मोरङको सुन्दरहरैंचामा बर्डफ्लु पुष्टि, सतर्कता अपनाउन नगरपालिकाको आग्रह
मोरङको सुन्दरहरैंचा नगरपालिका-४ स्थित एक लेयर्स कुखुरा फार्ममा बर्डफ्लु (एभियन इन्फ्लुएन्जा) पुष्टि भएको छ। कुखुरा फार्ममा बर्डफ्लु पुष्टि भए लगत्तै नगरपालिकाले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। प्रमुख प्रशासकीय अधिकृत गणेशराज कार्कीले बिहीबार सार्वजनिक सूचना जारी गर्दै संक्रमण फैलिन नदिन तत्काल...
