ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

रौतहट-४ मा ३६ सय मत गणना हुँदा ऋषि धमलाले पाए ९ मत

२ मिनेट अघि   सेतोपाटी

रौतहट-४ मा मतगणना जारी छ। अहिलेम्म ३६ सय मत गणना भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। यो क्षेत्रमा ऋषि धमला उम्मेदवार छन्। उनले अहिलेसम्म ९ मत मात्रै पाएका छन्। पत्रकारितामा सक्रिय रहेका धमलाले आम जनता पार्टी(आजपा)बाट उमेदवारी दिएका थिए।...

धादिङ-१ मा रास्वपाकी आशिका तामाङको अग्रता

९ मिनेट अघि   सेतोपाटी

धादिङ क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार आशिका तामाङको अग्रता कायम छ। पछिल्लो अपडेट अनुसार रास्वपाकी तामाङले १७५२ मत प्राप्त गरेको निर्वाचन अधिकृत एकराज अधिकारीले जानकारी दिए। उनका अनुसार यो मत आठ वटा मतदान केन्द्रको गणना गर्दा प्राप्त...

रास्वपाले काठमाडौं १ बाट खोल्यो खाता

१० मिनेट अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले काठमाडौं १ बाट खाता खोलेको छ। फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको मतपरिणाम आउने क्रम सुरू भएसँगै रास्वपाले खाता खोलेको हो। काठमाडौं १ मा रास्वपाकी उम्मेदवार रञ्जु दर्शना विजयी भएकी हुन्।  अहिलेसम्म देशभरका ५२ भन्दा धेरै...

काठमाडौं–१ मा रञ्जु दर्शना विजयी, घोषणा हुन बाँकी

२५ मिनेट अघि   सेतोपाटी

काठमाडौं–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार रञ्जु दर्शना न्यौपाने निर्वाचित भएकी छन्। उनी १५ हजार ४५५ मत ल्याएर प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएकी हुन्। औपचारिक घोषणा गर्न भने बाँकी छ। दोस्रो पटक प्रतिनिधि सभा सदस्य उम्मेदवार बनेकी न्यौपानेले प्रतिस्पर्धी...

चितवन-३ मा रास्वपाकी सोबिता गौतमले बनाइन् हजार बढी मतान्तर

२७ मिनेट अघि   सेतोपाटी

चितवन-३ मा रास्वपाकी उम्मेदवार सोबिता गौतमले मतान्तर एक हजार कटाएकी छन्। ७ हजार ७०८ मतगणना हुँदा रास्वपाकी गौतमले ३ हजार ६३९ मत पाएकी छन्। यहाँ नेपाली कम्युनिस्ट पार्टी (नेकपा)की रेनु दाहालले २ हजार २६३ मत पाएकी छन्। एमालेका शंकर थपलियाले...

ललितपुरका २ क्षेत्रमा रास्वपा र १ क्षेत्रमा कांग्रेस अगाडि

३७ मिनेट अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टीले ललितपुरका दुई निर्वाचन क्षेत्रमा अग्रता लिएको छ। तीन वटा निर्वाचन क्षेत्र भएको ललितपुरको एउटा क्षेत्रमा भने नेपाली कांग्रेसले सुरुआती अग्रता लिएको छ।  काठमाडौं उपत्यकाको १५ वटा निर्वाचन क्षेत्रमध्ये ललितपुर १ मा मात्र नेपाली कांग्रेस अगाडि छ। अन्यत्र...

रास्वपाका उम्मेदवार खारेज भएको धनुषा-१ मा मतगणना अन्योल

४८ मिनेट अघि   सेतोपाटी

धनुषा–१ मा मतगणना सुरू भएको छैन। उम्मेदवारी रद्द भएका उम्मेदवारको चिह्नमा खसेको मत के गर्ने भन्नेबारे निर्णय हुन नसक्दा मतगणना अन्योल भएको हो। मुख्य निर्वाचन अधिकृतत मनोज बरालका अनुसार मतगणना कसरी गर्ने भन्ने बारेमा निर्वाचन आयोगसँग स्पष्ट निर्देशन माग गरिएको...

बारा-१ मा रास्वपाका गणेश धिमालको अग्रता

१ घण्टा अघि   सेतोपाटी

बारा क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार गणेश धिमालले अग्रता कायम राखेका छन्। निर्वाचन अधिकृत शम्भुकुमार बस्नेतका अनुसार ४५२८ मत गणना भएको छ। त्यसमध्ये ४२४१ मत सदर र २८७ मत बदर भएको छ। रास्वपाका धिमालले २...

मोरङ ३ मा श्रम संस्कृति पार्टी अगाडि

१ घण्टा अघि   सेतोपाटी

जिल्ला निर्वाचन कार्यालयले सार्वजनिक गरेको पछिल्लो परिणामअनुसार मोरङ ३ मा श्रम संस्कृति पार्टीका उम्मेदवार अमिर मगरले ५५४ मत प्राप्त गरेका छन्। यसैगरी नेपाली कांग्रेसका उम्मेदवार सुनिल शर्माले ३३६ र राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश कार्कीले २९५ मत प्राप्त गरेका छन्। यो...

बाँकेमा एमालेका इस्तियाक राईको अग्रता कायमै. रास्वपा तेस्रो

१ घण्टा अघि   सेतोपाटी

बाँके-२ मा एमालेले अग्रता कायम राखेका छन्। यहाँ एमालेका इस्तियाक राई उम्मेदवार छन्। उनले ३ हजार ७५० मत ल्याएका छन्। कांग्रेसका सुधांशु कोइरालाले २ हजार ९४४ मत ल्याएका छन्। त्यस्तै रास्वपाका विवेक श्रेष्ठले १ हजार २९० मत ल्याएका छन्।

बाँके–२ मा एमाले अगाडि

१ घण्टा अघि   सेतोपाटी

बाँके–२ मा जारी मतगणनामा नेकपा एमालेका मोहम्मद इस्तियाक राईले अग्रता लिएका छन्। उनले ३ हजार ७५० मतले अग्रता लिँदा नेपाली कांग्रेसका सुधांशु कोइरालाले २ हजार ९४४ मत ल्याएका छन्। यहाँ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तेस्रो स्थानमा छ। रास्वपाका विवेक श्रेष्ठले...

कालिकोटमा नेपाली कम्युनिस्ट पार्टीको अग्रता

१ घण्टा अघि   सेतोपाटी

कालीकोटमा मतगणना जारी छ। यहाँ नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले अग्रता लिएको छ। नेकपाबाट यहाँ महेन्द्र बहादुर शाही उम्मेदवार छन्। उनी कर्णालीका पूर्वमुख्यमन्त्री हुन्। उनले ३ हजार ३९६ मतसहित अग्रता लिइरहेका छन्। यहाँ एमाले दोस्रो स्थानमा छ। एमालेका उमेदवार नागिन्द्र शाहीले...

रुकुम पूर्वमा प्रचण्ड अगाडि

१ घण्टा अघि   सेतोपाटी

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार रुकुम पूर्वको एकमात्र निर्वाचन क्षेत्रमा नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एक हजार ४१५ मत प्राप्त गरेका छन्। नेकपा एमालेका उम्मेदवार लीलामणि गौतमले ४३१ र नेपाली कांग्रेसकी कुसुमदेवी थापाले ४१७ मत प्राप्त गरेको मुख्य...

चितवन-१ मा प्रारम्भिक नतिजामा एमालेको अग्रता

१ घण्टा अघि   सेतोपाटी

चितवन-१ मा मतगणना सुरू भएको छ। मतगणनाको प्रारम्भमा नेकपा (एमाले)ले अग्रता लिएको छ। यहाँ एमालेका उम्मेदवार दावा दोर्जे लामाले ३९६ मत पाएका छन्। कांग्रेसका राजेन्द्र बुर्लाकोटीले १९६ मत ल्याउँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का हरि ढकालले ७१ मत पाएका छन्। नेपाली...

काठमाडौं-५ मा कांग्रेसका प्रदीप भन्दा रास्वपाका सस्मित ४ हजार मतले अगाडि

१ घण्टा अघि   सेतोपाटी

काठमाडौं क्षेत्र नम्बर ५मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सस्मित पोखरेलले प्रतिस्पर्धीसँगको मतान्तर बढाउँदै गएका छन्। पछिल्लो मत परिणाम अनुसार ६ हजार ८३४ मत प्राप्त गरेका छन्। उनका निकटम प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रदीप पौडेलले २ हजार २३१मत प्राप्त गरेका छन्। उनीहरूबीच...

मतदाताको फैसला स्वीकार्य छ- विश्वप्रकाश शर्मा

२ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले मतदाताको फैसला स्वीकार्य रहेको बताएका छन्। फागुन २१ गते भएको प्रतिनिधि सभा निर्वाचनको मतगणना भइरहेको छ र गणना भएका ठाउँमध्ये अधिकांशमा रास्वपाका उम्मेदवार अगाडि छन्। यस्तो अवस्थामा उपसभापति शर्माले मतदाताको फैसला स्वीकार्य रहेको बताएका हुन्।...

भक्तपुर-१मा रास्वपाका रन्जित अग्रता, नेमकिपाका सुवाल १७ सय मतले पछि

२ घण्टा अघि   सेतोपाटी

भक्तपुर क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रूकेश रन्जितले अग्रता कायमै राखेका छन्। उनले पछिल्लो मतपरिणाम अनुसार ३ हजार ८८४ मत प्राप्त गरेका छन्। उनका प्रतिस्पर्धी नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले २ हजार १३३ मत प्राप्त गरेका छन्।...

काठमाडौंका १० वटै निर्वाचन क्षेत्रमा रास्वपा अगाडि

२ घण्टा अघि   सेतोपाटी

काठमाडौंका दश वटै निर्वाचन राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारहरूले अग्रता लिएका छन्।  गए रातिबाट सुरू भएको मतगणनाअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीको पक्षमा काठमाडौंमा अभूतपूर्व लहर देखिएको हो।  काठमाडौं १ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी रञ्जु दर्शनाले अग्रता लिइरहेकी छिन्। उनी विजय उन्मुख देखिन्छिन्। नेपाली कांग्रेसका...

विराजभक्तले साढे ७ हजार बढी पाउँदा अन्य उम्मेदवारले कटाएनन् हजार मत

२ घण्टा अघि   सेतोपाटी

काठमाडौं-८ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का विराजभक्त श्रेष्ठले मतान्तर लगातार अग्रता लिइरहेका छन्। काठमाडौं-८ का निर्वाचन अधिकृत सम्झना खनालका अनुसार ११ हजार ५२१ मत गनिसक्दा रास्वपा उम्मेदवार श्रेष्ठले ७ हजार ६१७ मत ल्याएका छन्। अन्य दलका उम्मेदवारहरूले भने एक हजार...

रूपन्देही–२ मा १० हजार गन्दा सुलभ खरेलले ल्याए ७१५१ मत

२ घण्टा अघि   सेतोपाटी

रूपन्देही–२ मा १० हजार ६२९ मत गन्दा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सुलभ खरेलले ७ हजार १५१ मत प्राप्त गरेका छन्। निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले १ हजार ६५८ ल्याएका छन्। कांग्रेसका चुन्न पौडेलले ७३४ मत ल्याएका छन्। नेपाली...

पाल्पा-१ मा रास्वपाका विमल पन्तको अग्रता

२ घण्टा अघि   सेतोपाटी

पाल्पा-१ मा पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अगाडि देखिएको छ। यहाँ रास्वपबाट विमल पन्त उम्मेदवार छन्। उनले  ५३३ मत प्राप्त गर्दै अग्रता लिइरहेका छन्। त्यस्तै एमालेका नारायणप्रसाद आचार्यले  ३०३ मत पाएका छन्। नेपाली कांग्रेसका सन्दीप रानाले  १५३ मत पाएका छन्...

चितवन–३ मा रास्वपाकी सोविता गौतम ६९९ मतले अगाडि

२ घण्टा अघि   सेतोपाटी

प्रतिनिधि सभा निर्वाचनअन्तर्गत जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतमले ६९९ मतले अग्रता लिएकी छन्। उनले निकटतम प्रतिस्पर्धी नेपाली कम्युनिस्ट पार्टीकी रेनु दाहाललाई पछि पारेकी हुन्। जारी मतगणनाको अहिलेसम्मको परिणामअनुसार गौतमले २ हजार ४८५ मत ल्याएकी छन्। दाहालले १ हजार...

ललितपुर-१ मा कांग्रेसका उदय शम्शेर राणाको अग्रता

२ घण्टा अघि   सेतोपाटी

ललितपुरको क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उदय शम्शेर राणाले अग्रता लिएका छन्। निर्वाचन आयोगले उपलब्ध गराएको पछिल्लो मतपरिणाम अनुसार राणाले ९८२ मत प्राप्त गरेका छन्। उनका निकटमत प्रतिस्पर्धी नेकपा एमालेका चेत नाथ संजेल छन्। उनले ३७२ मत प्राप्त गरेका...

काठमाडौं– ३ मा १ हजारभन्दा बढी मतले रास्वपाका राजुनाथ पाण्डे अगाडि

२ घण्टा अघि   सेतोपाटी

काठमाडौं क्षेत्र– ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार १ हजारभन्दा बढी मतले अग्र स्थानमा छन्। शुक्रबार बिहान ९ः४५ बजे सम्ममा ११ हजार ४५४ मतगणना गर्दा रास्वपाका उम्मेदवार पाण्डेले ४ हजार ६४९ मत प्राप्त गरेका छन्।  यसअघि अग्र स्थानमा रहेका उज्यालो...