्लू संक्रमण विराटनगरमा पनि देखिएको छ। तीन दिनअघि मोरङको सुन्दरहरैंचा र उर्लाबारीमा संक्रमण देखिएपछि झापाका दमक र...

बैंकहरू पुँजीकोषमा दबाबमै, एक बैंकले लाभांश दिनै नपाउने

२७ मिनेट अघि   सेतोपाटी

राष्ट्र बैंकले हालै सार्वजनिक गरेको बैंकहरूको पुससम्मको महत्वपूर्ण वित्तीय सूचकले आठ वटा बैंकहरूमा पुँजी कोष दबाब देखिएको छ। राष्ट्र बैंकले केही ढिलो गरि आज (चैत ९ गते) यस्तो विवरण सार्वजनिक गरेको हो। त्यसैले पछिल्लो समय बैंकहरूको यस्तो अनुपातमा थप सुधार...

चितवनमा दुर्घटना- एक जनाको मृत्यु

२८ मिनेट अघि   सेतोपाटी

चितवनमा तेल ट्यांकरको ठक्करबाट स्कुटरमा सवार महिलाको मृत्यु भएको छ। रत्ननगर-९ निपनीस्थित पूर्व-पश्चिम राजमार्गमा भरतपुरतर्फ आउँदै गरेको ट्यांकरले भित्री सडकबाट निस्किएको स्कुटरलाई ठक्कर दिएको थियो। लु २ ख २८९४ नम्बरको ट्यांकरको ठक्करबाट ना ५५ प ८०७७ नम्बरको स्कुटरमा सवार ३५...

देवको ९२ रनको मद्दतमा कोशीमाथि लुम्बिनीको जित

३४ मिनेट अघि   सेतोपाटी

प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा कप्तान देव खनालको उत्कृष्ट ब्याटिङको मद्दतमा लुम्बिनी प्रदेशले विजयी सुरूवात गरेको छ। सोमबार जनकपुरमा भएको खेलमा लुम्बिनी कोशी प्रदेशमाथि १४८ रनको विशाल जित निकालेको हो। टस जितेको कोशीले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको लुम्बिनी...

अमेरिकामा अवतरणका क्रममा दमकलसँग ठोक्कियो जहाज

४२ मिनेट अघि   सेतोपाटी

अमेरिकाको न्यूयोर्कस्थित ला ग्वार्डिया विमानस्थलमा विमान र दमकल गाडी ठोक्किएको छ। आइतबार राति अवतरणका क्रममा यात्रुवाहक विमान र दमकल गाडी ठोक्किँदा पाइलट र को–पाइलटको मृत्यु भएको छ भने दर्जनौं यात्रु घाइते भएको अमेरिकी टेलिभिजन नेटवर्क सिएनएनले लेखेको छ। एयर क्यानडाको विमानले...

रोस्ट शो 'क्ल्यास अफ टङ्स' ल्याउँदै विशाल गौतम

४२ मिनेट अघि   सेतोपाटी

'क्ल्यास अफ टङ्स' नामक रोस्ट शो दर्शकमाझ आउने भएको छ। दर्शकहरूलाई तीखो व्यंग्य र हास्यको अनौठो अनुभव दिने लक्ष्यसहित शो ल्याउन लागिएको कार्यक्रमका होस्ट विशाल गौतमले जानकारी दिए। उनका अनुसार चैतको तेस्रो सातादेखि शो प्रसारणमा आउनेछ।  शोको निर्देशक र निर्माता पनि...

१४ वर्षीया बालिकालाई बेपत्ता बनाएको उजुरी, बालिका र आफन्तलाई खोज्दै प्रहरी

४५ मिनेट अघि   सेतोपाटी

सप्तरीमा १४ वर्षीया बालिकालाई गर्भवतीपछि बेपत्ता बनाएको भन्दै प्रहरीमा उजुरी परेको छ। सुरूंगा नगरपालिका-३ का स्थानीय महेश्वर यादवको घरमा बस्दै आएकी १४ वर्षीया बालिका फागुन ३० गतेदेखि हराएको भन्दै प्रहरीमा उजुरी परेको हो। ७/८ वर्षदेखि महेश्वर यादवको घरमा बस्दै आएकी...

दुबई उडानमा समस्या, यात्रुका लागि निगमले राख्यो विशेष फ्लाइट

५३ मिनेट अघि   सेतोपाटी

नेपाल वायुसेवा निगमले यात्रुहरूको सहजताका लागि काठमाडौं–दुबई–काठमाडौं उडान सञ्चालन गर्ने भएको छ। निगमका अनुसार काठमाडौंबाट दुबईका लागि आरए २२९ नम्बरको उडान चैत ११ गते राति ११ः१५ मा प्रस्थान गर्नेछ।  दुबईबाट काठमाडौंका लागि आरए २३० नम्बरको उडान चैत १२ गते...

योगेश भट्टराईले मातहतका कमिटीबाट मागे छुट्टै सुझाव

५३ मिनेट अघि   सेतोपाटी

नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले प्रतिनिधि सभा निर्वाचनको वस्तुनिष्ठ समीक्षा हुनुपर्ने भन्दै छुट्टै सुझाव माग गरेका छन्। एमाले जस्तो लोकप्रिय, बलियो जनाधार र बलियो संगठन भएको पार्टी किन यो हालतमा पुग्यो, यसको समीक्षा हुनुपर्ने भन्दै उनले मातहतका कमिटीबाट समीक्षा, सुझाव...

बाजुराबाट उपचारका लागि सुर्खेत ल्याइएको शिशु र सुत्केरीको मृत्यु

५९ मिनेट अघि   सेतोपाटी

बाजुराबाट थप उपचारका लागि सुर्खेत ल्याइएको शिशु र सुत्केरीको मृत्यु भएको छ। ५ दिन अघि बडीमालिका नगरपालिका- १ की २१ वर्षीया सुत्केरी सरताकुमारी रोकाय र शिशुको मृत्यु भएको हो। चैत ४ गते जिल्ला अस्पताल बाजुरमा १५ सय ग्रामको शिशु जन्माएकी थिइन्।...

इरान युद्धका कारण भारतको अर्थतन्त्र संकटमा पर्ने लक्षण

१ घण्टा अघि   सेतोपाटी

तीन हप्ता अघिसम्म भारत विश्वका ठूला अर्थतन्त्रहरूमा सबैभन्दा तीव्र गतिमा बढिरहेकाहरू मध्ये एक थियो। भारतको आर्थिक वृद्धि दर शक्तिशाली उत्तरी छिमेकी चीनको भन्दा निरन्तर उच्च थियो। भारत बेलायतलाई पछि पार्दै विश्वको पाँचौं ठूलो अर्थतन्त्र बनिसकेको थियो र चौथो स्थानका लागि...

पहिलो प्रेम कहाँ मर्छ र?

१ घण्टा अघि   सेतोपाटी

तिमी चुपचाप छौ  म चुपचाप छु  मनभरि हल्लै हल्लाहरू छन्  सोध्छ, मन चिच्याइदिऊँ? प्रेमको भारी छ्याल्ल पोखिदिऊँ? पहिलो प्रेम कहाँ मर्छ र? हावाको कण कणमा छरिदिऊँ? म भन्छु पर्दैन  तिमी भित्रै मरे जस्तो गर  देख्दैनौ, उसको गलामा पोते सिउँदोमा अरूकै...

२९३६ विन्दुमा नेप्से, ६ कम्पनीको मूल्य सर्किट लेभलमा बढ्यो

१ घण्टा अघि   सेतोपाटी

सोमबार नेप्से परिसूचक सामान्य अंकले बढेको छ।  नेप्से ५.०१ अंकले बढेर २९३६.५६ विन्दुमा बन्द भएको छ। अघिल्लो दिनको तुलनामा कारोबार रकम भने घटेको छ।  आइतबार २३ अर्ब ५९ करोड रूपैयाँको सेयर कारोबार भएकोमा आज १५ अर्ब ७८ करोडमा सीमित भएको...

सिसाका महल र रित्तो मान्छे!

१ घण्टा अघि   सेतोपाटी

इतिहासको कुनै मोडमा देखिएको 'स्वतन्त्रता' को सपना आज सिसाका अग्ला महलहरूमा 'कैद' भएको छ जहाँ योग्यताको निधारमा— नातावादको अदृश्य हतकडी झुन्डिएको छ र पसिनाले अरूको बैंक ब्यालेन्स त लेख्छ, तर आफ्नै भविष्यको पाना सधैँ खाली छोडिदिन्छ। एउटा कर्मचारी हुनु— आधुनिक...

संकटा क्लबका अध्यक्षले भने- श्रम स्वीकृति लिन खोज्दा मन्त्रालयबाट अपराधी जस्तो व्यवहार भयो

१ घण्टा अघि   सेतोपाटी

ए डिभिजन क्लब संकटा क्लबले राष्ट्रिय लिग र महिला लिग स्थगित हुँदा ठूलो आर्थिक घाटा ब्यहोर्न परेको बताएको छ।  क्लबले सोमबार पत्रकार सम्मेलन आयोजना गर्दै लिगका लागि आफूहरूले सबै प्रक्रिया पूरा गरेको बताएको हो। क्लबल्े पुरूषतर्फ राष्ट्रिय लिग र महिलातर्फ सहिद स्मारक...

१२ घण्टाको अन्तरालमा पश्चिम नेपालमा दुई कम्पन

१ घण्टा अघि   सेतोपाटी

१२ घण्टाको अन्तरालमा पश्चिम नेपालमा दुई वटा भूकम्पको धक्का महसुस गरिएको छ। सोमबार दिउँसो १ः१४ बजे बझाङको रयाल केन्द्र गरी ४.१ म्याग्नीच्युडको भूकम्प गएको छ। यस्तै बिहान ३ः५१ बजे दार्चुलाको मुराइ केन्द्र गरी ४.२ म्याग्निच्युडको भूकम्पको धक्का महसुस गरिएको हो।...

लघु फिल्म 'टेस्ट अफ वाटर' अन्तर्राष्ट्रिय फेस्टिभलमा छनोट

२ घण्टा अघि   सेतोपाटी

रिसल्ला प्रोडक्सनले एभरेस्ट फिल्म एकेडेमी र सिमल सिनेमासँगको सहकार्यमा निर्माण गरेको लघु फिल्म 'टेस्ट अफ वाटर' जर्मनीमा आयोजना हुने 'इन्टरनेशनल सर्ट फिल्म फेस्टिभल ओबरहाउसेन' (७२ औं संस्करण) मा छनोट भएको छ।  निर्माण पक्षले जारी गरेको विज्ञप्तिअनुसार आयन परियारद्वारा लिखित तथा निर्देशित...

अर्थशास्त्री केशव आचार्यको निधन

२ घण्टा अघि   सेतोपाटी

अर्थशास्त्री केशव आचार्यको निधन भएको छ। उपचारका क्रममा आज बिहान ९:५५ बजे अन्नपूर्ण न्यूरो अस्पतालमा उनको निधन भएको उनका भाइ मदन आचार्यले जानकारी दिएका छन्। गत मंगलबार बिहान पूजाका लागि फूल टिपेर फर्कने क्रममा स्वास्थ्यमा असहजता महसुस गरेपछि आचार्य घरमै...

ख्वामितहरूको पाउ!

२ घण्टा अघि   सेतोपाटी

हारेर भाग्दिनँ म स्वाभिमानलाई धितो राखी  युद्ध मैदानबाट  म मरुँला बरु  आत्मसमर्पण गर्ने छैन  गर्ने छैन सम्झौता  आत्मसम्मान भत्कने गरी।  मलाई लाछी भन्नेहरू  आफै लाचार भइसके  जिन्दगीको दौडादौडीमा  दौड हारिसके  रोएर बाँच्छन् तिनीहरू  भावी योजना गुमाई  वर्तमानमै हराएका छन् तिनीहरू...

कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक

२ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ। कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार चैत १० गते मंगलबार दिउँसो १ बजे केन्द्रीय कार्यसमिति बैठक बस्नेछ। ‘नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक २०८२ चैत्र १० गते मंगलबार दिनको १ बजे पार्टीको केन्द्रीय कार्यालय, बी.पी.स्मृति भवन,...

हेमन्तको ६ विकेटमा सुदूरपश्चिमले हरायो कर्णालीलाई

२ घण्टा अघि   सेतोपाटी

प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशमाथि सुदूरपश्चिमले ४ विकेटको जित निकालेको छ।  वीरगञ्जमा टस जितेको सुदूरपश्चिमले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको कर्णाली ३२ ओभरमा ११९ रनमै अलआउट भयो।  कर्णालीका लागि विपिन रावलले ३३ रन, सुनिल धमलाले २८ रन र...

कांग्रेस संसदीय दल नेता को?

२ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसमा प्रत्यक्षतर्फ १८ र समानुपातिकतर्फ २० गरी कूल ३८ जना प्रतिनिधि सभा सांसद छन्। फागुन २१ गतेको निर्वाचनबाट निर्वाचित भएका सांसदहरूको शपथ भइसकेको छैन। संघीय संसद सचिवालयले चैत १३ गते सांसदहरूलाई शपथ खुवाउने तयारी गरेको छ।  महामन्त्री गुरूराज घिमिरेले...

तिनाउ नदीमा डुबेर बेपत्ता भएकामध्ये एक किशोरको शव भेटियो, अर्का अझै परेनन् फेला

२ घण्टा अघि   सेतोपाटी

पाल्पाको तिनाउ नदीमा डुबेर बेपत्ता भएका एक भारतीय किशोरको शव फेला परेको छ। सोही घटनामा अर्का किशोरको अवस्था भने अझै अज्ञात छ। जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार भारतको उत्तर प्रदेश सन्तकबिर नगर, मेधावल ठाकुरद्वार नगर पञ्चायत वडा नं. १८ बस्ने...

महासंघको निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनको तर्फबाट सागर ढकालको उम्मेदवारी

२ घण्टा अघि   सेतोपाटी

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेद्वारी घोषणा गरेका छन्। नेपाल स्ट क ब्रोकर एसोसिएसनका अध्यक्ष ढकालले उक्त संस्थाको तर्फबाट महासंघको वस्तुगत तर्फको केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका हुन्। एसोसिएसनको कार्यसमिति बैठकले सर्वसम्मति रूपमा अध्यक्ष...