ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

चट्याङ लागेर महिलाको मृत्यु

१९ मिनेट अघि   सेतोपाटी

रोल्पामा चट्याङ लागेर एक जना महिलाको मृत्यु भएको छ। सुनिलस्मृति गाँउपालिका ७ तेवाङ भैसीपुरे गाउँकी २४ वर्षीया कृष्णा पुनको मृत्यु भएको प्रहरीले जनाएको छ। सोमबार अपराह्न साढे ३ बजेतिर आफ्नै घरभित्र कोठामा बसिहेको समयमा चट्याङले उनलाई लागेको थियो। घटनाबारे बेलुकीपख...

पाकिस्तानले अस्पतालमा हमला गरेर ४०० जना मारेको अफगानिस्तानको आरोप

२५ मिनेट अघि   सेतोपाटी

पाकिस्तानले काबुलको एक अस्पतालमा गरेको हवाई आक्रमणमा कम्तीमा ४०० जना मारिएको अफगानिस्तानले दाबी गरेको छ। राजधानीको एउटा लागूऔषध पुनर्स्थापना अस्पतालमा पाकिस्तानले गरेको हवाई आक्रमणमा कम्तीमा ४०० जना मारिएका र २५० जना घाइते भएका भनेर अफगनिस्तानको तालिबान सरकारका एक प्रवक्ताले आरोप...

'कार्की साइँला' मा बाँधियो जितु र प्रियनाको जोडी, सकियो छायांकन

३१ मिनेट अघि   सेतोपाटी

राजेन्द्र बस्नेत निर्देशित फिल्म 'कार्की साइँला' को छायांकन सकिएको छ। फ्लोरमा निस्किएको २१ दिनमा फिल्मको छायांकन सकिएको हो। निर्देशक बस्नेतका अनुसार धनकुटाबाट सुरू गरिएको छायांकन सुनसरीको चतहरा र बराहक्षेत्र आसपासमा गरिएको छ।  एक महिनाको छायांकन सेड्युल तय गरिए पनि कलाकार...

संक्रमितको ३० प्रतिशत बढी मानिस मारिहेको जापानिज इन्सेफ्लाइटिस

३९ मिनेट अघि   सेतोपाटी

नवलपुरकी १३ वर्षीया बालिका रितिका महतोको चञ्चलपन उनका बुबा मनोज कुमारले अझै बिर्सिएका छैनन्। चार जना छोरीमध्ये कान्छी रितिका ४ कक्षा पढ्दै थिइन्। उनलाई अचानक ज्वरो आयो। रिंगटा लाग्न थाल्यो। वाकवाकी आउन थाल्यो। मनोज कुमारले सुरूमा छोरीलाई सन्चो बनाउन धामी झाँक्रीलाई...

इरानसँगको युद्ध देखाउँदै ट्रम्पले गरे चीन भ्रमण स्थगित

४७ मिनेट अघि   सेतोपाटी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन भ्रमण स्थगित गरेका छन्। इरानसँग जारी युद्ध देखाउँदै उनले भ्रमण ढिला गर्न चीनसँग अनुरोध गरेको जानकारी दिएका छन्। 'अहिले हाम्रो युद्ध चलिरहेको छ। मलाई लाग्छ म यहाँ हुनु जरूरी छ,' उनले भने। उनले आफ्नो भ्रमण...

नेपाली राष्ट्रिय टोलीमा दुई सहायक प्रशिक्षकसहित पाँच सपोर्टिङ स्टाफ नियुक्त

५० मिनेट अघि   सेतोपाटी

अखिल नेपाल फुटबल संघ (एन्फा) ले हङकङविरुद्धको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलको तयारीका लागि राष्ट्रिय पुरुष टोलीको सपोर्टिङ स्टाफको अन्तिम रूपमा टुंगो लगाएको छ।  बालगोपाल साहुखला र चेत कुमार घिमिरेलाई सहायक प्रशिक्षक नियुक्त गरिएको छ। यस्तै मदनलाल श्रेष्ठलाई टोली व्यवस्थापकको जिम्मेवारी दिइएको...

उद्रिएका सपनाहरू!

१ घण्टा अघि   सेतोपाटी

सिरानीमा टाँसिएका टिकीहरूले जिस्काउँछन्  कोठाका तिम्रा कपडाहरूले झुक्क्याउँछन्  कमेरो माथि पोतिएको माटाका  पाप्रा उक्किए झैँ मनले सम्झनाहरू उक्काई रहन्छ। भित्ताको हाम्रो फोटो  राति मेरो सिरानीमा झर्छ सपनाहरूमा खेल्छ,  आँखाको बाटो हुँदै बिहान  यथास्थानमा बस्छ  यसो छाम्छु सिरानी चिसै हुन्छ।  पलमका...

अब यो देश कविले बनाउँछ!

१ घण्टा अघि   सेतोपाटी

आँखाले देखे जति मनमा लागे जति सबै कुरा कवि बोल्दैन आफ्ना सबै भावावेगलाई ऊ वाक्यमा तोलदैन। कवि इमानदार हुन्छ कवि समझदार हुन्छ कवि तामझाम होइन, काम माग्छ कवि आसन होइन, सुशासन खोज्छ कवि नेपाल हाँसेको हेर्न चाहन्छ देशको अवस्था फेर्न...

कामना गरौँ...

१ घण्टा अघि   सेतोपाटी

धारिलो हुन्छ तरबारको धार जसको म्यानमा राख काट्ने काम उसको जसलाई पनि काट्न सक्छ, गोली जसको बन्दुकमा राखे पनि पड्कने हो पड्कन्छ र मार्न सक्छ। तरबार तरबार नै हो गोली गोली नै हो। तिमी जति बिन्ती गर तिमीले पुकार गर...

चैत १० गतेदेखि आइपिओ बिक्री गर्दै कालंगा हाइड्रो

१ घण्टा अघि   सेतोपाटी

कालंगा हाइड्रो लिमिटेडले चैत १० गतेदेखि आइपिओ निष्कासन गर्ने भएको छ।  कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आइपिओ निष्कासन गर्न लागेको हो। कम्पनीले जारी पुँजी १ अर्ब ४० करोड रूपैयाँको ३५ प्रतिशत...

ओलीलाई समवेदना दिन गुण्डु पुगे राष्ट्रपति पौडेल

१ घण्टा अघि   सेतोपाटी

राष्ट्रपति रामचन्द्र पौडेल भक्तपुरको गुण्डु पुगेका छन्। राष्ट्रपति पौडेल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न गुण्डु पुगेका हुन्। अध्यक्ष ओली पितृशोकमा छन्। राष्ट्रपति पौडेलले अध्यक्ष ओलीलाई भेटेर समवेदना व्यक्त गरेका छन्। अध्यक्ष ओलीका बुवा मोहनप्रसादको फागुन २९ गते निधन...

दक्षिण अफ्रिकाका डुसेनले इयू टी-२० लिग जेबीबाट खेल्ने, नेपाली खेलाडीको घोषणा केही दिनमै

१ घण्टा अघि   सेतोपाटी

बेल्जियमको इयू टी-२० लिगमा लागि जेबी ब्रुजेजले दक्षिण अफ्रिकाका ब्याटर सी भान डर डुसेनलाई भित्र्याएको छ।  जेबी ब्रजेज नेपाल प्रिमियर लिग (एनपिएल) टोली जनकपुर बोल्ट्स (जेबी) को लगानीकर्ता कम्पनी ड्रिम स्पोर्ट्सको स्वामित्वमा रहेको टोली हो।  जेबीका अनुसार यो टोलीमा नेपाली...

भू–राजनीतिक तनाव र नेपालमा मल आपूर्ति संकटको सम्भावना!

१ घण्टा अघि   सेतोपाटी

विश्व राजनीतिमा देखिने भू–राजनीतिक तनाव र क्षेत्रीय द्वन्द्वहरूले कहिलेकाहीँ भौगोलिक रूपमा टाढा रहेका साना अर्थतन्त्रहरूलाई पनि अप्रत्यक्ष तर गहिरो असर पार्न सक्छन्। नेपालजस्तो कृषिप्रधान र आयातमा निर्भर अर्थतन्त्रका लागि अन्तर्राष्ट्रिय आपूर्ति श्रृंखलामा देखिने अस्थिरता भविष्यमा गम्भीर चुनौती बन्न सक्ने संकेतहरू...

सांसद बनेकी सहिदकी आमा भावुक भइन् तालिममा

१ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट समानुपातिक सांसद बनेकी रचना खतिवडा सोमबार आयोजित अभिमुखीकरण कार्यशालामा भावुक भएकी छन्। उनी जेनजी आन्दोलनका सहिद रसिक खतिवडाकी आमा हुन्। भदौ २३ को घटनामा रसिकको ज्यान गएपछि उनी सहिदहरूको न्यायका लागि सडकमा आवाज उठाउँदै आएकी...

दुबई अन्तर्राष्ट्रिय विमानस्थल पुन: सञ्चालनमा

१ घण्टा अघि   सेतोपाटी

दुबई अन्तर्राष्ट्रिय विमानस्थल पुनः सञ्चालनमा आएको छ। सोमबार दुबई अन्तर्राष्ट्रिय विमानस्थल नजिक इरानले गरेको ड्रोन आक्रमणका कारण केही समय विमानस्थल अवरुद्ध भएको थियो। उक्त घटनापछि फ्लाई दुबईले नेपालबाट हुने उडान रद्द गरेको थियो। नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार दुबई अन्तर्राष्ट्रिय...

तस्बिरमा हेर्नुस् रास्वपाको अभिमुखीकरण

२ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नवनिर्वाचित सांसदहरूको अभिमुखीकरण कार्यशाला ललितपुरमा सुरू भएको छ। दुई दिनसम्म ग्वार्कोस्थित रोयल टुलिप होटलमा चल्ने अभिमुखीकरणमा पार्टीका सभापति रवि लामिछाने, उपसभापतिद्वय, डोलप्रसाद अर्याल (डिपी), स्वर्णिम वाग्ले, महामन्त्री कविन्द्र बुर्लाकोटी र केही आगन्तुक प्रशिक्षकहरूले अभिमुखीकरण दिने...

सुरू भयो रास्वपाको अभिमुखीकरण, उद्घाटन सत्रमा छैनन् बालेन

२ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नवनिर्वाचित सांसदहरूको अभिमुखीकरण कार्यशाला ललितपुरमा सुरू भएको छ। दुई दिनसम्म ग्वार्कोस्थित रोयल टुलिप होटलमा चल्ने अभिमुखीकरणमा पार्टीका सभापति रवि लामिछाने, उपसभापतिद्वय, डोलप्रसाद अर्याल (डिपी), स्वर्णिम वाग्ले, महामन्त्री कविन्द्र बुर्लाकोटी र केही आगन्तुक प्रशिक्षकहरूले अभिमुखीकरण दिने...

सांसद बनिन् सहिदकी आमा

२ घण्टा अघि   सेतोपाटी

२२ वर्षीय सहिद रसिक खतिवडाकी आमा रचना खतिवडा प्रतिनिधिसभा सांसद बनेकी छन्। उनलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले खसआर्य समूहबाट समानुपातिक सांसद बनाएको हो। जेनजी आन्दोलनको पहिलो दिन भदौ २३ गते प्रहरीको गोली लागेर छोराको मृत्यु भएपछि रचना न्यायका लागि...

'ब्याटल अफ गलवान' बाट 'मातृभूमि'– सलमानको फिल्मको शीर्षक परिवर्तनको कारण के?

२ घण्टा अघि   सेतोपाटी

अभिनेता सलमान खानको फिल्म 'ब्याटल अफ गलवान' को नाम परिवर्तन गरेर 'मातृभूमिः मे वार रेस्ट इन पिस' राखिएको छ। सलमानले सोमबार एक नयाँ पोस्टर र ट्यागलाइन सार्वजनिक गर्दै यस्तो घोषणा गरेका गरेका थिए। यसरी शीर्षक परिवर्तन गर्नुको कारणबारे भारतीय मिडियाले विभिन्न दाबी...

बढ्यो सुन-चाँदीको भाउ, आज कतिमा हुँदैछ किनबेच?

३ घण्टा अघि   सेतोपाटी

नेपाली बजारमा आज (मंगलबार) सुन-चाँदीको भाउ बढेको छ।  सोमबार प्रतितोला एक सय रूपैयाँ बढेको सुनको भाउ आज प्रतितोला चार सय रूपैयाँ बढेको हो।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख नौ हजार नौ सय रूपैयाँमा किनबेच भइरहेको...

दार्चुलामा भूकम्प

३ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले दार्चुलामा भूकम्प गएको बताएको छ।  केन्द्रका अनुसार दार्चुलाको सिटौला केन्द्र गरी बिहान १०ः१२ बजे ४.० म्याग्निच्युडको भूकम्प गएको हो।  भूकम्पले पुर्‍याएको क्षतिको विवरण प्राप्त भएको छैन।

आज पनि अपराह्नपछि हावाहुरी चल्न सक्ने

३ घण्टा अघि   सेतोपाटी

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले मंगलबार अपराह्नपछि देशका केही स्थानहरू हावाहुरीको सम्भावना रहेको बताएको छ।  महाशाखाका अनुसार आज दिउँसो कोशी र गण्डकी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन-चट्याङ, असिनासहित हल्का वर्षाको सम्भावना रहेको बताएको छ। सोमबारको हावाहुरीबाट...

शिखर पावरको आइपिओ बाँडफाँट, यसरी हेर्नुहोस् नतिजा

३ घण्टा अघि   सेतोपाटी

शिखर पावर डेभलपमेन्टको आइपिओ आज (मंगलबार) बाँडफाँट भएको छ।  कम्पनीको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालयमा भएको बाँडफाँटमा १ लाख ८४ हजार २६० आवेदकले १० कित्ताका दरले सेयर पाएका छन्। कुल २६ लाख ८७ हजार ३४७ जनाले २ करोड ८८...

अभिमुखीकरणका लागि कार्यक्रमस्थल पुगे रास्वपा सांसदहरू (तस्बिरहरू)

३ घण्टा अघि   सेतोपाटी

अभिमुखीकरणका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नवसांसदहरू कार्यक्रमस्थल पुगेका छन्। मंगलबारदेखि दुई दिन ललितपुरको ग्वार्कोस्थित रोयल टुलिप होटलमा अभिमुखीकरण कार्यक्रम सुरू हुँदैछ। त्यस कार्यक्रममा सहभागी हुन नवसांसदहरू कार्यक्रम स्थलमा पुगेका हुन्। कार्यक्रमको उद्घाटन उपसभापति समेत रहेका पार्टी संघीय निर्वाचन सम्पादन समितिका संयोजक डोलप्रसाद...