ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

पार्टी हैन, सिभिलियन फोर्स तयार पार्दैछन् सुदन गुरूङ

३ मिनेट अघि   सेतोपाटी

जेनजी आन्दोलनबाट चर्चामा आएका हामी नेपाल अभियानका संस्थापक सुदन गुरूङले ‘सिभिलियन फोर्स’ तयार पार्ने भएका छन्।  ऊर्जा, भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री कुलमान घिसिङ र राष्ट्रिय स्वतन्त्र पार्टी परित्याग गरेकी पूर्वसांसद सुमना श्रेष्ठसँग गुरूङ राजनीतिक संवादमा थिए। तर घिसिङ...

नासोलाई इन्टरनेसनल एष्ट्रोनोमिकल युनियन सदस्यको मान्यता

६ मिनेट अघि   थाहाखबर

काठमाडौँ : नेपाल खगोल विज्ञानको सर्वोच्च संस्था इन्टरनेसनल एष्ट्रोनोमिकल युनियन (आइएयु)को सदस्य राष्ट्र बन्न सफल भएको छ ।  नासोलाई आइएयुको राष्ट्रिय सदस्यको मान्यता प्राप्त भएको जानकारी आइएयुका नवनिर्वाचित अध्यक्ष प्रो.ब्रायन पी श्मिड्टले इमेलमार्फत दिएका नासोका अध्यक्ष सुरेश भट्टराईले बताए।  लामो समयको...

शिक्षक कुनै पनि राजनीतिक पार्टीमा आबद्ध छैनन् : महासंघ

१३ मिनेट अघि   थाहाखबर

काठमाडौँ : नेपाल शिक्षक महासंघले महासंघ र त्यसका सदस्य शिक्षकहरू कुनै पनि राजनीतिक पार्टीमा आबद्ध नरहेको जनाएको छ। हिजो(आइतवार) शिक्षा,विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले जारी गरेको सूचनापछि महासंघले यस्तो बताएको हो। शिक्षा मन्त्रालयका अनुसार मन्त्रालयको आधिकारिक इमेल, टेलिफोन, हट्सएपलगायत विभिन्न सामाजिक...

एमालेबाट अलग भएर अर्को बाटो रोज्नु गल्ती थियोः किसान श्रेष्ठ

२६ मिनेट अघि   सेतोपाटी

नेकपा (एमाले) मै फर्किएका किसान श्रेष्ठले चार वर्षअघि विद्रोह गरेर एकीकृत समाजवादी बनाउनु गल्ती भएको बताएका छन्। एकीकृत समाजवादीमा लामो समयदेखि असन्तुष्ट रहँदै १० पार्टीको एकतामा नगएका निवर्तमान सांसद श्रेष्ठ सोमबार एमाले फर्किएका हुन्। ‘चार वर्षअघि हामीले विविध कारणले नेकपा...

'काठमाडौं कलिङ कन्दरा' घोषणा, कात्तिक २८ मा ठमेलमा कन्सर्ट

२७ मिनेट अघि   सेतोपाटी

नेपालको लोकप्रिय लोकपप सांगीतिक ब्यान्ड कन्दराले यही कात्तिक २८ (नोभेम्बर १४) मा काठमाडौंमा सांगीतिक कन्सर्ट गर्ने भएको छ। सोमबार काठमाडौंमा आयोजित कार्यक्रमकाबीच 'काठमाडौं कलिङ कन्दरा' सांगीतिक कार्यक्रमको घोषणा गरिएको हो। विशिष्ट इन्टरनेसनलले एक्स ओ क्लब र हाई इन्टरटेन्मेन्टसँगको सहकार्यमा ठमेलमा कन्सर्ट...

होटलमा खुवाइएको मुख्यमन्त्रीको शपथलाई दुत्कार्‍यो सामाजिक सञ्जालले

३० मिनेट अघि   सेतोपाटी

राजनीतिमा बेलाबेला यस्ता घटना हुन्छन्, जसलाई लिएर नेताहरू लोकहँसाइको पात्र बन्ने गर्छन्। मधेस प्रदेशमा पनि सोमबार यस्तै घटना भयो। प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले एमालेका सरोजकुमार यादवलाई सोमबार झिसमिसेमै बर्दिबासको होटल डाकेर मुख्यमन्त्रीको शपथ खुवाइन्। यो घटनालाई लिएर देशको राजनीति मात्र होइन, सामाजिक सञ्जाल...

दिल्लीमा वायु प्रदूषण चरमस्तरमा पुगेपछि सडकमा प्रदर्शन

३१ मिनेट अघि   थाहाखबर

धुवाँको बाक्लो तहले सोमवार भारतको राजधानी नयाँदिल्लीलाई ढाकेको छ। प्रदूषणको स्तर तीव्र रूपमा बढ्दै गएपछि हावामा तीखो गन्ध भरिएको छ, जसले जनस्वास्थ्य सङ्कटलाई थप गम्भीर बनाएको छ। यस स्थितिप्रति असन्तुष्टि जनाउँदै बासिन्दाहरू सरकारी कदमको माग गर्दै सडकमा उत्रिएका छन्। विश्व...

दैनिक १३ हजार दर्शकलाई स्वागत गर्न तयार त्रिवि क्रिकेट रंगशाला (भिडिओ)

३८ मिनेट अघि   सेतोपाटी

दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) सुरू हुन एक साता मात्र बाँकी छ। यसपटक फेरिएको स्वरूपको त्रिवि क्रिकेट अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा खेलहरू आयोजना हुँदैछन्। मंसिर १ देखि सुरू हुने एनपिएल २७ दिनसम्म चल्नेछ भने आठ फ्रेञ्चाइज टोलीले प्रतिस्पर्धा...

कोषलाई राजनीतिक भर्ती केन्द्र बनाउन हुँदैन : प्रधानमन्त्री कार्की

४९ मिनेट अघि   थाहाखबर

काठमाडौँ : प्रधानमन्त्री सुशीला कार्कीले पशुपति क्षेत्र विकास कोषलाई राजनीतिक भर्ती केन्द्र बनाउन नहुने धारणा राखेकी छिन्। कोषको आज बसेको सञ्चालक परिषद् बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्की धार्मिक संस्थामा धार्मिक व्यक्ति नै आवश्यक पर्ने भएकाले राजनीतिक कार्यकर्ता भर्ती गर्न नहुने...

चुनावमा केन्द्रित हुन गण्डकीका मुख्यमन्त्रीको आह्वान, पुनर्निर्माण गर्न १५० करोड जोहो

५६ मिनेट अघि   सेतोपाटी

गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा निर्वाचन सफल बनाउनेतर्फ केन्द्रित हुन आह्वान गरेका छन्।  जेनजी आन्दोलन पश्चात सोमबार पहिलो पटक बसेको प्रदेश सभा बैठकलाई सम्बोधन गर्दै पाण्डेले निर्वाचन सफल बनाउने दायित्व प्रदेश सरकार, सांसदहरू, राजनीतिक दल...

मधेस प्रदेशको नयाँ सरकार गठन प्रक्रिया असंवैधानिक भन्दै सर्वोच्चमा रिट

५९ मिनेट अघि   सेतोपाटी

मधेस प्रदेशमा नयाँ सरकार गठन प्रक्रिया असंवैधानिक भएको भन्दै कानुनका विद्यार्थीले सर्वोच्च अदालतमा मुद्दा दायर गरेका छन्। पर्साको सखुवा प्रसौनी गाउँपालिका वडा नं ०६ का अर्जुन शाहले सर्वोच्चमा रिट दायर गरेका हुन्।  उनी भक्तपुरस्थित ख्वप कलेज अफ ल मा बिएएलएलबी...

भौतिक संरचना पुन: निर्माण कोषमा सात करोड ५२ लाख जम्मा

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : जेनजी आन्दोलनबाट क्षति भएका भौतिक संरचनाको पुनर्निर्माण, आर्थिक पुनरुत्थान, राहत र पुनःस्थापनाका लागि स्थापना गरिएको कोषमा सात करोड ५२ लाख रुपैयाँ जम्मा भएको छ।  आन्दोलनबाट क्षति भएका सार्वजनिक तथा सरकारी भौतिक संरचनाको पुनर्निर्माण कार्यलाई व्यवस्थित र प्रभावकारी बनाउन...

झाक्री, किसानसहितका नेता कार्यकर्ता एमालेमा फर्किए, तस्वीरहरू

१ घण्टा अघि   थाहाखबर

काठमाडौं :  नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाक्री, किसान श्रेष्ठ सहित दजनौँ नेता कार्यकर्ता एमाले  प्रवेश गरेका छन्।  एमाले अध्यक्ष केपी ओलीले पार्टीमा उनीहरुलाई स्वागत गरेका हुन्। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विगतमा एमाले छाडेकाहरूलाई पार्टीमा फर्कन आह्वान गरेका थिए। एकीकृत समाजवादीका...

भीम रावल नेपाली कम्युनिष्ट पार्टीमा २६ गते सामेल हुने

१ घण्टा अघि   सेतोपाटी

मातृभूमि जागरण अभियान सञ्चालन गरिरहेका भीम रावल नेपाली कम्युनिष्ट पार्टीमा २६ गते सामेल हुने भएका छन्। नेकपा (एमाले) ले साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेपछि रावलले आफ्नै संयोजकत्वमा मातृभूमि जागरण अभियान सञ्चालन गर्दै आएका थिए। नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादीसहित...

एमालेमा फर्किए रामकुमारी झाक्रीसहित नेताहरू (तस्बिरहरू)

१ घण्टा अघि   सेतोपाटी

एकतामा नगएका रामकुमारी झाक्री सहितका नेताहरू एमालेमा फर्किएका छन्। सोमबार अपराह्न ४ बजेतिर राष्ट्रिय सभा गृहमा एमालेले चलाएको 'घर फर्क राष्ट्रिय अभियान' मार्फत् उनीहरू एमालेमा फर्किएका हुन्। एकतामा समाहित नभएका निवर्तमान सांसद कृष्णकुमार श्रेष्ठ (किसान), एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य पीताम्बर तिमिल्सिना, अर्जुन राई,...

दार्चुलामा भूकम्पको धक्का

१ घण्टा अघि   थाहाखबर

दार्चुला : दार्चुलामा आज दिउँसो २:४३ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको छ। शैल्यशिखर नगरपालिका–९ गोकुलेश्वर केन्द्रविन्दु भएर ३‍.५ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार क्षतिको बारेमा अहिलेसम्म कुनै जानकारी प्राप्त...

आइसिएफसी फाइनान्सले गर्‍यो लाभांश घोषणा

१ घण्टा अघि   सेतोपाटी

आइसिएफसी फाइनान्सले लाभांश घोषणा गरेको छ। कम्पनीको आइतबार बिहान बसेको सञ्चालक समितिको बैठकले लाभांश प्रस्ताव गरेको हो।  कम्पनीले १५.७८९ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो।  कम्पनीको प्रस्ताव राष्ट्र बैंकबाट स्वीकृत हुन र वार्षिक साधारण सभाबाट पारित हुन बाँकी छ।  यसअघि कम्पनीले...

खुला रुपमा फोहरमैला बाल्न निषेध, जलाए कामपाले कारबाही गर्ने

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : काठमाडौं महानगरपालिकाले खुला रूपमा फोहरमैला बाल्न निषेध गरेको छ। महानगरपालिका वातावरण व्यवस्थापन विभागले एक सूचना जारी गर्दै खुला रूपमा प्लाष्टिकजन्य फोहरमैला तथा अन्य फोहर जलाउने जस्ता कार्य बन्द गरेको जानकारी दिएको हो। विभागका अनुसार जाडो याममा काठमाडौं उपत्यकाको...

भैरहवा अन्तरराष्ट्रिय विमानस्थल नजिकै हुँदा पनि किन भारत-बंगलादेश डाइभर्ट हुन्छन् जहाज?

१ घण्टा अघि   थाहाखबर

भैरहवा : शनिवार त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको धावनमार्गमा रहेको ‘एयर फिल्ड लाइटिङ’ प्रणालीमा समस्या आउँदा उडान र अवतरण करिब साढे ५ घण्टा प्रभावित भयो। सो अवधिमा कोरियन एयरको विमान दिल्ली र फ्लाई दुबईको विमान लखनऊ डाइभर्ट भएको थियो। कतार एयरको जहाज ब‌ंगलादेश...

रास्वपामा समानुपातिक उम्मेदवार बन्न ५० हजार शुल्क, प्रत्यक्षतर्फ २५ हजार

१ घण्टा अघि   सेतोपाटी

फागुन २१ को आमनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक उम्मेदवार आह्वान गरेको छ। शनिबारबाट सुरू भएको यो प्रक्रियामा मोबाइल एपमार्फत् उम्मेदवारी दर्ता गर्न सकिने रास्वपाका सहमहामन्त्री विपिनकुमार आचार्यले जानकारी दिए। उनका अनुसार समानुपातिक उम्मेदवारका लागि ५० हजार रूपैयाँ शुल्क तोकिएको छ भने प्रत्यक्षतर्फ २५ हजार रूपैयाँ तोकिएको छ। उक्त शुल्क बुझाउन नसक्ने पार्टी सदस्यहरूलाई रकम छुट हुने सहमहामन्त्री...

'जेरी अन टप' ले अहिलेसम्म कति कमायो?

१ घण्टा अघि   सेतोपाटी

अनमोल केसी, आँचल शर्मा र जसिता गुरूङको मुख्य अभिनय रहेको फिल्म 'जेरी अन टप' ले घरेलु बक्स अफिसमा ११ करोड ७१ लाख रूपैयाँ ग्रस कमाइ गरेको छ।  असोज ३१ गते रिलिज फिल्मले २३ औं दिन शनिबार (कात्तिक २२) सम्ममा उक्त कमाइ गरेको चलचित्र...

पुरानो सत्ता साझेदार एमालेको पछि पछि लागेको हो कांग्रेस?

१ घण्टा अघि   सेतोपाटी

प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले प्रतिनिधिसभा विघटन गरी चुनाव घोषणा गरेको दिनदेखि नेकपा एमालेले एकसूत्रीय रूपमा संसद पुनर्स्थापनाको माग उठाइरहेको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीले आफू मात्र होइन, नेपाली कांग्रेस पनि संसद पुनर्स्थापनाको एजेन्डामा आउने बताएका थिए। जति बेला...

खेलाडी संघका अध्यक्ष भन्छन्- बन्द कोठामा जे पनि सम्झौता हुन सक्छ, लाइभ नगरी वार्तामा बस्दैनौं

१ घण्टा अघि   सेतोपाटी

ए डिभिजन लिग नियमित हुनु पर्छ भन्दै हामीले सडक आन्दोलन सुरु गरेपछि अखिल नेपाल फुटबल संघ (एन्फा) ले वार्ताका लागि हामीलाई आह्वान गर्नुभयो। वार्ताका लागि आह्वान गर्नु सकारात्मक पक्ष हो भनेर हामी एन्फा आयौं। सम्पूर्ण खेलाडीको समस्याको सम्बोधन हुन्छ र...

पहिलो दिन मात्र ५ लाख कमाएको 'परान' को व्यापार नाघ्यो चार करोड

२ घण्टा अघि   सेतोपाटी

नीर शाहको प्रमुख अभिनय रहेको फिल्म 'परान' ले बक्स अफिसमा चार करोड रूपैयाँमाथिको ग्रस कमाइ गरेको छ। दीपक आचार्य (काकु) निर्देशित फिल्मले प्रदर्शनको १० दिनसम्ममा उक्त कमाइ गरेको हो।  चलचित्र विकास बोर्डका अनुसार, फिल्मले बक्स अफिसमा शनिबारसम्म ३ करोड ७१ लाख...