आर्मीलाई हराउँदै पुलिस बन्यो जय ट्रफी च्याम्पियन
जय ट्रफी इलिट कप बहुदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ। बिहीबार माथिल्लो मुलपानी मैदानमा भएको खेलमा त्रिभुवन आर्मी क्लबलाई ४ विकेटले पराजित गर्दै पुलिस च्याम्पियन बनेको हो। पुलिसले आर्मीले दिएको २२७ रनको लक्ष्य ६ विकेटको क्षतिमा...
