ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

सानेपामा कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक (तस्बिरहरू)

९ मिनेट अघि   सेतोपाटी

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक जारी छ।  कांग्रेस केन्द्रीय कार्यालय सानेपामा शुक्रबार अपराह्न ३ बजेदेखि बैठक सुरू हुने भनिए पनि केही ढिला गरी बैठक बसेको हो। बैठकमा कार्यवाहक सभापति पूर्णबहादुर खड्का, महामन्त्रीहरू गगन थापा, विश्वप्रकाश शर्मा लगायत पदाधिकारी र...

देउवाको कार्यकाल जेठ मसान्तसम्म थप्न प्रस्ताव

९ मिनेट अघि   सेतोपाटी

नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठकमा पार्टी सभापति शेरबहादुर देउवासहित सबै कार्यसमितिको म्याद आगामी जेठ मसान्तसम्म थप्न प्रस्ताव गरिएको छ। शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठले देउवा नेतृत्वको मौजुदा कार्यसमितिको म्याद आगामी जेठ मसान्तसम्म तन्काउन प्रस्ताव गरेको हो। समिति...

निर्वाचन आयोगलाई सर्वोच्चको आदेश– समानुपातिक बन्दसूचीमा अपांगता भएका व्यक्तिको प्रतिनिधित्व सुनिश्चित गर्नू

१५ मिनेट अघि   सेतोपाटी

सर्वोच्च अदालतले राजनीतिक दलका बन्दसूचीमा अपांगता भएका व्यक्तिको प्रतिनिधित्व सुनिश्चित गराउन निर्वाचन आयोगलाई अन्तरिम आदेश दिएको छ। फागुन २१ गते हुने निर्वाचनका लागि समानुपातिकतर्फ बन्दसूची पेस गर्ने समय सकिएर अहिले सूची क्लस्टरअनुसार भए/नभएको निर्वाचन आयोगले यकिन गरिरहेको छ। माधवप्रसाद चम्लागाईंले...

कांग्रेसमा वैशाख २८ देखि ३१ गतेसम्म नियमित महाधिवेशन गर्न नयाँ कार्यतालिका प्रस्ताव

१८ मिनेट अघि   सेतोपाटी

नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिले २०८३ वैशाख २८, २९, ३० र ३१ गते नियमित महाधिवेशन गर्ने गरी नयाँ कार्यतालिका प्रस्ताव गरिएको छ। कार्य सम्पादन समिति बैठक अहिले पनि केन्द्रीय कार्यालय सानेपामा बसिरहेको छ। उक्त बैठकमा २०८२ चैत २१ गतेदेखि अधिवेशन...

वैशाख मसान्तमा महाधिवेशन गर्ने गरी संशोधित कार्यतालिका प्रस्तुत भएको छ- विमलेन्द्र निधि

२३ मिनेट अघि   सेतोपाटी

नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले वैशाख मसान्तमा महाधिवेशन गर्ने गरी संशोधित कार्यतालिका आएको बताएका छन्। वैशाख मसान्तमा १५औं महाधिवेशन गर्ने गरी कार्यवाहक सभापति पूर्णबहादुर खड्काले कार्यतालिका प्रस्तुत गरेको निधीले बताए। आज सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकपछि नेता विमलेन्द्र निधिले...

सिटिजन लाइफको नवौं साधारण सभाले पारित गर्‍यो लाभांश, सेयरधनीको खातामा आजै जम्मा

२६ मिनेट अघि   सेतोपाटी

सिटिजन लाइफ इन्स्योरेन्सले शुक्रबार नवौं वार्षिक साधारण सभा सम्पन्न गरेको छ।  सभाले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापुँजी ५ अर्ब रूपैयाँको २० प्रतिशत अर्थात् १ अर्ब रूपैयाँ नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव पारित गरेको छ। सभामा आर्थिक...

मुख्य रजिष्ट्रारलाई मुख्य न्यायाधीश पछिको रोलक्रम दिने नियम खारेज गरेकोमा अधिकृत समाजको असन्तुष्टि

३१ मिनेट अघि   सेतोपाटी

सर्वोच्च अदालतका मुख्य रजिस्ट्रारलाई न्यायाधीश बनाएर उच्च अदालत लैजाँदा मुख्य न्यायाधीशपछिको रोलक्रममा राख्ने नियम खारेज गर्ने न्याय परिषदको निर्णयको न्यायपालिका अधिकृत समाजले असन्तुष्टि व्यक्त गरेको छ।  न्याय परिषद (पहिलो संशोधन) नियमावली २०८० लाई खारेज गर्ने निर्णय गर्नुपूर्व सरोकारवालाहरूसँग छलफल पनि नगरेको भन्दै...

इसेवा मनी ट्रान्सफरको ब्रान्ड प्रवर्द्धकमा दिपेन्द्र सिंह ऐरीको निरन्तरता

४० मिनेट अघि   सेतोपाटी

डिजिटल रेमिटेन्स कम्पनी इसेवा मनी ट्रान्सफरले आफ्नो ब्रान्ड प्रवर्द्धकका रूपमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्टार खेलाडी दिपेन्द्र सिंह ऐरीलाई आफ्नो ब्रान्ड प्रवर्द्धकका रूपमा पुनः अनुबन्ध गरेको छ। विगत दुई वर्षदेखि कम्पनीसँग आबद्ध रहेका ऐरीसँगको सम्झौताको अवधि पुनः थप गरिएको हो। पुस...

हास्य-सामाजिक कथासहित 'गोबर गणेश' को ट्रेलर सार्वजनिक

४१ मिनेट अघि   सेतोपाटी

टेलिभिजन सिरियलका चर्चित कलाकार मरिचमान श्रेष्ठ (बल्छी धुर्बे) को निर्देशकीय डेब्यु फिल्म 'गोबर गणेश' को ट्रेलर सार्वजनिक गरिएको छ।  शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रमकाबीच सार्वजनिक ट्रेलरले फिल्मको कथावस्तु र पात्रबारे जानकारी दिन्छ। ट्रेलर हेर्दा फिल्मले हास्य र मनोरञ्जनको आवरणभित्र सामाजिक कथा प्रस्तुत...

शिभालीले अस्ट्रेलियाको मेलवर्नमा एसिया-प्यासिफिक एलिट टेनिस खेल्ने

५३ मिनेट अघि   सेतोपाटी

नेपाली टेनिस खेलाडी शिभाली गुरुङले एसिया-प्यासिफिक एलिट यु–१४ ट्रफी खेल्ने भएकी छिन्। प्रतियोगिता जनवरी २८ देखि ३० तारिखसम्म अस्ट्रेलियाको मेलबर्नमा हुनेछ। एसियामा यु–१४ उमेरसमूहमा चौथो वरीयतामा रहेकी शिभाली प्रतियोगिताको तयारीका लागि अस्ट्रेलियाअघि आइतबार मलेसिया जाने नेपाल टेनिस संघका सचिव अजय...

यसरी गर्न सकिन्छ समानुपातिक सूचीको नाम परिवर्तन

५५ मिनेट अघि   सेतोपाटी

निर्वाचन आयोगले दलहरूले बुझाएको समानुपातिक उम्मेदवारहरूको सूची संशोधन हुन सक्ने अवस्था खुलाएको छ। आयोगले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै समानुपातिक निर्वाचन प्रणालीतर्फका बन्दसूचीमा सूचीकृत कुनै पनि उम्मेदवारले आफ्नो नाम उम्मेदवारको सूचीबाट फिर्ता लिन चाहेमा निवेदन दिनसक्ने बताएको छ। त्यसरी उम्मेदवारले...

आयोगले निर्वाचनमा सूचना प्रविधिको प्रयोगमा प्रोत्साहन गर्ने नीति लिएको छ- प्रवक्ता भट्टराई

१ घण्टा अघि   सेतोपाटी

निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा आयोगले सूचना प्रविधिको प्रयोगलाई प्रोत्साहन गर्ने नीति लिएको बताएका छन्। आयोगले शुक्रबार आयोजना गरेका पत्रकार सम्मेलनमा प्रवक्ता भट्टराईले सूचना प्रविधिको प्रोत्साहन र हरित निर्वाचनमा जोड दिएर आयोगले...

म ढुंगा हुँदा नै ठिक थिएँ!

१ घण्टा अघि   सेतोपाटी

म ऊ पर तिम्रो मानव बस्तीभन्दा टाढा  नदीको तटमा घाम र जूनको स्पर्श गर्दै  प्रकृतिको सामीप्यबाट आफ्नै अस्तित्वमा रहेको थिएँ! तिमी अचानक मेरो छेउ किनाराबाट हिँड्ने क्रममा एक्कासि ममाथि  आँखा जुधायौ र बुरुक्क उफ्रिँदै खुसी भएर मलाई टपक्क टिपेर लेरायौ ...

वैदेशिक रोजगारीमा गएका २० लाख युवाको पाँच अर्ब सामाजिक सुरक्षा कोषमा

१ घण्टा अघि   सेतोपाटी

योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा हाल २६ लाखभन्दा धेरै योगदानकर्ता जोडिएका छन्।  जसमा वैदेशिक रोजगारीमा गएका मात्रै २० लाख ५१ हजार २७१ श्रमिक आबद्ध भएका छन्।  वैदेशिक रोजगारीमा गएकाहरूको पाँच अर्ब १३ करोड ६१ लाख ८२ हजार ६४८ रूपैयाँ कोषमा...

छेकम्पारमा आगलागी हुँदा एकजना घाइते

१ घण्टा अघि   सेतोपाटी

उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–७ छेकम्पारस्थित लेरु गाउँमा आज आगलागी हुँदा एक जना गम्भीर घाइते भएका छन्। आगलागी हुँदा स्थानीय ५४ वर्षीय तेन्जिङवाङगेल लामा घाइते भएका स्थानीय अटु लामाले बताए। आगलागीका कारण लामाको अनुहार, घाँटी र दुवै हात जलेको चुमनुब्री स्वास्थ्य...

महामन्त्री शर्माले भने– पुस २६ गते बन्दसत्र र उम्मेदवारी दर्ता, भोलिपल्ट चुनाव!

१ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनका लागि सम्भावित कार्यतालिका सार्वजनिक गरेका छन्। शुक्रबार केन्द्रीय कार्यसम्पादन समिति बैठकका लागि आउँदा सानेपास्थित पार्टी कार्यालय बाहिर पत्रकारहरूसँग कुरा गर्दै उनले उक्त कार्यतालिकाको चर्चा गरेका हुन्। उनका अुनसार पुस २६ गते बन्दसत्र हुनेछ, जसमा...

१९औं वार्षिकोत्सवको अवसरमा ग्लोबल आइएमई बैंकले सामाजिक उत्तरदायित्वका १९ कार्यक्रम गर्ने

१ घण्टा अघि   सेतोपाटी

ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १९औं वार्षिकोत्सवलाई विशेष बनाउँदै संस्थागत सामाजिक उत्तरदायित्व (सिएसआर) अन्तर्गत १९ वटा प्रभावकारी कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेको छ।  बैंकले विगतका वर्षहरूमा जस्तै यसपटक पनि वार्षिकोत्सवको अवसर पारेर ठूलो स्तरको सामाजिक योगदान दिने कार्यक्रमहरू अगाडि सारेको...

कांग्रेस जटिलताको समाधान सोध्दा कार्यवाहक सभापतिले दिए दुई शब्दको जबाफ

२ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक शुक्रबार बस्दै छ। अपराह्न ३ बजेदेखि सुरू हुने भनिएको बैठकका लागि नेताहरू केन्द्रीय कार्यालय सानेपा पुग्ने क्रम जारी छ। विशेष महाधिवेशनको प्रतिवेदन लेख्नका लागि धुलिखेल गएका महामन्त्री गगन थापा पनि बिहानै काठमाडौं फर्किएका थिए।...

लागुऔषध कारोबारी समात्न हवाई फायर

२ घण्टा अघि   सेतोपाटी

बाँकेमा प्रहरीले तीन राउन्ड हवाई फायर गरी लागुऔषध कारोबारी नियन्त्रणमा लिएको छ।  भारत उत्तर प्रदेश जिल्ला बहराइच रुपैडिया थानाका ३५ वर्षीय इलिहास महम्मदलाई प्रहरीले नेपालगञ्ज उपमहानगरपालिका –४ गणेशपुर नजिकबाट पक्राउ गरेको थियो।  बाँकेका प्रहरी प्रवक्ता डिएसपी दीपक पातलीका अनुसार गोप्य सूचनाका आधारमा...

गगन थापाको नेतृत्व रोक्न पार्टी फुटको हौवा देखाइयो- सहमहामन्त्री मन्सुर

२ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसका सह-महामन्त्री फरमुल्लाह मन्सुरले कांग्रेसमा गगन थापाको नेतृत्व रोक्न पार्टी फुटको हौवा देखाइएको आरोप लगाएका छन्। कार्यसम्पादन समिति बैठकअघि पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकारहरूसँग बोल्दै सहमहामन्त्री मन्सुरले पार्टी कब्जा गर्नेहरूले विशेष महाधिवेशन गरे पार्टी फुट्ने हल्ला चलाइरहेको आरोप लगाएका...

गोदावरीको 'अन्डरग्राउन्ड पार्टी' मा लागुऔषधको कारोबार, ९ जना पक्राउ

२ घण्टा अघि   सेतोपाटी

ललितपुरको गोदावरीमा अन्डरग्राउन्ड पार्टीको आयोजना गरी लागुऔषधको कारोबार गरेको खुलेको छ। लागुऔषध नियन्त्रण ब्युरोले ६ जना भारतीय नागरिक र तीन जना नेपालीलाई पक्राउ गरेको एसपी जनकबहादुर शाहीले जानकारी दिए। गोदावरीको विशंखुनारायणमा रहेको एक रिसोर्टमा महामाया मन्त्र इभेन्टको नाम राखेर अन्डरग्राउन्ड...

विमलेन्द्र निधिले भने– विशेष महाधिवेशनको औचित्य समाप्त भइसक्यो

२ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले विशेष महाधिवेशनको औचित्य समाप्त भइसकेको बताएका छन्। केन्द्रीय कार्यसम्पादन समितिको बैठकका लागि शुक्रबार सानेपास्थित पार्टी कार्यालय आएका बेला पत्रकारहरूसँग संक्षिप्त कुरा गर्दै उनले भने, 'विशेष महाधिवेशन हुँदैन। त्यसको औचित्य उहिल्यै समाप्त भइसकेको छ। मंसिर १५...

ज्याद्रो!

२ घण्टा अघि   सेतोपाटी

अझै पनि रहर उसको मरेकै छैन अझैसम्म सेखी उसको झरेकै छैन। उसलाई लाग्छ त्यो भूकम्प थिएन त्यो केवल उसको खाट हल्लिएको हो ठेट्नाहरू लहैलहै र नसामा भुल्दै रुमल्लिएको हो। ऊ ढुक्कै छ ऊ नै मुलुकको तारणहार हो ऊ एक असामान्य...

गोरखा–२ बाट एमालेले चक्रे मिलनलाई गर्‍यो उम्मेदवार सिफारिस

२ घण्टा अघि   सेतोपाटी

नेकपा एमाले गोरखाले क्षेत्र नम्बर २ को प्रतिनिधि सभा उम्मेदवारका रूपमा चक्रे मिलन (मिलन गुरूङ) लाई सिफारिस गरेको छ। जिल्ला कमिटीले विगतमा गुण्डा नाइकेको पृष्ठभूमि बनाएका मिलन चक्रेलाई सिफारिस गरेको हो। उनी पटकपटक विवादमा आइरहन्छन्। पक्राउ परिरहन्छन्। पछिल्लो समय जन्म...