त्रिविले सार्वजनिक गर्यो ३ महिनाभित्र नतिजा प्रकाशन गर्ने क्यालेन्डर, कुन तहको परीक्षा कहिले?
काठमाडौँ : त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले यस वर्षदेखि सुरु हुने शैक्षिक सत्रका लागि स्नातक तह वार्षिक परीक्षा र सेमेष्टर प्रणाली तथा स्नातकोत्तर तह सेमेष्टर प्रणालीको ‘शैक्षिक क्यालेन्डर’ सार्वजनिक गरेको छ। परीक्षा सकिएको तीन महिनाभित्र नतिजा सार्वजनिक हुने शैक्षिक क्यालेन्डरमा उल्लेख छ।...
