विभागले गऱ्यो दुई फर्मलाई जरिवाना
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमनका क्रममा बिहीबार दुई फर्मलाई कारबाही गरेको छ। विभागले उपभोक्ता संरक्षण ऐन, २०७५ तथा नियमावली, २०७६ बमोजिम कारबाही गरेको जनाएको छ। विभागका अनुसार काठमाडौं महानगरपालिका–९ सिनामंगलस्थित जमकटेल फर्मालाई दुई लाख पाँच हजार रूपैयाँ जरिवाना...
