राजसंस्था पुनःस्थापनाको माग गर्नेलाई प्रहरीको घेराबन्दी (तस्वीरहरू)
काठमाडौँ : सामाखुसीमा भेला भएका शाही युवा शक्ति नेपाल र राजावादी समूहलाई प्रहरीले घेरा हालेर रोकेको छ। राजसंस्थाको पुनःस्थापना, भ्रष्टाचार मुक्त समाजको माग राख्दै उनीहरूले सामाखुशी र एकान्तकुनादेखि नारायणहिटी दरबारसम्म मोटरसाइकल र्याली गर्न लागेका थिए।