ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

दसौं राष्ट्रिय खेलकुद फागुन पहिलो साता, पहिलो अन्तर्राष्ट्रिय पदक जित्ने केसीलाई २५ लाख पुरस्कार

१ मिनेट अघि   सेतोपाटी

दसौं राष्ट्रिय खेलकुद २०८२ साल फागुन पहिलो साता हुने भएको छ। राष्ट्रिय खेलकुद परिषद् (राखेप) का अध्यक्ष युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताको अध्यक्षतामा बुधबार बसेको १२३ औं बोर्ड बैठकले कर्णाली प्रदेशमा हुने दसौं राष्ट्रिय खेलकुद फागुन १ देखि ७...

विश्वकप लिग-२ : युएई सिरिजमा नेपाल जितबिहीन

६ मिनेट अघि   सेतोपाटी

आइसिसी विश्वकप लिग-२ अन्तर्गत युएई र अमेरिकाविरूद्धको त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपाल जितबिहीन बनेको छ।  बुधबार दुबईमा भएको अन्तिम खेलमा नेपालमाथि युएईले ४ विकेटको जित निकाल्यो। यससँगै सिरिजमा नेपालले युएई र अमेरिका दुवै टोलीसँगका दुई दुई  खेल नै गुमाउँदै लगातार चार खेलमा...

नेपाल एयरलायन्सको अध्यक्षमा राई र प्रवक्तामा घिमिरे नियुक्त

८ मिनेट अघि   थाहाखबर

काठमाडौँ : नेपाल वायुसेवा निगमको सञ्चालक समिति अध्यक्षको जिम्मेवारी निगमकै उपाध्यक्ष विक्रम राई र प्रवक्तामा निगमका ‘कर्पोरेट डाईरेक्टर’ अनिल घिमिरेलाई दिइएको छ।  निवर्तमान अध्यक्ष युवराज अधिकारीको कार्यकाल सकिएसँगै अर्का अध्यक्ष नियुक्त नभएसम्मका लागि राईलाई नै अध्यक्षको जिम्मेवारी दिइएको हो। अध्यक्ष...

सिंगापुर पुगेर बदलिएका देउवा!

१० मिनेट अघि   सेतोपाटी

असोज २८ गते कांग्रेस सभापति शेरबहादुर देउवा कांग्रेस केन्द्रीय कार्यालय सानेपामा आउने भएपछि मेरो मनमा एउटा कुतूहलता थियो। गाडीबाट ओर्लिएर जब उनले महिना दिनपछि पहिलो पटक क्यामरा 'फेस' गर्नेछन्, कस्ता देखिनेछन्? उनको हाउभाउ कस्तो हुनेछ? अनुहारमा कस्तो भाव आउनेछ? उनी...

तारकेश्वरबाट हतियारसहित एक व्यक्ति पक्राउ

२० मिनेट अघि   सेतोपाटी

काठमाडौं तारकेश्वर क्षेत्रबाट प्रहरीले हतियारसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा कञ्चनपुर–१, कैलाली घर भएका २३ वर्षीय शिवराज धमला छन्। हाल उनी काठमाडौँको मनमैजुमा बसोबास गर्दै आएका थिए। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई विशेष सूचनाका आधारमा नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार...

नयाँ अन्तरिम सरकार गठन गरेर निर्वाचनमा जानुपर्छ : विष्णु पौडेल

२२ मिनेट अघि   थाहाखबर

लुम्बिनी : नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष, पूर्व उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संविधान संशोधनमार्फत नयाँ अन्तरिम सरकार गठन गरेर निर्वाचनमा जानुपर्ने बताएका छन्। प्रेस चौतारी नेपाल रूपन्देहीले आज बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले जेनजीका माग सम्बोधनका लागि संविधान...

‘निरीह’ भएर एमाले फर्कंदै झाँक्री र श्रेष्ठहरू, छैन बार्गेनिङको हैसियत

३७ मिनेट अघि   थाहाखबर

काठमाडौँ : माओवादी केन्द्रसहित विभिन्न नौ वाम दलहरूबीचको पार्टी एकतासँगै एकीकृत समाजवादी तीन चिरा भयो। माधव नेपाल नेतृत्वको संस्थापन पक्ष एकतामा जाँदा महासचिव घनश्याम भुसाल नेतृत्वको टिमले एकीकृत समाजवादीलाई निरन्तर अघि बढाउने घोषणा गरेको छ।  एकीकृत समाजवादीको एउटा समूह भने नेकपा...

नेपाली कम्युनिष्ट पार्टी देशकै १ नम्बर बन्नबाट कसैले रोक्न सक्दैन : संयोजक प्रचण्ड

४७ मिनेट अघि   थाहाखबर

काठमाडौँ : नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय सङ्कट हल गर्न वामपन्थी र देशभक्त शक्तिबीच एकता भएको बताएका छन्। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र एकीकृत समाजवादीसहित विभिन्न १० वामपन्थी पार्टीबीचको एकता राष्ट्रिय सम्मेलनलाई आज सम्बोधन गर्दै उनले...

काँग्रेस केन्द्रीय समिति बैठक अझै केही दिन लम्बिने

५४ मिनेट अघि   थाहाखबर

काठमाडौँ : नेपाली काँग्रेसको केन्द्रीय समिति बैठक अझै केही दिन लम्बिने भएको छ। बुधवार बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै काँग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले अझै तीन दिन जति बैठक लम्बिने बताएका हुन्। उनका अनुसार बैठकमा नेताहरूले आफ्ना धारणा राखिरहेका छन्। समसामयिक...

पहिलो सिनेमा राम्रो चलेपछि शेखर गोल्छा दंग

५८ मिनेट अघि   सेतोपाटी

शुक्रबार रिलिज भएको फिल्म 'परान' अहिले सिनेमा हलहरूमा राम्ररी चलिरहेको छ। सुरूमा ६४ शो पाएको परान दर्शकहरूले मनपराएपछि बुधबार शो संख्या थपेर दोब्बरभन्दा बढी पुर्‍याइएको छ। बुधबार यसले देशभर कुल १३२ शो पायो। सुरूआती दुई दिन औसत व्यापार गरेको परानले राम्रो 'वर्ड अफ माउथ' पाएपछि दर्शक...

स्वस्तिका र शिभाली सेमिफाइनलमा

१ घण्टा अघि   सेतोपाटी

स्वस्तिका विष्ट र शिभाली गुरुङ होटल मिस्टिक माउन्टेन ग्रान्ड ओपन टेनिस प्रतियोगिताको महिला सिंगल्समा बुधबार सेमिफाइनलमा प्रवेश गरेका छन्। सातदोबाटोस्थित टेनिस कोर्टमा स्वस्तिकाले कर्मिस्था श्रेष्ठलाई ६–० र ६–० तथा शिभालीले साल्भी शेरचनलाई ६–१ र ६–० को सोझो सेटमा सहजै पराजित...

वामदेवलाई प्रचण्डको जबाफ- हामीलाई मात्रै नसोध्नुस्, तपाईं के गर्नुहुन्छ?

१ घण्टा अघि   सेतोपाटी

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'ले नेता वामदेव गौतमलाई जबाफ दिएका छन्। पार्टी एकता घोषणा कार्यक्रममा वामदेव गौतमले विभिन्न प्रश्नहरू गरेपछि कार्यक्रमलाई अन्तिममा सम्बोधन गरेका प्रचण्डले जबाफ दिएका हुन्।  उनले वामदेवको शैलीलाई विचारउत्तेजक भने।  'उहाँले अलि विचारउत्तेजक ढंगले विषय...

भदौ अन्तिम साताको हिंसा र देश दोहनलाई परिवर्तन ठान्नु गलतः एमाले उपमहासचिव ज्ञवाली

१ घण्टा अघि   सेतोपाटी

नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले गत भदौ अन्तिम साता भएको हिंसा र विध्वंसलाई परिवर्तनको नाममा महिमामण्डन गर्न नहुने टिप्पणी गरेका छन्। बुधबार ललितपुरमा आयोजित ‘राष्ट्रहित सर्वोपरि कन्क्लेभ’ मा बोल्दै उनले यस्तो टिप्पणी गरेका हुन्। भदौ २३ गतेको हिंसा र...

नेपाली कम्युनिष्ट पार्टी जनताको आशा र भरोसाको केन्द्र हो : सहसंयोजक नेपाल

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले नवगठित पार्टी नेपालको कम्युनिस्ट आन्दोलनको मूल प्रवाह र जनताको आशा र भरोसाको केन्द्र बनेको बताएका छन्। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र एकीकृत समाजवादीसहित विभिन्न १० वामपन्थी पार्टीबीचको एकता राष्ट्रिय सम्मेलनलाई आज...

वामदेव गौतमको प्रस्ताव : प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय शासन प्रणालीमा जाऔँ

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : नवगठित नेपाली कम्युनिष्ट पार्टीका नेता वामदेव गौतमले मुलुकमा प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणाली कायम गर्नुपर्ने प्रस्ताव गरेका छन्। बुधवार काठमाडौँमा आयोजित पार्टीको एकता राष्ट्रिय सम्मेलनमा बोल्दै उनले सो कुरा बताएका हुन्। सधैभरी ६/६ महिनामा सरकार परिवर्तन गर्ने, महिनामहिनामा सरकार...

राजदूत फिर्ता बोलाउने सरकारको निर्णयप्रति बारको आपत्ति

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : नेपाल बार एसोसिएसनले राजदूत फिर्ता बोलाउने निर्णयका सम्बन्धमा सर्वोच्च अदालतमा मुद्दा विचाराधीन अवस्थामा रहेकाले उक्त निर्णयप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। बारका महासचिव केदारप्रसाद कोइरालाले आज जारी गरेको प्रेस विज्ञप्तिमा हालै राजदूत फिर्ता बोलाउने नेपाल सरकारको निर्णयका सन्दर्भमा...

नेपाली कम्युनिष्ट पार्टीले जारी गर्‍यो २३ प्रतिबद्धता

१ घण्टा अघि   सेतोपाटी

माओवादी केन्द्रसहित १० वटा वाम घटकबीच एकता भई बनेको नेपाली कम्युनिष्ट पार्टीले २३ बुँदे प्रतिबद्धता सार्वजनिक गरेको छ। यो पार्टीको संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड' र सहसंयोजक माधवकुमार नेपाल तथा तेस्रो वरीयतामा नेता झलनाथ खनाल छन्। नेपाली कम्युनिष्ट पार्टीले जेनजीका मुद्दा...

गोँगबु बसपार्कमा निःशुल्क इन्टरनेट सेवा, सञ्चारमन्त्रीले गरे उद्घाटन

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले गोँगबुस्थित नयाँबसपार्कमा निःशुल्क इन्टरनेट सेवाको शुभारम्भ गरेका छन्। काठमाडौँ उपत्यकाको महत्वपूर्ण सार्वजनिक स्थालहरूमा निःशुल्क वाइफाइको पहुँच पुर्याउने निर्णयसहित गत असोज ६ गते पदबहाली गरेका सञ्चारमन्त्री खरेलले आज नयाँबसपार्क पगी सेवा शुभारम्भ गरेका...

चन्द्रगिरि केवलकार २२ गतेबाट पुनः सञ्चालनमा

१ घण्टा अघि   सेतोपाटी

चन्द्रगिरि केवलकार आगामी शनिबार (कात्तिक २२ गते)देखि पुनः सञ्चालनमा आउने भएको छ। चन्द्रगिरि हिल्स प्रालिले एक सूचना जारी गर्दै क्षतिग्रस्त संरचना मर्मत–सम्भार सम्पन्न भएपछि सेवा पुनः सुरु हुने जानकारी दिएको हो। भदौ २३ र २४ गतेको जेन्जी आन्दोलनका क्रममा केवलकारमा...

जेनजीलाई नेपालको आह्वान–आउनुहोस्, हातेमालो गर्दै भ्रष्टाचार र राजनीतिक विकृति अन्त्यमा लागौं

१ घण्टा अघि   सेतोपाटी

नवघोषित नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले जेनजीहरूलाई भ्रष्टाचार, राजनीतिक विकृति, विसंगति अन्त्यका लागि हातेमालोका लागि आह्वान गरेका छन्। बुधबार पार्टी एकता घोषणामा बोल्दै सहसंयोजक नेपालले आजैमात्र केही जेनजीलाई एकीकृत समाजवादीमा भित्र्याएकोसमेत दाबी गरे। ‘आज मात्रै केही जेनजी युवालाई एकीकृत...

पोखरा विश्वविद्यालयका पदाधिकारी भागबण्डामा नियुक्त नगर्न सर्वोच्चको अन्तरिम आदेश

१ घण्टा अघि   सेतोपाटी

पोखरा विश्वविद्यालयमा राजनीतिक भागबण्डाका आधारमा नियुक्ति गर्न कानुन विपरीत कार्यविधि ल्याएको भन्दै परेको रिटमा सर्वोच्च अदालतले तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ।  सर्वोच्च अदालतका न्यायाधीश नृपध्वज निरौलाको एकल इजलासले बुधबार उक्त कार्यविधि तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गर्दै...

पार्टीभित्र लोकप्रिय तर जनतामा अलोकप्रिय पात्र नेतृत्वमा राख्न हुँदैन : प्रदीप पौडेल

२ घण्टा अघि   थाहाखबर

काठमाडौँ : नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले दलहरूको गम्भीर त्रुटीका कारण मुलुक राजनीति संकटबाट गुज्रिरहेको भन्दै दल सच्चिनुको विकल्प नभएको टिप्पणी गरेका छन्। बुधवार ललितपुरमा आयोजित ‘राष्ट्रहित सर्वोपरि कन्क्लेभ’मा बोल्दै उनले यस्तो टिप्पणी गरेका हुन्। उनले दलहरूले एउटै नेतृत्वलाई निरन्तरता...

प्रचण्ड र माधवलाई वामदेवको प्रश्नै प्रश्न, भने- त्यसो भए मात्रै तपाईंहरूलाई काँधमा बोकेर हिँड्छु

२ घण्टा अघि   सेतोपाटी

नवघोषित नेपाली कम्युनिस्ट पार्टीका नेता वामदेव गौतमले संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड' र माधवकुमार नेपाललाई प्रश्नै प्रश्न गरेका छन्।  बुधबार भृकुटीमण्डपमा भएको एकता घोषणा समारोहलाई सम्बोधन गर्दै नेता गौतमले संविधानको प्रस्तावनामा लेखिएको समाजवाद र नेताहरूले भन्दै आएका क्रान्तिबारे प्रश्न गरेका हुन्। ...

मुलुकलाई थप संकटमा जान नदिन पनि घोषित मितिमै निर्वाचन हुनुपर्छ : नारायणकाजी

२ घण्टा अघि   थाहाखबर

काठमाडौँ : नवगठित नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्नु पार्टीको तत्कालीक कार्यनीति भएको बताएका छन्। बुधवार काठमाडौँमा आयोजित पार्टीको एकता राष्ट्रिय सम्मेलनमा बोल्दै उनले सो कुरा बताएका हुन्। नेता श्रेष्ठले मुलुकलाई थप संकटमा जान नदिन...