कविताले अण्डा पार्दैन!
जब मनको मरुभूमिमा खडेरी पर्छ कविताले शीतलताको झरी बर्साउँछ जब पेट भरिएर पनि अन्तर्मन भोको रहन्छ शब्दका साना दानाहरूले तृप्ति दिलाउँछ। जसरी अन्नले शरीर पाल्छ कविताले चेतना जगाउँछ निरीहको दबिएको आवाजलाई उभिन सक्ने साहस दिन्छ कविताले शासकको तरबार कलमको नोकले...
