संसद पुनर्स्थापना मागिएको रिटमा पेसी नतोकेको भन्दै कांग्रेसका पूर्वसांसदले मागे प्रधानन्यायाधीशसँग भेट
नेपाली कांग्रेसका पूर्वप्रमुख सचेतक श्याम घिमिरे लगायतका पूर्वसांसदहरूले संसद पुनर्स्थापनाको माग गरिएको आफ्नो रिटमाथि निरन्तर सुनुवाइ माग गर्दै प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसँग भेटघाट माग गरेका छन्। बिहीबार प्रधानन्यायाधीश राउतसँग भेट्ने तय गरेको घिमिरेले सेतोपाटीसँग बताए। 'संसद पुनर्स्थापनाको रिटमा सर्वोच्चले अहिलेसम्म पेसी तोकेन। यस...
