महान्यायाधिवक्ताले इजलासमा भनिन्– रवि लामिछानेलाई सम्पत्ति शुद्धीकरण अभियोग बढी भएकाले हटाउन स्वीकृति दिएँ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि लागेको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा संशोधन गरेर हटाउन महान्यायाधिवक्ता सविता भण्डारीले दिएको स्वीकृतिविरूद्ध आइतबार सर्वोच्च अदालतले दुवै पक्षको बहस सुन्न सुरू गरेको छ। उक्त रिटमा अन्तरिम आदेश दिने कि नदिने...
