ओझन बुढाको डेरा कहाँ थियो?
सहिद परिवार बाजुराका २१ वर्षीय ओझन बुढा उच्च शिक्षाको रहर पालेर करिब पाँच वर्षअघि काठमाडौं आएका थिए। बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका-२ का ओझनले परिवारको आर्थिक अवस्था कमजोर भए पनि सानैदेखि पढाइमा निकै लगाव राख्थे। मणिपाल बुढा र चउपताका तीन सन्तानमध्ये...
