ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

निर्वाचन सफल पार्दै इतिहास रच्न जेनजीहरूलाई राष्ट्रपतिको आग्रह

१५ मिनेट अघि   सेतोपाटी

राष्ट्रपति रामचन्द्र पौडेलले फागुन २१ गते हुने निर्वाचन सफल पार्दै इतिहास रच्न जेनजीहरूलाई आग्रह गरेका छन्। शीतल निवासमा बिहीबार राष्ट्रपति पौडेलले अन्तरिम सरकारसहित जेनजी प्रतिनिधिहरूसँगको छलफलमा उनले सो कुरा बताएका हुन्। छलफल साँझ साढे ६ बजेबाट सुरू भएको थियो। छलफलमा राष्ट्रपति...

रहेनन् पहिलो पटक सगरमाथा आरोहण गर्ने दलका अन्तिम जीवित सदस्य

४३ मिनेट अघि   सेतोपाटी

पहिलो पटक सगरमाथा आरोहण गर्ने दलका अन्तिम जीवित सदस्य कान्छा शेर्पाको निधन भएको छ। शेर्पाको ९२ वर्षको उमेरमा बिहीबार बिहान काठमाडौंको कपनस्थित आफ्नै निवासमा निधन भएको नेपाल पर्वतारोहण संघले जनाएको छ। संघका अध्यक्ष फुर गेल्जे शेर्पाका अनुसार शेर्पा केही समयदेखि अस्वस्थ थिए।...

वर्तमान प्रणाली र संविधानबाट समस्या हल हुन्न : महामन्त्री गुरुङ

४७ मिनेट अघि   थाहाखबर

काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्री राजेन्द्र गुरुङले वर्तमान निर्वाचन प्रणाली र संविधानबाट मुलुकमा विद्यमान समस्या समाधान गर्न नसकिने टिप्पणी गरेका छन्। निर्वाचन आयोगले बिहीवार दलहरूसँग आयोजना गरेको छलफलपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै महामन्त्री गुरुङ यस्तो टिप्पणी गरेका हुन्। उनले...

निर्वाचन बिथोल्न केही तत्वहरू सक्रिय छन्: गृहमन्त्री

५८ मिनेट अघि   सेतोपाटी

गृहमन्त्री ओमप्रकाश अर्यालले केही तत्वहरू निर्वाचनको बिथोल्न सक्रिय भएको आरोप लगाएका छन्। जिल्ला समन्वय समिति भक्तपुरको कार्यलय अनुगमनको क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले निर्वाचनको माहोल बिगार्न लाग्नेहरूलाई सरकारले सम्झाइबुझाइ गर्ने बताए। सम्झाउँदा नमानेमा सरकारले आफ्नो ढंगबाट काम गर्ने उनको भनाइ छ।...

ललितपुरबाट ५० किलोभन्दा बढी चाँदी सहित एक जना पक्राउ

१ घण्टा अघि   सेतोपाटी

ललितपुरबाट सशस्त्र प्रहरीले ५० केजीभन्दा बढी चाँदीसहित एक जनालाई नियन्त्रणमा लिएकोछ।   विगत केही वर्षदेखि चाँदीका गरगहना कारोबार गर्ने भारतको घोरसहन पूर्वी चम्पारण घर बताउने ३१ वर्षीय अभिषेख शेखलाई ललितपुर महागनरपालिका–१६ धौगलबाट नियन्त्रणमा लिइएको डिएसपी तथा सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी...

प्रतिनिधिसभा पुनःस्थापना एकमात्र विकल्प : एमाले

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : नेकपा एमालेको केन्द्रीय कमिटीको बैठकका वक्ताले प्रतिनिधिसभा पुनःस्थापना एकमात्र विकल्प रहेको बताएका छन्।​ बुधवारबाट शुरु भएको बैठकको पहिलो दिन ५० जना सदस्यले आफ्ना धारणा राखेका थिए। दुई दिनमा कुल १८४ जना केन्द्रीय सदस्यले धारणा राख्ने क्रम सकिएको पार्टीका...

महिलालाई महिनावारी बिदा

१ घण्टा अघि   थाहाखबर

एजेन्सी : महिनावारी महिलामा हुने एक शारीरिक प्रक्रिया हो र महिलाले हरेक महिना यो प्रक्रियाबाट गुज्रनुपर्छ।  प्रकृतिले महिलाहरूको शारीरिक संरचना फरक बनाएको छ। तिनीहरू हरेक महिना महिनावारीबाट गुज्रन्छन्। महिनावारी अघि र समयमा दुखाइ उनको जीवनको एक महत्त्वपूर्ण भाग जस्तै हो।  प्रजनन प्रक्रियामा...

दैनिक ७५ हजार तिरेर वीरेन्द्र सभागृह भाडामा लिँदै कोशी प्रदेश सभा

१ घण्टा अघि   सेतोपाटी

जेनजी आन्दोलनका क्रममा आगजनीबाट आफ्ना दुइटा भवन ध्वस्त बनेको कोशी प्रदेश सभाले विराटनगरको वीरेन्द्र सभागृहबाट प्रदेश सभा गतिविधि सञ्चालनको तयारी गरेको छ।  कोशीका सभामुख अम्बरबहादुर विष्ट, उपसभामुख सिर्जना दनुवार र आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारी सहितको समितिले वीरेन्द्र सभागृहबाट प्रदेश...

आइसिसी टी-२० विश्वकप २०२६ मा प्रतिस्पर्धा गर्ने २० टोलीकै टुंगो

१ घण्टा अघि   सेतोपाटी

आइसिसी टी-२० विश्वकप २०२६ मा प्रतिस्पर्धा गर्ने २० वटै टोलीको टुंगो लागेको छ। ओमानमा जारी एसिया एन्ड इपिए छनोटमा जापानलाई ८ विकेटले हराउँदै युएईले पनि स्थान पक्का गरेसँगै चार महिनापछि हुने विश्वकप खेल्ने सबै टोलीको टुंगो लागेको हो।  यसअघि यहि...

घोराहीको एक लजबाट १२ जना जुवाडे पक्राउ

१ घण्टा अघि   सेतोपाटी

प्रहरीले घोराहीस्थित एक लजमा मध्यरात छापा हानेर लजका म्यानेजरसहित १२ जना जुवाडेलाई पक्राउ गरेको छ।  घोराही उपमहानगरपालिका –१५ का खिमबहादुर डाँगी, पंकज न्यौपाने, सूर्य बोहरा, आकाश लम्साल, गोविन्द डाँगी, रजनिस चौधरी, घोराही–१४ का विष्णु गुप्ता, तुलसीपुर उपमहानगरपालिका–९ का गमबहादुर चलाउने, वीरबहादुर बस्याल, तुलसीपुर–६...

गजामा शान्तिका लागि पाकिस्तान, इन्डोनेसिया र अजरबैजानले सेना पठाउने सम्भावना

१ घण्टा अघि   सेतोपाटी

गजामा शान्ति स्थापना गर्न इन्डोनेसिया, अजरबैजान र पाकिस्तानले सेना पठाउने सम्भावना देखिएको छ। गजाबाट इसराइलको सेना फिर्ता भएपछि सुरक्षाको जिम्मेवारी लिन प्यालेस्टिनी सेना तयर नहुन्जेलसम्म स्थायित्वका लागि अन्तर्राष्ट्रिय सेना राख्नेबारे अहिले वार्ता चलिरहेका छ। सेना पठाउन हालसम्म कुनै पनि देशले...

राष्ट्रपतिले गरे प्रधानमन्त्री सहित जेनजी प्रतिनिधिहरूसँग छलफल

१ घण्टा अघि   सेतोपाटी

राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री सुशीला कार्की सहित जेनजीका प्रतिनिधिहरूसँग छलफल गरेका छन्।  बिहीबार शितल निवासमा छलफल भएको हो।  जेनजीबाट छलफलमा मदन कार्की, मोनिका निरौला, भोजविक्रम थापा, शिव यादव, उर्पाजुन चाम्लिङ, निकुन्ज भण्डारी, रिजन राना, बब्लु गुप्ता, ओजस्वीराज थापा, पुरूषोत्तम यादव, आदित्य...

सरकार, निर्वाचन आयोग र दलहरूबीच त्रिपक्षीय संवादमा जोड

२ घण्टा अघि   थाहाखबर

काठमाडौँ : आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा सदस्यको निर्वाचन स्वच्छ, निष्पक्ष र स्वतन्त्र रूपमा सम्पन्न गराउन सरकार, निर्वाचन आयोग र राजनीतिक दलबीच त्रिपक्षीय संवाद गर्नुपर्नेमा दलहरूले जोड दिएका छन्। आसन्न निर्वाचनका विषयमा आज आयोगले राजनीतिक दलहरूसँग गरेको छलफलमा...

नर्सको जीवन निर्वाह हुने गरी सरकारी सरह तलब दिन प्रधानमन्त्री कार्कीको निर्देशन

२ घण्टा अघि   सेतोपाटी

प्रधानमन्त्री सुशीला कार्कीले पोखराका आन्दोलनरत नर्सहरूको माग तत्काल समाधान गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिएकी छन्।  स्वास्थ्य मन्त्रालयको जिम्मेवारी समेत सम्हालेकी प्रधानमन्त्री कार्कीले मन्त्रालयका सचिव डा. विकास देवकोटा सहितको टोलीसँग बिहीबार छलफल गरी उक्त निर्देशन दिएकी हुन्। स्वास्थ्यकर्मी २४...

प्रदीप खड्का अभिनीत 'प्रकाश' फिल्म युट्युबमा सार्वजनिक

२ घण्टा अघि   सेतोपाटी

प्रदीप खड्का अभिनीत फिल्म 'प्रकाश' युट्युबमा सार्वजनिक भएको छ। दिनेश राउतको निर्देशनमा बनेको यो फिल्म नेपालीहरूको दोस्रो ठूलो चाड तिहारको अवसर पारेर युट्युबमा रिलिज गरिएको हो। बिहीबार ओएसआर डिजिटलको आधिकारिक युट्युब च्यानलमा फिल्म सार्वजनिक गरिएको छ। जुम्लामा सम्पूर्ण छायांकन गरिएको यस...

भोलि बिहान ११ बजे बस्ने गरी कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

२ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक शुक्रबार बिहान ११ बजे बस्ने गरी स्थगित भएको छ। कार्यवाहक सभापति पूर्णबहादुर खड्काको अध्यक्षतमा बिहीबार बसेको बैठकमा खड्का, महामन्त्री गगन थापासहित केही नेताहरूले धारणा राखेका थिए। बैठकमा नेता शेखर कोइराला, मोहन बस्नेत, देवेन्द्रराज कँडेल, शिव हुमागाईं, राजीव...

प्रतिनिधि सभा विघटनबारे अदालत जाने विषयमा दुविधामा रहेका सभामुखलाई बार एसोसिएसनले भन्यो- स्वविवेक प्रयोग गर्नुस्

२ घण्टा अघि   सेतोपाटी

नेपाल बार एसोसिएसनले प्रतिनिधि सभा पुनर्स्थापनाको माग लिएर सर्वोच्च अदालतमा जाने कि नजाने भन्ने दुविधामा रहेका सभामुख देवराज घिमिरेलाई स्वविवेक प्रयोग गर्न सुझाव दिएको छ।  बार एसोसिएसनका पदाधिकारीहरूसँग सभामुख घिमिरेले सिंहदरबारमा छलफल गरेका थिए। छलफलमा बार एसोसिएसनले प्रतिनिधि सभा विघटन...

रमाउन हैन, सेवा गर्न आएको हुँ: मधेस प्रदेशका मुख्यमन्त्री सोनल

२ घण्टा अघि   सेतोपाटी

मुख्यमन्त्री जितेन्द्र प्रसाद सोनार (सोनल) ले आफू रमाइलोका लागि नभई काम गर्न आएको बताएका छन्। पद तथा गोपनीयताको शपथ लिएलगत्तै सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले त्यस्तो बताएका हुन्।  ‘पदलाई इन्जोय गर्न हैन, सेवा गर्न आएको हो। काम गर्न आएको हो,...

राजनीतिक नियुक्ति पाएका ११ देशका राजदूतहरूलाई फिर्ता बोलाउने मन्त्रिपरिषदको निर्णय

२ घण्टा अघि   सेतोपाटी

सरकारले राजनीतिक नियुक्ति पाएका ११ देशका राजदूतहरूलाई फिर्ता बोलाउने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद बैठकले चीन, जर्मनी, मलेसिया, इजरायल, कतार, रुस, साउदी अरब, स्पेन, संयुक्त अधिराज्य, संयुक्त राज्य अमेरिका र जापानका लागि नेपाली आवासीय राजदूतहरूको रूपमा कार्यरत नेपाली राजदूतहरुलाई फिर्ता बोलाउने...

सरकारले निर्वाचनको वातावरण बनाउनुपर्छ : शेखर कोइराला

२ घण्टा अघि   थाहाखबर

काठमाडौँ : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकारले घोषित निर्वाचनमा सबै नेपाली सहभागी हुने वातावरण बनाउनुपर्नेमा जोड दिएका छन्। कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा आज उनले कांग्रेस जनताको घरदैलोमा पुग्ने यस अवसरलाई उत्साहपूर्वक अग्रिम पंक्तिमा उभिएर अघि बढ्नुपर्ने उल्लेख गरे।...

बालेन शाह र सुदन गुरूङविरूद्ध चितवनमा युवा संघको जाहेरी

२ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय युवा संघ नेपालले काठमाडौंका मेयर बालेन शाह र हामी नेपाल संस्थाका प्रमुख सुदन गुरूङविरूद्ध जिल्ला प्रहरी कार्यालय चितवनमा जाहेरी दिएको छ।  शाह र गुरूङले जेनजी आन्दोलनको दुरूपयोग गरी निजी र सरकारी भवनहरू ध्वस्त बनाउन भूमिका खेलेको भन्दै नेकपा एमालेको युवा संगठन राष्ट्रिय...

जुनियर एनटीआर र एसएस राजामौलीलाई पछि पार्दै 'आईएमडीबी' को शीर्ष स्थानमा ऋषभ शेट्टी

३ घण्टा अघि   सेतोपाटी

फिल्म 'कान्तारा च्याप्टर १' को सफलतापछि कन्नड अभिनेता ऋषभ शेट्टी 'आईएमडीबी' को सर्वाधिक लोकप्रिय भारतीय सेलिब्रेटीहरूको सूचीमा शीर्ष स्थानमा पुगेका छन्।  बुधबार आईएमडीबीले आफ्नो साप्ताहिक सर्वाधिक लोकप्रिय भारतीय सेलिब्रेटीहरूको सूची जारी गर्‍यो, जुन प्रशंसकहरूको प्राथमिकताका आधारमा निर्धारण गरिन्छ। गत हप्ता तेस्रो...

११ देशका राजदूत फिर्ता बोलाउने सरकारको निर्णय

३ घण्टा अघि   थाहाखबर

काठमाडौं : अन्तरिम सरकारले ११ देशका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ। बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषदको बैठकले अघिल्लो सरकारले नियुक्त गरेका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको हो। फिर्ता हुने राजदूतहरुमा चीन, जर्मनी, मलेसिया, इजरायल, कतार, रुस, साउदी...

एमालेमा ओलीको राजीनामा माग्नेहरू कम, नेतृत्व परिवर्तन गर्न महाधिवेशन कुरौं भन्नेहरू धेरै

३ घण्टा अघि   सेतोपाटी

नेकपा एमालेमा अहिले नै अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व छाड्नुपर्छ भनेर धारणा राख्नेहरू कम छन्। बुधबार र बिहीबारको केन्द्रीय समितिमा धारणा राखेका अधिकांश केन्द्रीय सदस्यहरूले अध्यक्ष ओलीलाई महाधिवेशनसम्म काम गर्न दिनुपर्ने धारणा राखेका छन्। अध्यक्ष ओलीले मंसिर अन्तिम साता पोखरामा...