ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

महेश, वर्षा र ऋचाको अभिनयमा फिल्म 'टिका' निर्माण हुने

२ मिनेट अघि   सेतोपाटी

अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा नारीप्रधान फिल्म 'टिका- द स्टेटलेस सोल' को निर्माण घोषणा गरिएको छ। भविष्य खड्का फिल्मस् प्रा.लिको प्रस्तुतिमा थर्ड आइ आट्र्स प्रालिसँगको सहकार्यमा फिल्म निर्माण हुन लागेको हो।  नेपाली समाजमा महिलाले भोग्ने संघर्ष, आत्मसम्मान, अस्तित्व र आत्मनिर्भरताको कथा...

चुनाव उठेका कांग्रेसका पदाधिकारी कसैले पनि जितेनन्

१० मिनेट अघि   सेतोपाटी

फागुन २१ गते भएको प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार रहेका नेपाली कांग्रेसका पदाधिकारीहरू सबै पराजित भएका छन्। सभापति गगन थापा सर्लाही क्षेत्र नम्बर ४ मा उम्मेदवार थिए। थापालाई रास्वपा उम्मेदवार अमरेशकुमार सिंहले हराएका हुन्। रास्वपाका सिंहले ३५ हजार ६ सय ८८ मत...

दाङ– २ मा सामानुपातिकतर्फ रास्वपाको मत‍ अरूको भन्दा तीन गुणा बढी

१३ मिनेट अघि   सेतोपाटी

दाङ क्षेत्र नम्बर– २ मा  समानुपातिक तर्फको मतगणना सकिएको छ। सार्वजनिक मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले तीन गुणा बढी मत प्राप्त गरेको छ। दाङ –२ मा  रास्वपाले सबै भन्दा धेरै ४२ हजार ६५८  मत प्राप्त गरेको छ । उस्को यो...

'धुरन्धर २' ट्रेलरले छोटो समयमै बटुल्यो चर्चा, युट्युब चार्ट्समा नेपालमा पनि ट्रेन्डिङ

४१ मिनेट अघि   सेतोपाटी

बलिउडको बहुप्रतीक्षित फिल्म 'धुरन्धरः द रिभेन्ज' को शनिबार सार्वजनिक ट्रेलरले दर्शकहरूलाई उत्साहित बनाइरहेको छ। स्पाइ–एक्सन थ्रिलर फिल्मको ट्रेलरले युट्युबमा छोटो समयमै निकै चर्चा बटुलेको छ। बलिउडका अन्य चर्चित कलाकारहरूले समेत ट्रेलरको चर्चा गरेका छन्।  आइतबार दिउँसोसम्म रिलिजको एक दिनमै यसको...

एमालेका यी शीर्ष नेता चुनावमा पराजित

५५ मिनेट अघि   सेतोपाटी

अघिल्लो संसदमा दोस्रो ठूलो दल बनेको नेकपा एमाले यसपटक तेस्रो दल बन्न संघर्ष गरिरहेको छ। एमाले २०६४ सालको पहिलो संविधान सभा निर्वाचन यता पहिलो पटक रक्षात्मक अवस्थामा पुगेको हो। हालसम्म एमालेका अधिकांश शीर्ष नेता पराजित भइसकेका छन्। त्यति मात्र होइन,...

मकवानपुर-१ मा रास्वपाका प्रकाश गौतम विजयी, मतान्तर झन्डै २२ हजार

१ घण्टा अघि   सेतोपाटी

मकवानपुर-१ मा रास्वपाका प्रकाश गौतम विजयी भएका छन्। अन्तिम परिणामअनुसार उनी ३६ हजार ३३ मत प्राप्त गर्दै विजयी भएका हुन्। उनले नेपाली कांग्रेसकी उम्मेदवार महालक्ष्मी उपाध्याय (डिना) सँग २१ हजार ९९५ मतान्तर कायम राखिन्। कांग्रेसकी डिनाले १४ हजार ३८ मत...

सार्वजनिक होला जाँचबुझ आयोगको प्रतिवेदन? भए कहिले?

१ घण्टा अघि   सेतोपाटी

भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको घटनाको छानबिन गर्न बनेको जाँचबुझ आयोगले सरकारलाई प्रतिवेदन बुझाएको छ। पाँच महिना अध्ययन गरी आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले आइतबार प्रधानमन्त्री सुशीला कार्कीलाई प्रतिवेदन बुझाएका छन्। असोज ५ गते बसेको मन्त्रिपरिषदको बैठकले उक्त...

उदयपुर-१ मा रास्वपा विजयी, श्रम संस्कृति पार्टी दोस्रो

१ घण्टा अघि   सेतोपाटी

उदयपुरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का पारशमणि गेलाल निर्वाचित भएका छन्। प्रतिस्पर्धीलाई झन्डै १९ हजार मतान्तरले पराजित गर्दै गेलाल विजयी भएका हुन्। उनले ३० हजार ५९० मत ल्याएका हुन्। यहाँ श्रम संस्कृति पार्टीका राजेशकुमार राई दोस्रो भएका छन्। उनले ११ हजार...

जसले गल्ती गरेको छ, त्यसलाई कारबाही सिफारिस छ- जाँचबुझ आयोग

१ घण्टा अघि   सेतोपाटी

भदौ २३ र २४ गते भएको घटनाको जाँचबुझ आयोगले गल्ती गर्नेलाई कारबाही सिफारिस भएको बताएको छ। प्रवक्ता एवं आयोगका सदस्य विज्ञानराज शर्माले कारबाहीका लागि सिफारिस भएको बताए। यद्यपि ककसलाई कस्तो किसिमको कारबाही सिफारिस भएको भन्ने उनले खुलाएनन्। ‘२३ र २४...

कलाकार सत्ताको प्रतिपक्षमा बसेर जनताको आवाज बोल्नुपर्छ: दीपकराज गिरी

२ घण्टा अघि   सेतोपाटी

अभिनेता तथा निर्माता दीपकराज गिरीले कलाकारहरू सकेसम्म सत्ताको प्रतिपक्षमा बसेर जनताको पक्षमा बोल्नुपर्ने बताएका छन्।  प्रतिनिधिसभा सदस्य निर्वाचनको मतपरिणाम आइरहँदा उनले सामाजिक सञ्जालमा पोस्ट लेख्दै कलाकारहरू सत्ताको नजिक रहनेभन्दा पनि जनताको आवाज उठाउने भूमिकामा रहनुपर्ने धारणा व्यक्त गरेका हुन्। दीपकराजले...

रूकुमेलीले जनार्दनको 'विद्रोह'लाई गरेनन् अनुमोदन

२ घण्टा अघि   सेतोपाटी

पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयोजक रहेको नेपाली कम्युनिस्ट पार्टीले ‘जनयुद्ध’को उद्गमस्थल मानिने रूकुम पश्चिममा पनि यसपालि आफ्नो झण्डा फहरायो। तत्कालीन माओवादीको आधार इलाका रोल्पा, रूकुम पूर्व र पश्चिम, सल्यानमा फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनमा नेकपाकै उम्मेदवार विजयी भए। रूकुम पश्चिममा नेपाली कम्युनिष्ट पार्टीका...

जेनजी आन्दोलनको प्रतिवेदन बुझाउन प्रधानमन्त्री कार्यालय पुगे अध्यक्ष कार्की (तस्बिरहरू)

२ घण्टा अघि   सेतोपाटी

भदौ २३ र २४ भएको जेनजी आन्दोलनको प्रतिवेदन बुझाउने भएको छ। पूर्व न्यायाधीश एवं आयोगका अध्यक्ष गौरीबहादुर कार्की प्रतिवेदन बुझाउन आइतबार साढे ११ बजे प्रधानमन्त्री कार्यालयमा पुगेका हुन्। उक्त आयोगको समय आज सकिएको छ। जेनजी आन्दोलनको छानबिन गर्नका लागि अन्तरिम...

महोत्तरीमा शरतसिंह भण्डारीको विरासत तोडे रास्वपाका ३४ वर्षीय डाक्टरले

२ घण्टा अघि   सेतोपाटी

पञ्चायतकालदेखि नै महोत्तरीमा शरतसिंह भण्डारीको दबदबा थियो। २०३८ सालमा पहिलो पटक राष्ट्रिय पञ्चायतको निर्वाचन जितेका ७१ वर्षीय भण्डारी महोत्तरी-२ मा यसपालि पनि उमेदवार थिए। जनता समाजवादी पार्टी (जसपा)बाट उमेदवार बनेका भण्डारीलाई दृष्टि रोग विशेषज्ञ डा. दिपककुमार साहले भारी मतान्तरले पराजित गरेका छन्।...

निर्वाचनमा पराजयपछि भोलिपल्टै फिल्म सेटमा पुगिन् निशा अधिकारी

२ घण्टा अघि   सेतोपाटी

अभिनेत्री निशा अधिकारी फिल्मको छायांकन सेटमा फर्किएकी छन्।  प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं क्षेत्र नं. ५ बाट उम्मेदवार बनेकी निशा चुनावी परिणाम सार्वजनिक भएसँगै फिल्ममा फर्किएकी हुन्। उनले शनिबारबाट फिल्म 'कस्तुरी' को छायांकन थालेकी हुन्। 'गतिशील लोकतान्त्रिक पार्टी' बाट चुनाव लडेकी नीशाले अपेक्षित नतिजा...

३२ हजार मतान्तरसहित ललितपुर-२ मा जगदिश खरेल विजयी

२ घण्टा अघि   सेतोपाटी

ललितपुर क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का जगदिश खरेल विजयी भएका छन्। खरेलले ३९ हजार ४९१ मत पाएका छन्। उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका ७ हजार ४२० मत प्राप्त गरेका छन्।  खरेल ३२ हजार ७१ मतले विजयी भएका हुन्।...

०६४ देखि लगातार सांसद रहेका जसपा अध्यक्ष उपेन्द्रलाई हराए रास्वपाका अमरकान्तले

३ घण्टा अघि   सेतोपाटी

सप्तरी क्षेत्र नं ३ बाट जनता समाजवादी पार्टी(जसपा)का अध्यक्ष उपेन्द्र यादव पराजित भएका छन्। यादवलाई रास्वपाका अमरकान्त चौधरीले हराएका हुन्। चौधरीले ३२ हजार ८७५ मत ल्याएका छन् भने यादवले १५ हजार २३९ मत मात्र पाए। एमालेका ताराकान्त चौधरीले ६ हजार...

बढ्यो सुन-चाँदीको भाउ, कतिमा हुँदैछ किनबेच?

३ घण्टा अघि   सेतोपाटी

नेपाली बजारमा आज (आइतबार) सुन-चाँदीको भाउ बढेको छ। शुक्रबार प्रतितोला चार हजार दुई सय रूपैयाँ घटेको सुनको भाउ आज प्रतितोला तीन हजार पाँच सय रूपैयाँ बढेको हो।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख १६ हजार नौ...

हर्क साम्पाङ १३ हजार बढी मतान्तरले अगाडि

३ घण्टा अघि   सेतोपाटी

सुनसरी-१ मा श्रम संस्कृति पार्टीका हर्क साम्पाङले अग्रता कायम गरेका छन्। ७३ हजार ८५१ मत गणना हुँदा उनले ३३ हजार ५६५ मत ल्याएका छन्। यहाँ उनले प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की शरिन गोमा तामाङसँग १३ हजार ३२८ मतान्तर कायम गरेका...

हारको जिम्मेवारी लिँदै एमाले मकवानपुर अध्यक्षले दिए राजीनामा, शीर्ष नेतालाई पनि पद त्याग्न सुझाव

३ घण्टा अघि   सेतोपाटी

नेकपा एमाले मकवानपुर अध्यक्ष श्रीधर पोखरेलले पदबाट राजीनामा दिएका छन्। बिहीबार भएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा मकवानपुरका दुवै क्षेत्रमा पार्टी हार व्यहोरेपछि पोखरेलले जिम्मेवारी लिएका हुन्। ‘नेकपा माले हुँदै एमालेको ४५ वर्षे यात्रामा अहिले पार्टीले जुन परिणाम भोग्नुपरेको छ, त्यसको...

उम्मेदवारी खारेज भए पनि धनुषा १ मा रास्वपालाई नै भारी मत

३ घण्टा अघि   सेतोपाटी

धनुषा क्षेत्र नं १ मा रास्वपाका उम्मेदवार किशोरी साह कमलको उम्मेदवारी खारेज भए पनि उनले पाएको मत धेरै देखिएको छ। तर रास्वपाका उम्मेदवार कमलको उम्मेदवारी खारेज भएकाले मत भने सार्वजनिक गरिएको छैन। अहिलेसम्म आएको मत परिणाम अनुसार नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार मातृका...

कांग्रेस उम्मेदवारलाई ५ मतले हराउँदै रास्वपाका विश्वराज पोखरेल विजयी

३ घण्टा अघि   सेतोपाटी

ओखलढुंगामा रास्वपा उम्मेदवार विश्वराज पोखरेल विजयी भएका छन्। रास्वपा उम्मेदवार पूर्वएआइजी पोखरेलले १३ हजार ९ सय ५३ मत मत ल्याएका हुन्। यहाँ ५ मतले नेपाली कांग्रेसका उम्मेदवार पराजित भए। कांग्रेसका उम्मेदवार कुमार लुइँटेलले १३ हजार ९ सय ४८ मत ल्याएका...

दाङ–३ बाट निर्वाचित रास्वपाका कमल सुवेदी को हुन्?

३ घण्टा अघि   सेतोपाटी

दाङ क्षेत्र नम्बर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कमल सुवेदी निर्वाचित भएका छन्। उनले ४४ हजार २४८ मत ल्याएर नेपाली कांग्रेसका दीपक गिरीलाई पछि पारे। गिरीले  १६ हजार ४५३ मत ल्याए। अर्का प्रतिस्पर्धी नेकपा एमालेका घनश्याम पाण्डेले १२...

टी-२० विश्वकप २०२६ को उपाधिका लागि भारत र न्युजिल्यान्ड आमनेसामने

४ घण्टा अघि   सेतोपाटी

भारत र श्रीलंकामा ५४ वटा रोमाञ्चक खेलहरू सकिएपछि अब विश्व क्रिकेटको महाकुम्भ अन्तिम मोडमा आइपुगेको छ। १८ टोलीहरू बाहिरिइसकेका छन् र अब उपाधिको लागि दुई टोली बाँकी छन, भारत र न्युजिल्यान्ड। अहमदावादको नरेन्द्र मोदी स्टेडियममा राति सवा सात बजे हुने...

गगनले दिए अमरेशलाई बधाई

४ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसका सभापति गगन थापाले सर्लाही ४ मा चुनाव जितेका रास्वपा उम्मदेवार अमरेशकुमार सिंहलाई बधाई दिएका छन्।  रास्वपा उम्मेदवार सिंहले सर्लाही ४ मा कांग्रेस उम्मेदवार थापालाई हराएका थिए। कांग्रेस सभापति थापाले सर्लाही क्षेत्र नम्बर ४ मा निर्वाचित भएकोमा सिंहलाई बधाई दिएका...