बिजुली काटिएपछि चलेका छैनन् दुई ठूला सिमेन्ट उद्योग
डेडिकेटेड तथा ट्रंक लाइनको बक्यौता महसुल नतिरेको भन्दै विद्युत प्राधिकरणले बिजुली लाइन काटिदिँदा देशका दुई ठूला सिमेन्ट उद्योग बन्द भएका छन्। प्राधिकरणले गत मंगलबारबाट उद्योगहरूको बिजुली काट्न थालेपछि अर्घाखाँची सिमेन्ट उद्योग र शिवम् सिमेन्टको उत्पादन पूर्ण रूपमा बन्द भएको हो। यी दुवै उद्योगले हजार जनाभन्दा बढीलाई रोजगारी दिँदै आएका छन्।...
