महामन्त्री शर्माले भने– पुस २६ गते बन्दसत्र र उम्मेदवारी दर्ता, भोलिपल्ट चुनाव!
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनका लागि सम्भावित कार्यतालिका सार्वजनिक गरेका छन्। शुक्रबार केन्द्रीय कार्यसम्पादन समिति बैठकका लागि आउँदा सानेपास्थित पार्टी कार्यालय बाहिर पत्रकारहरूसँग कुरा गर्दै उनले उक्त कार्यतालिकाको चर्चा गरेका हुन्। उनका अुनसार पुस २६ गते बन्दसत्र हुनेछ, जसमा...
