'एकपल्ट छोराको अनुहार हेर्छु भनेर जबरजस्ती हेरेँ, बेहोस भएँ'
सहिद परिवार भदौ २१ गते बिहानको कुरा। मधु सारू मगर बिरामी छोरीलाई अस्पताल लैजाने तयारीमा थिइन्। त्यति बेलै छोरा माधवले फोन गरे। अस्पताल जाने हतारोमा उनले छोरासँग कुरा गर्न पाइनन्। 'साँझपख फोन गर् है' भन्दै राखिन्। माधवले फोन गरेनन्। बिरामी छोरीको स्याहारमा व्यस्त मधुले पनि गरिनन्। फोन गरिहाल्नुपर्ने असामान्य...
