ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

सिंहदरबार छिर्न नपाएपछि गेटमै माग पत्र टाँसेर फर्किए मिराज ढुंगाना नेतृत्वको जेनजी समूह (तस्बिरहरू)

२ मिनेट अघि   सेतोपाटी

प्रधानमन्त्री सुशीला कार्कीलाई माग पत्र बुझाउन जाने क्रममा प्रवेश नपाएपछि सिंहदरबारको दक्षिण गेटमा माग पत्र टाँसेर मिराज ढुंगाना नेतृत्वको जेनजी समूह बाहिरिएको छ। सोमबार दिउँसो प्रधानमन्त्री सुशीला कार्कीलाई भेट्न पुगेका जेनजी अगुवाहरू पुगेका थिए। प्रधानमन्त्री सुशीला कार्कीको प्रमुख स्वकीय सचिव आदर्श श्रेष्ठले...

‘विश्वविद्यालयमा प्रधानमन्त्री होइन, प्राज्ञिक व्यक्ति कुलपति बन्नुपर्छ’

४ मिनेट अघि   थाहाखबर

काठमाडौँ : ‘मैले प्रधानमन्त्रीज्यूलाई कति वटा विश्वविद्यालयको कुलपति हुनुहुन्छ‚ थाहा छ भनेर सोधेँ एक दिन, उहाँले कहाँ थाहा हुनु?, मलाई थाहै हुँदैन भन्नुभयो, अब कुलपतिले आफू यति वटा विश्वविद्यालयको कुलपति छु भन्ने थाहा नभएपछि कसरी चल्छ?,अनि यस्तो किसिमको कुलपति राखेर कसरी विश्वविद्यालय...

नागरिक सहभागिता र अन्तरसरकार सम्बन्धबाट राजस्व लक्ष्य पूरा गर्न सकिन्छ : समिति

२४ मिनेट अघि   थाहाखबर

काठमाडौँ : नागरिक सहभागिता र अन्तरसरकार सम्बन्धलाई बलियो बनाउने हो भने राजस्व संकलनको लक्ष्यमा पुग्न सकिने काठमाडौँ महानगरपालिकाको राजस्व परामर्श समितिले निष्कर्ष निकालेको छ। आज(सोमबार) समितिका संयोजक एवं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलको अध्यक्षतामा बसेको बैठकले चालु आर्थिक वर्षमा संकलन भएको राजस्वसँग विगत वर्ष...

प्रधानमन्त्री कार्यालय अगाडि जम्मा भए जेनजीहरू (तस्बिरहरू)

२६ मिनेट अघि   सेतोपाटी

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय अगाडि जेनजी‍ अगुवाहरू भेला भएका छन्। सोमबार दिउँसो प्रधानमन्त्री सुशीला कार्कीलाई भेट्न पुगेका जेनजी अगुवाहरू भेट नपाएपछि कार्यालय अगाडि नै जम्मा भएर बसेका हुन्।  सुदन गुरूङको द काउन्सिल अफ जेनजी समूहमा रहेका र मिराज ढुंगानाको गरिखान देऊ समूहमा...

ट्याटु हाउसबाट सुरू भएको थियो टिओबी

४९ मिनेट अघि   सेतोपाटी

भदौ २३ गतेको जेनजी आन्दोलनमा उच्छृंखल गतिविधिका लागि प्रयोग भएका मोटरसाइकलहरू प्रहरीले सोमबार सार्वजनिक गरेको छ। आन्दोलनका क्रममा साइलेन्सर पड्काउँदै बिजुलीबजार क्षेत्र र काठमाडौंका अरू ठाउँहरूमा कुदाइएका मोटरसाइकललाई विभिन्न मितिमा नियन्त्रणमा लिएको थियो। त्यस्ता झन्डै एक दर्जन मोटरसाइकल जिल्ला प्रहरी...

अमिताभ बच्चनले भन्दा बढी सुपरहिट दिए, तर सुपरस्टार कहलिएनन्

५० मिनेट अघि   सेतोपाटी

धर्मेन्द्र बलिउडका यस्ता अभिनेता हुन्, जसले करिब ६ दशक लामो करिअरमा राजेश खन्ना, अमिताभ बच्चन, शाहरूख खान वा सलमान खानभन्दा बढी हिट फिल्म दिएका छन्, तर उनी कहिले पनि बलिउडका 'सुपरस्टार' कहलिएनन्। मुम्बईको आफ्नै घरमा सोमबार निधन भएका धर्मेन्द्रले एक्सनदेखि...

सुदूरपश्चिमविरूद्ध कर्णालीका कप्तान सोमपाललाई 'रोयल डक'

५९ मिनेट अघि   सेतोपाटी

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत सोमबार दिनको दोस्रो खेलमा अपराजित सुदूरपश्चिम रोयल्सविरूद्ध कर्णाली याक्सले टस जितेको छ।  टस जितेको कर्णालीले फिल्डिङ रोजेको छ। पहिले ब्याटिङ गरेको सुदूरपश्चिमविरूद्ध कर्णालीका कप्तान सोमपाल कामीले रोयल डक लिएका छन्। उनले सुदूरपश्चिमका ओपनर...

सुमनराज अर्याललाई मुख्य सचिवमा नियुक्त गर्ने मन्त्रिपरिषदको निर्णय

१ घण्टा अघि   सेतोपाटी

सरकारले मुख्य सचिवमा सुमनराज अर्याललाई नियुक्त गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद बैठकले रक्षा सचिव रहेका अर्याललाई मुख्य सचिव नियुक्त गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए। उनी वरिष्ठ सचिव थिए। मुख्यसचिव एकनारायण अर्यालले ५८ वर्षे उमेर हदका कारण...

जो अमेरिकामा तोफुको गुणस्तर हेर्छिन्

१ घण्टा अघि   सेतोपाटी

सेतोपाटी ग्लोबल चितवनकी सन्ध्या सुवेदी अमेरिकाको क्यालिफोर्नियामा रहेको एक तोफु बनाउने उद्योगमा काम गर्छिन्। तीन वर्षदेखि उनी त्यहाँको खाद्य स्वच्छता र गुणस्तर नियन्त्रण शाखामा कार्यरत छिन्। सन् २००४ मा स्थापनित होडो फुड्स नामक कारखानाका लागि आउने कच्चा पदार्थ अनि त्यहाँ बनाइएको तोफु...

एमालेले कसरी छान्दैछ झन्डै २२ सय महाधिवेशन प्रतिनिधि?

१ घण्टा अघि   सेतोपाटी

नेकपा (एमाले) को ११ औं महाधिवेशनअन्तर्गत प्रतिनिधि छनोटका लागि चुनावी कार्यक्रम सोमबारबाट सुरू भएको छ। आज अधिकांश जिल्लाले मतदाता नामावली प्रकाशित गरेका छन्। एमालेमा ७७ जिल्ला र ७ विशेष जिल्ला गरी कूल ८१ वटा जिल्ला कमिटी छन्। त्यसमध्ये अधिकांश जिल्ला...

धर्मेन्द्रको निधनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले के भने?

१ घण्टा अघि   सेतोपाटी

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बलिउडका दिग्गज अभिनेता धर्मेन्द्रको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन्। सोमबार सामाजिक सञ्जाल 'एक्स' मार्फत श्रद्धाञ्जली अर्पण गर्दै प्रधानमन्त्री मोदीले धर्मेन्द्रको निधनलाई भारतीय फिल्म क्षेत्रमा एउटा युगको अन्त्य भएको बताएका छन्।  मोदीले लेखेका छन्, 'धर्मेन्द्रजीको निधनले भारतीय सिनेमामा...

पिटिसी इन्डियासँग सम्झौता नगरेको भए ७५ करोड घाटा हुन्थ्यो‍–कार्यकारी निर्देशक सिलवाल

१ घण्टा अघि   सेतोपाटी

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालले नेपालले भारतसँग गरेको विद्युत खरिद सम्झौताले देशलाई कुनै घाटा नपुगेको बताएका छन्। सोमबार राष्ट्रिय सभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिमा जबाफ दिँदै कार्यकारी निर्देशक सिलवालले सबैभन्दा सस्तो विकल्पमा सम्झौता भएको बताए। आयातका...

सुदूरपश्चिम भर्सेस कर्णाली : दुवै टोलीमा छैन परिवर्तन

१ घण्टा अघि   सेतोपाटी

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत सोमबार दिनको दोस्रो खेलमा अपराजित सुदूरपश्चिम रोयल्सविरूद्ध कर्णाली याक्सले टस जितेको छ।  टस जितेको कर्णालीले फिल्डिङ रोजेको छ। सुदूरपश्चिमले यसअघिका लगातार दुई खेलमा जित निकालेको थियो। कर्णालीले भने एक खेलमा जित र एक...

स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र हेटौंडाको तत्कालीन निमित्त निर्देशकसहित ७ जनाविरूद्ध भ्रष्टाचार मुद्दा

१ घण्टा अघि   सेतोपाटी

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र हेटौंडाको तत्कालीन निमित्त निर्देशकसहित ७ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ। मकवानपुर, हेटौंडाको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका तत्कालीन निमित्त निर्देशक डा. अर्जुनप्रसाद सापकोटासहित ७ जनाविरूद्ध अख्तियारले सोमबार मुद्दा दर्ता गरेको हो। अख्तियारले...

भारत-क्यानडा व्यापार वार्ता फेरि सुरू गर्न मोदी र कार्नी सहमत

१ घण्टा अघि   सेतोपाटी

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले व्यापार सम्झौताका लागि फेरि वार्ता सुरू गर्न सहमति जनाएका छन्। सन् २०२३ मा आफ्नो भूमिमा भएको शिख पृथकतावादीको हत्यामा भारत सरकार संलग्न रहेको आरोप क्यानडाले लगाएपछि दुई देशबीच सम्बन्ध बिग्रिएको थियो।...

सांसदको चेतावनी : जेनजीपछि अब अल्फाको आन्दोलन कुरेर बसेको हो

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टीकी सांसद रेनु चन्दले मुलुकमा फेरि अर्को आन्दोलनलाई निम्तो दिने काम गरेको चेतावनी दिएकी छन्। सोमवार संघीय संसद् राष्ट्रियसभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा बोल्दै नेपाल कम्युनिष्ट पार्टीकी सांसद रेनु चन्दले यस्तो चेतावनी...

नेप्से ५० अंकले बढ्यो, जीवन बीमामा उच्च आकर्षण

१ घण्टा अघि   सेतोपाटी

सोमबार सेयर बजारमा उत्साहजनक वृद्धि देखिएको छ। सोमबार नेप्से ५०.४४ अंकले बढेर २६५०.६६ विन्दु पुगेको हो।  नेप्सेले सजिलै २६ सयको विन्दु पार गरेको छ। यसदिन कारोबार रकम समेत बढेर सात अर्ब रूपैयाँ पुगेको छ। सोमबार सात अर्ब तीन करोड रूपैयाँको...

धर्मेन्द्रको अन्तिम फिल्म 'इक्किस', यस्तो छ चरित्र पोस्टर

१ घण्टा अघि   सेतोपाटी

बलिउडका दिग्गज अभिनेता धर्मेन्द्रको ८९ वर्षको उमेरमा सोमबार निधन भएको छ। उनको निधनको केही समयअघि मात्र निर्माण पक्षले धर्मेन्द्रको आगामी फिल्म 'इक्किस' को फर्स्टलुक (चरित्र पोस्टर) सार्वजनिक गरेको थियो।  सार्वजनिक पोस्टरको भिडिओमा धर्मेन्द्रले आफ्नो ठूलो छोरा सधैं २१ वर्षको मात्र हुने...

ठण्डीमा पनि घटेनन् डेंगुका विरामी, एक सातामा भेटिए १६० जना

२ घण्टा अघि   थाहाखबर

काठमाडौँ : चिसो मौसम शुरु हुँदा पनि देशभर डेंगुका विरामी कम हुन सकेका छैनन्। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडीसिडी)का अनुसार पछिल्लो एक सातामा देशभर १६० जना डेंगुका विरामी भेटिएका छन्। योसँगै नेपालमा गत पुसयता डेंगु सङ्क्रमितको सङ्ख्या ७ हजार ८०२ पुगेको छ।...

पोखरामा केई र फोर्थिङ इभीको सोरुम उद्घाटन

२ घण्टा अघि   सेतोपाटी

नेपालका लागि केई र फोर्थिङ इलेक्ट्रिक सवारीसाधनका अधिकृत वितरक लक्ष्मी ई–मोबिलिटीले पोखरामा नयाँ केई र फोर्थिङ इभी सोरुम उद्घाटन गरेको छ।  नयाँ सोरुम सोमबारदेखि औपचारिक रूपमा सञ्चालनमा आएको हो। उद्घाटन समारोहका अवसरमा कम्पनीले विशेष प्रमोसन प्याकेज सार्वजनिक गरेको छ। यसमा...

सन्दीपको उत्कृष्ट बलिङमा विराटनगरको लगातार तेस्रो जित, साविक विजेता जनकपुरको दोस्रो हार

२ घण्टा अघि   सेतोपाटी

कप्तान सन्दीप लामिछानेले उत्कृष्ट बलिङमा गरेपछि विराटनगर किंग्सले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा लगातार तेस्रो खेलमा जित निकालेको छ। अंक तालिकाको शीर्ष स्थानमा पुगेको विराटनगरले सोमबार कीर्तिपुरस्थित त्रिवि मैदानमा साविक विजेता जनकपुर बोल्टलाई ९ रनले पराजित गरेको हो।...

जनकपुरमाथि विराटनगरको रोमाञ्चक जित, नायक बने सन्दीप

२ घण्टा अघि   थाहाखबर

काठमाडौं :  कप्तान सन्दीप लामिछानेको घातक बलिङको मद्दतले विराटनगर किङ्सले जनकपुर बोल्टमाथि रोमाञ्चक जित हात पारेको छ। १३६ रनको लक्ष्य पछ्याउने क्रममा जनकपुरले ९ विकेट गुमाएर १२६ रन बनायो।  जनकपुरका लागि जोन निकल इटनले सर्वाधिक ४१ रन बनाए। लाहिरू मिलन्था २३,...

सिंहदरबारभित्र कागजरहित सेवाको अभ्यास बढ्दै, अर्थपछि कुन–कुन मन्त्रालयमा लागू भयो डिजिटल टिप्पणी?

२ घण्टा अघि   सेतोपाटी

सिंहदरबारभित्र फाइल बोकेर कोठा–कोठा धाउनुपर्ने पुरानो अभ्यास हट्दै गएको छ।  दर्ता, चलानी, टिप्पणी र निर्णय अहिले क्रमशः डिजिटल माध्यममा सारिँदैछ। डिजिटल रूपमा नै टिप्पणी उठाइँदै छ। सूचना प्रविधि विभागले विकास गरेको सरकारी कार्यालय व्यवस्थापन प्रणाली (जिओआइएएस) को डिजिटल टिप्पणी सेवा...

भारतसँग गरिएको विद्युत् खरिद सम्झौताबाट एक अर्ब २० करोड फाइदा भयो : मन्त्री घिसिङ

२ घण्टा अघि   थाहाखबर

काठमाडौँ : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले भारतको पिटिसी कम्पनीसँग विद्युत् खरिद सम्झौता गरेर सरकारलाई एक अर्ब २० करोड बराबर लाभ भएको बताएका छन्। सोमवार संघीय संसद् राष्ट्रियसभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा सांसदहरूले उठाएका प्रश्नको...